बजार अनुगमनमा म्याद सिकिएका सामान नष्ट

लिबाङ–रोल्पा
असार १९ गते,


लिबाङ बजारका नास्ता पसल तथा किरणा पसलहरुको बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माको संयोजकत्वमा आज बजार अनुगमन गरिएको छ । अनुगमनमा म्याद सकिएका सामानहरु नष्ट गरिएको छ ।


अनुगमनको क्रममा संगिता स्टोर, करण अर्जुन स्टोर्स, नर्गिस खान किरणा पसल, समित इन्टरप्राईज, अंकित मिठाई तथा नास्ता पसल, चौधरी खाद्यन्न तथा किरणा पसल, पवित्रा स्टोर, एमपि स्टोर्स, निर्मल फ्रेस हाउस अनुगमन गरिएको थियो । अनुगमनको क्रममा क्विक्स पोका एक थान, रेडबुल एक थान, दालमोट १२ पोका, तरकारी मसला, तेल बिगुल १२ पोका म्याद सकिएको सामान भेटिएको थियो ।

बजार अनुगमन संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माको संयोजकत्वमा बजार अनुगमन सदस्य तथा घरेलु तथा साना उद्योग विकास समिति कार्यालय रोल्पाको उद्योग अधिकृत बालकृष्ण आचार्य, इन्दिरा आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रतिनिधि एवं प्रहरी नायव निरीक्षक नरबहादुर बि.क, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क, संगीता नेपाली लगायतको सहभागितामा बजार अनुगमन गरिएको हो । अनुगमन गरिएका पसलमा मूल्य दर, साइन बोर्ड, बिल, नाप तौल, सरसफाइ व्यवस्थित गर्ने समेत सुझाव दिएको थियो । लिबाङ बजारमा केही दिनमा पनि बजार अनुगमनको तयारी भएको बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले जानकारी दिनुभयो ।

You may also like