सुनिलस्मृति गाउँपालिका वडा सदस्य राधा शाेकमा


रोल्पा समाचारदाता
सुलिचौर, १९ गते जेठ


कोरोनाको संक्रमणबाट सुनिलस्मृति गाउँपालिका वडा नं. १ घोडागाउँका वडा सदस्य राधा नेपालीलाई शोक परेको छ । वडा सदस्य साधानको श्रीमान नरसिंह सार्कीको निधन भएपछि राधा शोकमा पर्नुभएको हो । ५१ वर्षिय नरसिंह सार्कीको नेपालगञ्ज कोरोना उपचारको क्रममा १८ गते निधन भएको हो ।
नेपाली सेनाबाट पेन्सनमा आउनु भएका नरसिंहको कोरोना पोजिटिभ भएपछि सुनिलस्मृति गाउँपालिको खुंग्रीमा आइशोलेनमा उपचार गराउँदा गराउँदै गर्दा स्वास्थ्यमा थप उपचार आवश्यक भएपछि नेपालगञ्ज लगिएको थियो । केही समयदेखि निमोनिया रोगका पीडित नेपालगञ्ज उपचारको क्रममा निधन भएको पत्रकार एव‌ उपचारमा सलग्न भरत नेपाली बताउनुभयाे ।

उहाँको निधनमा वडा नं. १ का वडा अध्यक्ष केशवलाल कुवरले एक व्यक्तव्य जारी गर्दै शोक व्यक्त गर्नुभएको छ । साथै वडा सदस्य राधा नेपाली लगायत सबै शोकाकुल परिवारहरुमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

You may also like