” खेलकुद बिकास र समृद्धको प्रतिक “-सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन

रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले खेलकुद बिकास र समृद्धिको प्रतीक भएको ले खेलकुदमा खेलाडीहरुले स्वच्छ प्रतिस्पर्धा पर्ने बताउनु भयो।
सुनछहरी गाउँपालिका ७ नम्बर वडा जेलबाङको खिबाङमा आयोजित जनजागृती युवा समुहको प्रथम वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
अध्यक्ष पुनले युवा क्लबहरुले गाउँरहेर सिर्जनशील कामहरु गर्नुपर्ने बताउनुभयो । अध्यक्ष पुनले भन्नू भयो ” युवा बिदेशिने होईन आफनै देशमा श्रम गरि आत्मनिर्भर हुने हो।”
समृद्ध सुनछहरी आत्मनिर्भर सुनछहरी बनाउने स्थानीय सरकार रहेकोले युवाहरुले यस अभियानको अग्र पंक्तिमा रहेर स्थानीय सरकारलाई सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।
अध्यक्ष पुनले यहीँ गाउँबाट सुरुवात गरिएक्क युवा क्लब जेलबाङभरी अहिले सफल संचालन रहेकोले खिबाङ गाउँले गरेको योगदानको उच्च प्रसंशा गर्नुभएकाे छ ।
यस्तै विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा निवर्तमान सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनले एकताबद्ध ,सुसाशन युक्त जेलबाङ बनाउन सबै लाग्नु पर्ने बताउनु भयो।साथै सबै राजनीति दलहरुले जेलबाङको बिकासमा एकताबद्ध भएर लागिरहेको अवगत गराउदै एकता नै शक्ति भएकोले अझ एकताबद्ध हुनुपर्ने बताउनु भयो।उहाले खेलाडीहरुलाई शान्ति पुर्ण रुपमा खेलकुदमा सहभागी भैदिनु हुन अनुरोध समेत गर्नुभएको छ।
कार्यक्रममा वडा नम्बर ७ जेलबाङका वडा अध्यक्ष राजबहादुर रोकामगर,वडा सदस्य कुमै पुन मगर,सरिता पुनमगर,गीतकार तथा समुहका सल्लाहकार कुन्जसिङ बुढामगर,स्तार युवा क्लबका संस्थापक अध्यक्ष लालबहादुर पुन लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा २६ समुहले भलिबल खेलमा सहभागी जनाएका छन भने कार्यक्रममा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
उद्घाटन कार्यक्रम समुहका सहसचिव सुनिल बुढामगर स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको अध्यक्षता समुहका अध्यक्ष उत्सव पुनमगरको रहेको थियो भने संचालन समुहका सचिव निशन बुढाले गर्नुभएको थियो।

You may also like