भारतीय तरकारी आयत न्यून हुँदा स्थानीयत तरकारीको माग बढ्दै

साउन शनिबार
लिबाङ–रोल्पा


भारतबाट केही दिनदेखि नेपालमा तरकारी आयत नहुँदा लिबाङ लगायतका बजारहरुमा स्थानीय तरकारको माग बढेको छ । तरकारीको माग बढेसँगै स्थानीय व्यपारीहरुले जिल्लाको विभिन्न बजार लगायत जिल्ला बाहिर समेत निर्यात गर्दै आएका छन् ।
नेपाल सरकारले छीमेकी देश भारतबाट विषादी तारकारीमा नियन्त्रणमा रोक्क पश्चात् स्थानीय तरकारीको जिल्लाका बजार र जिल्ला बाहिर पनि निर्यात समेत बढेको छ । तरकारी जिल्लाको सुलिचौर, छीमेकी जिल्ला प्यूठान, दाङ लगायत जिल्लाहरुमा टिका तरकारी तथा फलपूmल पसलका व्यवस्थापक सिपेन्द्र विष्टले निर्यात गर्दै आउनुभएको छ ।

तरकारी प्रयाप्त उत्पादन भएपनि अन्य व्यपारीहरुसँग तकारीको मूल्य नमिल्दा अन्य ठाउँमा निर्यात नभएको विष्टले बताउनुभयो । विष्टले एक दिनमा सिमी डेढ क्युन्टल, प्रति के.जी. बुडी ६० के.जी, खुसार्नी ६० के.जी, भिन्दी ६० के.जी, वन्दा गोपी ४० के.जी तरकारी लिबाटबाट प्यूठान जिल्लामा आयत गर्नुभयो । यस पटक सिमीले प्रति के.जी. ५५ रुपैयासम्मको उचित मूल्य पाएको उहाँले बताउनुभयो । अहिले सिमी प्रति के.जी. रु ४५ वा ४० मूल्यामा खरिद गरी प्रति के.जी. रु दश रुपैया नाफामा तरकारी निर्यात गर्दै आएको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो–“यो विगतमा भारतबाट प्रयाप्त तरकारी आयत हुँदा लिबाङ आसपासमा उत्पादन तकारीले उचित मूल्य पाएको थिएन भने अहिले भारतबाट तरकारी आयत नहुँदा स्थानीय तरकारीको माग बढेको हो ।” यसरी नै स्थानीय तरकारीको माग सँधै माग हुने भए पक्कै पनि व्यवसायीहरुले तरकारी उत्पादनमा जोड दिन्थे होला र हामी व्यपारीहरुलाई सहज हुने धारणा व्यक्त गर्नुभयो । धेरै ठाउँका व्यपारीहरु सम्पर्कमा आउँछन् तर तरकारीको मूल्य नमिल्दा कारोवार हुँदै विष्टले बताउनुभयो । विष्ट लगायत अन्य स्थानीय व्यपारिहरुले जिल्ला बाहिरको विभिन्न क्षेत्रहरुमा तरकारी निर्यात गर्दै आएका छन् । विगतमा पनि वेमौसमी तरकारीले उचित मूल्य नै पाएको अवस्था हो तर नियमिति रुपमा माग नहुँदा तरकारीको बजारीकरणमा स्थानीय व्यवसायीहरुले घाटा नबेहोर्नु परेको पनि होइन । जसल पनि व्यवसायीहरुले धेरै तरकारी उत्पादनमा जोड दिँदैनन् । स्थानीय तरकारीको माग बढेसँगै व्यवसायीहरु तरकारी उत्पादनमा जोड दिएका छन् । प्रया जस्तो स्थानीय व्यवसायीबाट उत्पादन तरकारीले उचित मूल्य नपाउँदा घाटामा भएपनि तरकारी बिक्रि गर्न बाध्य हुन्थे नै । स्थानीय तरकारीले यसरी मूल्य कहिलेसम्म पाउँछ भन्ने व्यवसायीहरुको चिन्ताको कुरा हो । स्थानीय तरकारीको मूल्यभन्दा न्यून मूल्यमा भारतीय तरकारी लिबाङ बजारसम्म आयात हुँदा स्थानीय तरकारीले बजार पाउन सकेको छैन तर यो समयमा भने स्थानीय तरकारीको माग बढेको छ । तरकारीको मागसँगै उत्पादनमा नै समस्या हो । भारतीय तरकारी सँधैका लागि यसरी नै आयातमा ह्रास आउने हो भने स्थानीय तरकारी व्यवसायीहरुलाई तरकारी उत्पादनमा उत्साह थपिन्थ्यो तर यो कहिलेसम्म कायम रहन्छ भन्ने कुरा नै प्राथमिकता हो । विगतमा भारत सरकारले नेपालमाथि लगाएको नाका वन्दी र यो प्रक्रियाले धेरै मानिसहरलाई आत्मनिर्भरतिर उत्प्रेरित गरेको छ । सबै कुरामा भारत लगायत अन्य राष्ट्रहरुसँग परनिर्भर बन्नुभन्दा पनि हामीले सक्ने कुरामा त आत्मनिर्भर बन्ने प्रयात्न गरौं भने पक्कै पनि खुसी समृद्ध बन्न सक्छौं । यस तर्फ हरेक नागरिकले सोच्न आवश्यक छ भने संघ, प्रदेश सरकाररुले पनि सोही अनुसारको नीति निर्माण गर्नुपर्ने आवश्यक छ । जसले स्थानीय उत्पादनले थप उत्पादनमा प्रोत्साहनबाट नै विकसित समृद्ध नागरिक बन्न सक्छौं ।

You may also like