सुनिल स्मृति गाउँपालिका–१ नं. वडा रोल्पाबाट १ सय ३ जनालाई राहात वितरण

भरत नेपाली
२८ चैत्र, घोडागाउँ रोल्पा ।


विश्वभरि महामारी रुपमा फैलिएको नोबेल कोरोना (कोभिड–१९)को संक्रमित नियन्त्रणको लागि संघीय सरकारबाट लागू भएको लक डाउनले समस्यामा परेका सुनिल स्मृति गाउँपालिका–१ नं. वडा कार्यालयबाट आज (सुक्रबार) अति विपन्न असाहय २६ घर परिवारका १ सय ३ जनालाई राहत वितरण गरेको छ । यस राहत वितरण अति विपन्न परिवारलाई लक डाउनमा जीवनयापनमा सहज बन्ने भएको छ ।
यस वडा कार्यालयबासीहरुमध्ये अति विपन्न २६ घर परीवारलाई प्रतिव्यक्ति ४ के. जि. चामल, १ के.जि. दाल, १ प्याकेट नुन, १ पोका तेल नियमित हात धुनको लागी सावुन १ पिस र मास्क ६० ओटा वितरण गरिएको हो । सुनिल स्मृतिगाउँपालिका सुलिचौर रोल्पा र सुनिल स्मृति गाउँपालिका वाड १ नं. वडा कार्यालय घोडागाउँ रोल्पा र प्रकृति युवाक्लव घोडागाउँ रोल्पाको सहकार्य अति विपन्न परिवारहरुको तथ्याङ्क संकलन गरी राहत वितरण गरिएको हो । वडाको विभिन्न बस्तीमा रहेका दैनिक खानाको समस्यामा परेकाहरुलाई विभिन्न निकायकाहरुसगँ समन्य गरी राहात सामाग्री सकंलन गरी राहत वितरण गरी गरिएको प्रकृति युवा क्लवका अध्यक्ष प्रदिप कवँरले बताउनुभयो । यस क्लवले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

You may also like