व्याज अनुदानकाे सिफारिसका लागि विभेद गरिएकाे छैन- उद्याेग अधिकृत तिलकराम वली

व्याज अनुदानकाे सिफारिसका लागि विभेद गरिएकाे छैन- उद्याेग अधिकृत तिलकराम वली

उद्यमी विकासमा विगतदेखि नै घरेलु तथा साना उद्योग कार्यालय रोल्पा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । संघीय संरचना अनुसार पनि कार्यालयले प्रदेश र संघीय सरकारको विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जसले जिल्लामा उद्यमी विकास तथा प्रर्वद्वनमा सहयोग पु¥याएको छ । यस जिल्लामा समयको विकास क्रम सँगसँगै उद्यमीको संख्या बढ्दो क्रममा रहेको छ । धेरै व्यवसायीहरुले परम्परागत पेशा व्यवसायीलाई आधुनिकीकरण गर्दै व्यवसायीतिर उन्मुख बनेको अवस्था छ । उद्योग अधिकृत तिलक राम वलीसँग कार्यालयबाट सञ्चालन भएका कार्यक्रम, व्यवसायीको दीर्घकालनीको अवस्था, व्यवसायी प्रर्वद्वन तथा विकास लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यावाद ।
 आजकाल कुन कार्यमा व्यस्त हुनुहुन्छ ?
 प्रदेश मन्त्रालयबाट अख्तियारी प्राप्त कार्यक्रमहरुको सन्चालन गरिरहेको र नियमित कार्यलयको प्रशासनिक कार्यमा व्यस्त छु ।
 जिल्लामा उद्यमीहरुको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
 जिल्लाका उद्यमीहरुको चेतन स्तर वृद्धि भएको र आफ्नो अधिकार र कर्तव्य प्रति उहाँहरु जानकार हुनहुन्छ ।
घरेलु तथा साना उद्योग कार्यालयबाट फर्म दर्ता गर्दा चाहिने कागजातहरु के–के हुन ?
  यस कार्यालयमा बाणिज्य फर्म दर्ता गर्दा सम्बन्धित वडा कार्यालयको सिफारिस, जग्गाको लालपुर्जा वा घरभाडा सम्झौता, नागरिकताको प्रतिलिपी र ३ प्रति फोटो लिई स्वयम फर्म धनी नै उपस्थित भई तोकिएको ढाँचामा निबेदन पेश गरेमा फर्म दर्ता प्रक्रिया अगाडी बढ्छ भने उद्योगको हकमा वडा कार्यालयको सिफारिस, जग्गाको लालपुर्जा, सर्जमिन मुचुल्का, गाउँपालिका÷नगरपालिकाको सम्बन्धित शाखाको सिफारिस, नागरिकताको फोटोकपी र ३ वटा फोटो सहित निबेदन दिएमा फर्मको दर्ता हुन्छ ।
 फर्म दर्ता भएको कति वर्षमा फर्मको नविकरण हुन्छ ?
 फर्म दर्ता भएको मितिले ५ आर्थिक वर्षसम्मको हुनेछ र नविकरण भए मुटाबिक प्रत्येक ३ आर्थिक वर्षको नविकरण हुनेछ ।
 घरेलु तथा साना उद्योग कार्यालयबाट यस आर्थिक वर्षमा के–कस्ता कार्यक्रमहरु संचालन भइरहेका छन् ?
  यस कार्यालयबाट व्यवसायिक मुलक कपाल काट्ने तालिम, बाँसको विभिन्न सामग्रीहरु बनाउने, हाउस वाइरिङ्ग, ३ महिने आधारभुत कम्प्यूटर तथा सिलाइ कटाइ सम्बन्धि तालिमहरु संचालन भइरहेका छन् र बजार अनुगमन, जनजागरण समूह गठन गरि उपभोक्ता शिक्षा कार्यक्रम लगायत प्रदेश मन्त्रालयबाट स्वीकृत भएका अन्य कार्यक्रमहरु सञ्चालन भई रहेका छन् ।
 उद्यम प्रर्वद्वनको लागी घरेलु कार्यालयले के–कस्ता कार्यक्रमहरु सञ्चानल गरि रहेको छ ?
 यस कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा दर्ता भएको उद्योगीहरुलाइ उद्योग स्थापनाको लागि ५० प्रतिशत छुटमा प्रविधि÷ मेसिन औजार अनुदान कार्यक्रम रहेको र सञ्चालित उद्योगीहरुको स्तरोउन्नतिका लागि ८० प्रतिशत अनुदानमा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरेका छौं । साथै आर्थिक वर्ष २०७७÷०७८ मा दर्ता भएका उद्योग सञ्चालनको लागि प्रदेश मन्त्रालयबाट अख्तियारी प्राप्त भए वमोजिम रु ३ लाखदेखि रु १० लाखसम्मको व्याज अनुदानमा ऋण उपलब्ध गराउने सिफारिस गर्ने कार्यक्रम रहेको छ ।
 व्याज अनुदानमा ऋण प्रभाह गर्दा धितोको आवश्यकता पर्छ कि प्रर्दैन ?
 यस कार्यालयको सिफारिसमा नेपाल बैंक लिमिटेडले धितोको मुल्याङ्कन गरेर मात्र ऋण प्रभाह गर्दछ ।
 कर्जामा पनि विभेद भएको भन्ने व्यवसायीको गुनासो छ, नि ?
  हाम्रो कार्यालयबाट व्याज अनुदानको सिफारीरका लागि विभेदकारी तरिकाले सिफारीस गरिएको छैन ।
 उद्यमी दृष्टिकोणले कुन–कुन व्यवसायीको सम्भावना छ ?
  रोल्पाको सन्दर्भमा हेर्ने हो भने अल्लोको कपडा, सिस्नोको पाउडर बनाउने, आलु चिप्स बनाउने जस्ता व्यवसायको सम्भावना रहेको देखिन्छ ।
 कार्यालयबाट विभिन्न सीपमुलक तालिम लिएका व्यक्तिहरुले व्यवसायी सञ्चालन गरेको पाइदैन, नि ?
 यस कार्यलयबाट तालिम लिएका उद्यमीहरुमध्ये कोही कसैले व्यक्तिगत समस्या पारिवारीक बाध्यताले व्यवसाय सञ्चालन नगरेता पनि धेरै जसो उद्यमीहरुले व्यवसाय सञ्चालन गरेको अवस्था छ ।
 जिल्लामा स्थानीयतहरुसँग कसरी समन्वय सहकार्यमा कार्यक्रमहरु गर्दै आउनुभएको छ ?
  हामीले जुन स्थानीय तहमा कार्यक्रम गर्ने हो । त्यस स्थानीय तहहरुसँग कार्यक्रमको सुरुमै समन्वय सहकार्य र एक आपसमा छलफल गरि कार्यक्रम सञ्चानल गरिरहेका छौं । हाम्रो कार्यालय र स्थानीय तहहरु एक अर्काको परिपुरक कै रुपमा समन्वय सहकार्य गरि अगाडि बढि रहेका छौ ।
 कार्यक्रमहरु कार्यन्वयनमा स्थानीयतहरुको भूमिका कस्तो रहेको छ ?
  हाम्रो कार्यालयबाट सञ्चानल हुने कार्यक्रमहरुको कार्यान्वयनमा स्थानीय तहरहरुले सहयोगात्मक भुमिका खेल्नु भएको छ । जसले गर्दा हाम्रा कार्यक्रमहरु सहज रुपले सम्पन्न भएका छन् ।
 व्यवसायीहरुले व्यवसाय सञ्चालनमा के–के कुरामा ध्यान पु¥याउन आवश्यक छ ?
  व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा व्यवसायीक व्यक्तिको व्यावसायीक क्षमता, पारिवारी साथ सहयोग, आर्थिक अवस्था र आफुले गर्ने व्यवसायबाट उत्पादन हुने वस्तु वा सेवा विक्रीको लागि बजार जस्ता कुरालाई विशेष ध्यान दिन जरुरी हुन्छ ।
 जिल्लामा व्यवसायीहरुलाई दर्ता दायरामा ल्याउन कार्यालयबाट के–के गर्दै आउनुभएको छ ?
  व्यवसायीहरुलाइ दर्ताको दायरामा ल्याउन समय–समयमा व्यवसाय अनुगमन गरि रहेको छ । अनुगमनको क्रममा व्यवसायी दर्ता नगरी सञ्चालन गरेका व्यक्तिहरुलाई मौखिक, लिखित तथा विभिन्न सञ्चार माध्यमहरुबाट प्रचार–प्रसार गरि दर्ता प्रक्रियाको दायरामा आउन जानकारी तथा अनुरोध गरिरहेका छांै ।
 कार्यालयले उद्यमी प्रति के अपेक्षा गरेको छ ?
स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको प्रयोगबाट आफुमा भएको सीपलाइ प्रयोग गरी आत्मानिर्भर, स्वरोजगार भई अरुलाई पनि व्यवसायको माध्यमबाट स्वरोजगार बन्न उत्प्रेरणा गरुन भन्ने अपेक्षा राखेको छ ।
व्यवसायीहरुलाई कार्यालयको तर्फबाट के भन्नु हुन्छ ?
  कुनै पनि व्यवसाय सन्चालन गर्दा व्यवसायीहरुले व्यवसाय दर्ता गर्न, फर्महरु समयमै नविकरण गर्ने, कारोवार स्थलमा साईनबोर्ड राख्ने, कारोवार गर्दा विलको अनिवार्य प्रयोग गरी कारोवार गर्न हुन अनुरोध गर्द छु ।
अन्तिममा केही कुरा छुटेका छन्, कि ?
  तपाईको यस पत्रिकाबाट हाम्रो कार्यालयका दैनिक प्रशासनिक तथा व्यावसायीक कार्यक्रमको बारेमा जानकारी मुलक कुराहरु राख्न दिनु भएकोमा तपाई लगायत तपाईको यो रोल्पा समाचार परिवारलाई तथा यस कार्यालयबाट सन्चालन भएका बिभिन्न कार्यक्रमहरु सन्चालन गरिरहदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने रोल्पा जिल्ला स्थित सरकारी, गैरसरकारी कार्यालय संघ संस्था जनप्रतिनिधि कर्मचारी लगायत अन्य व्यक्तित्वहरुलाई धन्यावाद दिन चाहान्छु । आगामी दिनहरुमा पनि आफ्नो कार्यालयका दैनिक प्रशासनिक तथा व्यावसायीक कार्यहरुको जानकारी राख्ने अवसर दिनु हुनेछ भन्ने अपेक्षा सहित विदा हुन्छु ।

You may also like