पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन र प्रगतिशिल पत्रकार संघ बिच संयुक्त प्रतिवद्वता जारी

पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन र प्रगतिशिल पत्रकार संघ बिच संयुक्त प्रतिवद्वता जारी
चैत्र १९ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is s1.jpg

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको निवाचनमा प्रेस युनियन रोल्पा, प्रेस संगठन नेपाल रोल्पा र प्रगतिशिल पत्रकार संघ बिच आज संयुक्त प्रतिवद्वता पत्र जारी गरेका छन् ।
उक्त पत्रमा प्रेस युनियन रोल्पाको अध्यक्ष लोकेन्द्र चन्द र निर्वतमान अध्यक्ष कविता उपाध्याय, प्रेस संगठन नेपाल रोल्पा जिल्ला संयोजक देवी कुमारी गुरुङ र प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश सदस्य खुविना सुनारी मगर, प्रगतिशिल पत्रकार संघ रोल्पा जिल्ला अध्यक्ष गणेश के.सी र जिल्ला मिनराज रोकाको संयुक्त हस्ताक्षरमा प्रतिवद्वता पत्रमा हस्ताक्षर गर्नुभएको छ । संयुक्त प्रतिवद्वता पत्रमा पुर्ण प्रेस स्वतन्त्रको रक्षा, पेशागत सुरक्षा र श्रमजीवि पत्रकारहरुको अधिकार स्थापित गर्दै लोकतान्त्रिकको पक्षमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पाको गौरवपूर्ण इतिहास जोगाई राख्न र रोल्पाली पत्रकारहरुको हकहितका लागि अगाडि बढ्न यस महिनाको २५ गतेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको निर्वाचनमा प्रेस संगठन नेपालको नेतृत्वमा संघ र प्रदेशमा भएको सहमतिलाई कार्यन्वयन गर्दै ति संगठनहरुले प्रतिवद्वता पत्र जारी गरेको हुन । महासंघको निर्वाचनमा जिल्ला स्थित प्रेस संगठनहरुलाई एकवद्वता हुन समेत पत्र मार्फत पत्रकार संगठनहरुलाई अनुरोध गरिएको छ । जिल्लामा महासंघको नेतृत्व चयनका विभिन्न संगठनहरुको पहलमा सर्वसम्मतको प्रयास जारी राखेका छन् तर, सर्वसम्मत नेतृत्व चयन हुन सकेन भने प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व चयनको तयारी निर्वाचन समितिले तयारी गरेको छ ।

You may also like