नेकपाको सुनिलस्मृति ४ वाग्मामा टोल समिति गठन

रोल्पा समादाता
साउन ३, बाङ्मा सुनिल स्मृति ४


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं.४ बाग्मा सेर बहादुर बस्नेतको अध्यक्षता मा ३१ सदस्यीय टोल संगठन कमिटी निर्माण गरेको छ ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिलस्मृति गाउँपालिकामा वडा टोल समिति गठन गर्ने कार्यक्रम तीव्र रुपमा अगाडि बढाएको छ । सोही क्रममा बाग्मामा पनि टोल समिति गठन भएको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले पार्टी एकताको काम टोल टोलसम्म आएकोले कारणले सबैमा उत्साहित बनाएको बताउनुभयो । उहाँले सबै नेकपाको विचार र झण्डामा गोलबन्द हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा जिल्ला समिति सदस्य खिमचन्द्र पुनमगर, जिल्ला सदस्य पूर्णबहादुर वली, ओबि केसी रहनुभएको थियो । कार्यक्रम वडा अध्यक्ष मेखबहादुर बुढाथोकीको अध्यक्षता भएको थियो भने रुपला महराले सञ्चालन गर्नुभएको थियो ।
सुनिल स्मृति गाउँपालिका नेपाल कम्युनिष्ट टोल र वडाहरुमा पनि पार्टीको एकतालाई तल्लो स्तरसम्म लग्नुपर्ने बताएको छ । टोल कमिटी गठन भएपछि निकै उत्साहित भएको टोल समितिका अध्यक्ष शेरबहादुर बस्नेतले बताउनुभएको छ ।

You may also like