पोबाङ इप्रका नजिक टिपर दुर्घटना

पोबाङ इप्रका नजिक टिपर दुर्घटना
जुनिश कुमार विष्ट
पोबाङ, पौस १६ गते ।

This image has an empty alt attribute; its file name is j-762x1024.jpg


रोल्पा, सुलिचौर– थबाङ सडक खण्ड अन्तर्गत सुनछहरी गाउँपालिका–५ पोबाङको इलाका प्रहरी कार्यालय नजिकै टिपर दुर्घटना भएको छ ।
दुर्घटना टिपर जलजला कन्ट्रक्सन प्रा.लि.को ना १ क ७८८२ नम्बरको सुनछहरी गाउँपालिकाको निर्माणधिन घडेरीको माटो फाल्ने क्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पोबाङका असई केशरबहादुर घर्तीमगरले जानकारी दिनुभयो । टिपर सडकबाट करिब १५ मिटर तल खसेको छ । भने टिपर चालक हरि चौधरी सामान्य घाइते भएका छन् । घाइते चौधरीको थप उपचारको लागि सुलिचौर लगिएको उहाँले जानकारी दिनुभयो । टिपर घटना पश्चात् ईलाका प्रहरी चौकी पोबाङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको टिमले उद्वार गरेको थियो ।

You may also like