अन्तरवार्ता एवं विचार

                

रोल्पाली दलित आन्दोलनका अभियानता एवं सामुदायिक विकास मञ्च रोल्पाका अध्यक्ष मोहन परियारसँग सामुदायिक विकास मञ्चको बारे, मञ्चले लिएका

कार्ययोजना र रोल्पा जिल्लाको समसायिक दलित आन्दोलनका विषयमा हाम्रा कार्यकारी सम्पादक रेशम बिकले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

१. तपाई दलित समुदायि विकास मञ्च रोल्पाको अध्यक्षमा चयन हुनु भएको छ, यस संस्थाको बारेमा पनि बताइदिनुहोस् ?
रोल्पा जिल्लामा जनसंख्याको हिसाबले तेस्रो स्थानमा रहेको दलित वर्गलाई राज्यको हरेक संरचनामा समानुपातिक र समावेशी प्रतिनिधत्व सुनिश्चित गर्ने र समातामुलक समाजको निर्माण गर्ने पवित्र उद्देश्य लिएर २०६० साल चैत्र महिनामा रोल्पाका म लगाएतका सामाजिक भावनाले ओतप्रोत केही साथीहरूले संस्था संघ दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय रोल्पामा विधिवत रूपमा दर्ता गरी विभिन्न गतिविधिहरू अगाडि बढाएका थियौं । र २०६५ सालसम्म निरन्तर रूपमा अगाडि बढिरहेको थियो ।
२. मञ्च दर्ता गरिएको लामो समयअवधि सकेको अवस्थामा संस्था अन्य जिल्ला स्थितका संघ–संस्थाको तुलनामा निस्क्रिया देखिन्छ ? किन निस्क्रिया अवासमा पुगेको नि मञ्च ।
वास्तवमा “जसको सवाल उसको नेतृत्व” भन्ने भनाई त्यसै आएको होइन । संस्थालाई जन्म दिँदा जुन सपना हामीले देखेका थियौं । परिवर्तित नेतृत्वले संस्थाको मर्म र भावना बुझेर त्यस अनुरूप अगाडि बढ्न नसक्नु नै यसको मुख्य कारण हो । प्रतिस्र्पधाको जमनामा खरो रूपमा संस्थालाई उर्तान नसक्नु, अझ भन्ने हो भने गलत व्यक्तिमा नेतृत्वमा जानु नै मुल कारण हो । सँगसँगै तत्कालीन अवस्थामा सञ्चालित शसस्त्र युद्व पनि कारक हो ।
३. मञ्च दर्ता गरिएको लामो समयमा पनि यस सस्थाको समाजिक अभियानमा गरिएका कार्यहरू पनि बताइदिनुहोस् ?
जुन वेला हामीले यस संस्थालाई जन्माएका थियौं । त्यो वेला १० वर्ष शसस्त्र युद्व चरम उत्कर्षमा थियो । राज्य सदरमुकाम लिबाङ क्षेत्रलाई फलामे तार बार भित्र सीमित पार्न वाध्य थियो । भने रोल्पाका गाउँ बस्ती डाँडाकाडा गोला बारूदमय थिए भने सर्वसाधारण जनता दुई खाले वन्दुकको बीचमा निसास्सि रहेका थिए । कति खेर के हुन्छ ? भन्ने सक्ने अवस्थामा थिएन । संस्थाका गतिवधि जन स्तरमा लैजान दुईओटा सत्ताको अनुमति लिनु पर्दथ्यो । ती दिन सम्झदा आज भोली सपना जस्तो लाग्छ । यस्तो लाग्दथ्यो, सायद आजको अवस्थामा मुलुक आउँदैन । अनि त्यस्तो अवस्थामा संस्थाको उद्देश्य अनुसार गर्न सक्ने एउटा मात्र थियो । त्यो हो दुई पक्षलाई एक ठाउँमा ल्याएर शान्ति वार्ता गर्ने तर हाम्रो मात्र होइन, त्यस वेला दर्ता भएका अरू दुई चार ओटा संस्थाको पनि हबिगत त्यही थियो । अरू संस्थामा नेतृत्व परिवर्तनले संस्थाले निरन्तरता पाइरहयो । परिस्थितिसँग संघर्ष गरिरह्यो, भने हामीमा त्यो हुन सकेन र मुलुक शान्ति प्रक्रियामा आइसके पछि, सहज वातावरण सिर्जना भयो । सरदरमुकामका तार बार हटे सरकार, राजनीतिक दल, नागरिक समाज सबैको बीचमा आपशी घुलमेल हुँदै गयो । तर पनि दलित समुदाय विकास मञ्चको तत्कालीन नेतृत्वले मञ्चलाई अगाडि बढाउन सकेन । त्यसको अभावको पुर्ति गर्न मैले एउटा नयाँ सोच बनाएँ र तत्कालीन नेकपा (माओवदी) रोल्पाका दलित विभाग प्रमुख कर्मलाल परियार जी, नेपाली काँग्रेस रोल्पाको दलित विभाग प्रमुख म र पत्रकारिता क्षेत्रका सक्रिय व्यक्तित्व मानसिंह वि.क जी सहित हामी तीन जना बसेर उक्त दलित समुदाय विकास मञ्चले परिकल्पना गरेको र दलको कार्यकर्ताको रूपमा हामीले आर्जन गरेका क्षमतालाई रोल्पाको दलित अधिकार प्राप्तिमा लाग्नु पर्छ भन्ने साझा विन्दुमा पुग्यौं र २०६५ सालमा “संयुक्त दलित अधिकार मञ्च रोल्पा” स्थापना गरियो । जो आज रोल्पाका अधिकांश क्रियाशिल राजनीतिक दलका दलित विभाग प्रमुख सदस्य रहेको साझा मञ्चको रूपमा क्रियाशिल छ । एउटा मात्र गतव्य “शान्त समृद्व रोल्पा हाम्रो शान, जातिय छुवाछुतमुक्त जिल्ला हाम्रो अभियान” को साझा नारा लिइएर आगाडि बढिरहेको छौं, र निकट भविश्यमै यस जिल्लालाई जातिय छुवाछुत जिल्ला घोषणा गर्न सम्मानित जिल्ला परिषद्ले समेत स्वीकृत दिइसकेको अवस्था छ र हालसम्म कोटगाउँ, राङ्सी, राङ्कोट,थबाङ लगायतका ५ ओटा गा.वि.स. हरू जातिय छुवाछुतमुक्त गा.वि.स घोषणा भइसकेका छन् भने १० ओटा गा.वि.स घोषणा उन्मुख रहेका छन् । दलित समुदाय विकास मञ्च स्थापना पछि तत्कालीलन ए.पीपी.एस्पी.(दीर्घकालीन कृषि योजना कार्यक्रम सहयोग कार्यक्रम) रोल्पा जिल्लाका १२ ओटा गा.वि.स.मा सम्पन्न गरेका थियौं । त्यसै गरी जिल्ला विकास समिति रोल्पाको आर्थिक सहयोगमा तीन महिने सिलाई कटाई तालिम, दलित र गैर दलित बीच धेरै पटक जिल्ला स्तरमा सहभोज कार्यक्रम समेत सम्पन्न गरेका थियौं । म एन.जि.ओ. फेडेरेशन रोल्पाको सचिव हुँदा अध्यक्ष शोभाराम डाँगी हुनुहुन्थ्यो । त्यही वेला हामीले रोल्पामा संघ संस्थामा कर्मचारी नियुक्ति गर्दा दलित समुदायका पुरूषलाई तीन नम्बर र दलित महिलालाई पाँच नम्बर थप गर्ने व्यवस्थाको सुरूवात ग¥यांै । जुन सुरूवातले गर्दा आज हरेक संस्थामा र सरकारी कार्यालयमा समेत यस वर्गका प्रतिनिधित्वमा सहजता आएको छ ।
४. रोल्पामा दलित संघ– सस्थाहरू संस्थाहरूको भिडमा दलित विकास मञ्च संस्थाको आवश्यकता किन महशुस गर्नुभयो ?
एउटा भनाई छ, “राजनीतिक भनेको भन्ने तर नगर्ने पेशा हो ।” म पनि एउटा पार्टीको जिम्मेवार कार्यकर्ता हुँदा हुदै पनि कता–कता यो भनाईमा सत्यता भएको महशुस गर्दछु । हाम्रो राजनीतिक संस्कार पनि त्यस्तै छ, भन्ने एउटा गर्ने अर्काे । संघ संस्था नागरिक समाजका प्रतिविम्ब हुन् र राज्यको सहयोगी निकाय पनि हुन् । त्यसैले माथि भनिए झै जसको सवाल, उसको नेतृत्व नै हो, त्यसैले रोल्पामा हाम्रो वर्गको अधिकार प्राप्त गर्न दलित समुदाय विकास मञ्च रोल्पाको निरन्तरता सक्रियताको आवश्यता रहेको महशुस गरी पुनः यस मञ्चलाई क्रियाशिल बनाउने जर्मको छौं । साथै २०४३ सालमा काठमाण्डौँमा स्थापना भई हालसम्म निरन्तर रूपमा देशैभरी आफ्नो नेटवर्क भएको ल्ल्म्क्ध्इ (नेपाल राष्ट्रिय दलित समाज कल्याण समाज संघ) को ब्राञ्च रोल्पामा पनि विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ, भने दलित गैर सरकारी संस्था महासंघको समेत रोल्पा शाखा गठनको तयारी भइरहेको छ ।
५. यस मञ्चले सामाजिक अभियान वा दातृ निकायहरूको कार्यक्रममध्ये कुन कार्यक्रमलाई प्राथमिकता साथ सञ्चालन गर्नुहुन्छ ?
मञ्चको उद्देश्य र लक्ष्यसँग मेल खाने जुनसुकै दातृ निकाय, कार्यालय, संघ संस्था र कार्यक्रमसँग सहकार्य गर्न सक्छ, तर हाम्रो मुलमन्त्र जातिय छुवाछुतमुक्त जिल्ला घोषणा गरी समतामुलक समाज निर्माण गर्नु नै हो । यस मञ्चले समाजिक अभियान र दातृ निकायहरूसँग समन्वय गरी आगाडि बढ्ने लक्ष्य राखेको छ ।
६.रोल्पा जिल्लामा जातिय छुवाछुतको अवस्था कस्तो छ ? वर्तमान सयमा ।
समग्र देशको अवस्था, हाम्रा छिमेकी जिल्लाहरूको अवस्था हेर्दा हाम्रो जिल्लामा जातिय छुवाछुतको अवस्था सन्तोजनक नै छ । यसको प्रमुख कारण समाजमा आएको शैक्षिक जागरण र यसले ल्याएको हामी एक हौं, भन्ने भावना नै हो । सँगसँगै विभिन्न समयमा भएका राजनीतिक परिवर्तन दलित वर्गका अभियान्ताहरूको जिल्ला सदरमुकाम, राजधानी, स्वदेश विदेशहरूका भ्रमण र रोजगारीका अवसरहरू समय–समयमा आयोजना हुने विभिन्न किसिमका गोष्ठि र सेमिनारहरूको प्रभाव पनि यसको कारण हो ।
७. तपाई यस मञ्चको अध्यक्षमा चयन हुनुभयो, कसरी यस संस्थालाई आगामि दिनमा कसरी अगाडि बढाउने योजना तय गर्नु भएको छ ?
निश्चय पनि सन्तानको माया जन्मदातालाई बढि हुन्छ । संस्थाहरूको भिडमा एउटा पृथक उद्देश्य बोकेको यस मञ्च र संस्थापक कोर्चाबाङ निबासी मन प्रसाद वि.क, लिबाङ निबासी मन बहादुर नेपाली लगायत संस्थापक साथीहरूको पटक–पटकको आग्रहलाई स्वीकार गर्दै र उर्जाशिल तमाम नयाँ युवा साथीहरूबाट पाएको हौसला र सहयोगले ममा पुनः नेतृत्वको जिम्ममा आएको छ । सबैको साझा भावनालाई सम्मान गर्दै आउँदा दिनमा यस मञ्चलाई गतिशिल बनानेछौं । स्थापनाको दिन भन्दा निश्चय पनि जीवनका मोडमा आएका सफलता र असफलताबाट परिपक्व हुँदै गएका छौं । जुन क्षमता मञ्च मार्फबाट नै अगाडि बढाउने हो ।
८. रोल्पा जिल्लाका गा.वि.स.लाई जातिय छुवाछुत गा.वि.स घोषणा गर्नका लागि दलित अगुवाहरू निन्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्थामा यस मञ्चबाट संयुक्त दलित जनअधिकार मञ्च रोल्पालाई कसरी सहयोग गर्दछ ?
दलित समुदाय विकास मञ्च रोल्पा एन.जि.ओ. हो, भने सयुक्त दलित जनअधिकार मञ्च लुज फोरम अर्थात अभियान हो । विकास निर्माणका कुरा, दलित सचेतनाका कुरा, आर्यआर्जनका कुरा त्यस अनुरुपका प्रोजेकटमार्फत पुरा गर्दछौं, भने पार्टी नेतृत्वबाट आवश्यक पर्ने सहयोग राज्यबाट पाउने सेवा सुविधाको सुनिश्चितता संयुक्त दलित जनअधिकार मञ्चबाटको समन्वय र आवश्यक परे दबाबबाट पुरा गर्दछौं, र विगतका अनुभवबाट पनि हामीलाई यही सिकाई भएको छ । साथै रोल्पा जिल्लालाई जातिय छुवाछुवतमुक्त घोषणाको महाअभियानमा समेत जुटिसेकेका छौं ।
९.. रोल्पा जिल्लालाई जातिय छुवाछुतमुक्त जिल्ला घोषणा गर्नमा किन समस्या भइरहेको छ ?
रोल्पा जिल्लालाई निकट भविश्यमा नै जातिय छुवाछुतमुक्त घोषणा गर्नका लागि हामी संयुक्त दलित जनअधिकार मञ्च रोल्पाको अगुवाईमा अहिलेसम्म रोल्पा जिल्लाका पाँच ओटा गा.वि.स.हरूलाई छुवाछुतमुक्त गा.वि.स.जिल्ला घोषणा गरि सकेका छौं । साथै १० ओटा गा.वि.स.हरू पनि घोषणा उन्मुख रहेकाछन् । त्यसैले गर्दा रोल्पा जिल्लालाई जातिय छुवाछुतमुक्त घोषणा गर्न संयुक्त दलित जनअधिकार मञ्च रोल्पा र सरोकारवाला निकायहरू पनि निरन्तर लागि रहेका छन् । निकट भविश्यमै यस जिल्लालाई जातिय छुवाछुत जिल्ला घोषणा गर्न सम्मानित जिल्ला परिषद्ले समेत स्वीकृत दिइसकेको अवस्था छ । यस अवस्थाम दलित समुदाय विकास मञ्च रोल्पाले पनि जिल्लालाई निकट भविश्यमै जातिय छुवाछुत घोषणा गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । जसरी जिल्लालाई हामीले निर्धारित समयमा नै खुल्ला दिसामुक्त जिल्ला जिल्ला घोषणा गर्न सफल प्राप्त गरेका छौं । त्यसैले फेरी जातिय छुवाछुतमुक्त जिल्ला घोषणा गर्न प्रत्यनशिल रहेका छौं । यस अभियान सञ्चालन गरेको छोटो समयमा नै पनि धेरै सफलता पाएका छौं । यस सफलतालाई निरन्तर दिन सहयोगी नियकायले चासो नदिदा केही पछाडि ढक्लिएको महशुस भएको छ । म जिल्लालाई जातिय छुवाछुतमुक्त घोषणा गर्न पनि सक्दो सहयोग गर्नका लागि पनि अनुरोध समेत गर्दछु ।
१०. अन्तिममा केही भन्नु हुन्छ, कि ?
अन्तिममा यो जमना सूचना प्रविधि समन्वय र सहकार्यको हो, एक्कलै हिडेर कोही पनि सफल हुन सक्नेवाला छैन । अधिकारका कुरा गरेर मात्र पनि हुँदैन, कर्तव्य पनि सँगसँगै जान जरुरी छ । हाम्रो सफलताको पहिलो सर्त शिक्षा हो । एक जना महान साहित्यकारले कतै भनेका छन्, “पुरानो कोट लगाऊ तर नयाँ किताब किन” हो । शिक्षामा जति तागत अरू कुनैमा छैन । दश वर्ष पहिले जो थियो, अहिले त्यो छैन । अहिले जो छ, दश वर्ष पछि त्यो रहँदैन । समाजको विकास निरन्तर भइरहन्छ । समाज बदल्न पहिले आफु बद्लिऔं । सम्मान पाउन, सम्मान गर्न पनि जानौं । यसैमा परिवर्र्तन संस्थागत हुन सक्छ ।

युवायुवती र्गका महिला

 

You may also like