जनताकै घरमा हामी हिजो सुरक्षित भयौं अब हामी जनताको घर सुरक्षित गर्दछौंः अध्यक्ष घर्ती


सुलिचौर, रोल्पा

सुनिलस्मृति गाउँपालिका कार्यालय सुलिचौर रोल्पाले सोमबारबाट गाउँपालिकाको आठको वडाहरुमा जस्तापाता वितरणमा सुरुवात गरको छ ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले महान जनयुद्धको समयमा हामी जनताकै घरमा सुरक्षित भयौं अब जनताको घर सुरक्षित गर्ने महान अभियानमा भएको बताउनुभयो । गत वर्षबाट सञ्चालनमा आएको फुसको छानो विस्तापन अभियानलाई यस वर्ष पनि जोडिएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनु जस्तापाता वितरणमा बताउनुभयो । महान जनयुद्धको समयमा हामीलाई सुरक्षा पैदान गर्ने जाताको घरमा आज पुग्दा हिउँदको खडेरीमा धेरैको घर, सम्पती जलेर नष्ट भएको देखँे, बर्षातको क्रममा पानी चुहिएको मैले आफ्नै आँखाले देख्ने र भोग्ने गरे त्यतिबेला मलाई दुःख लाग्यो, मैले अठोट लिए हिजो हामीलाई खाना, बस्न र सुरक्षा दिनुहुने तिनै जनताहरुको घर किन हामिले सुरक्षित नगर्ने त ? त्यसैले जसरी पनि हामिले उहाँहरुको घर सुरक्षित बनाउनको लागि यो अभियानलाई अगाडि ल्याएको उहाँले धारणा व्यक्त गर्नुभयो ।

भित्र २ हजार १५० घरधुरी फुसको छानो भएकोमा गत वर्ष दुई सय घर र यस पटक गाउँपालिकाले चार सय घरमा जस्तापाता लगाउदै छौ भने बाँकी १५५० घरधुरीलाई क्रमागतरुपमा हाम्रै कार्यकालमा सम्पूर्ण फूसको छानो विस्थापन गर्ने लक्ष्य समेत लिएका छौँ, त्यसैले यस अभियानमा साथ र सहयोग गर्नका लागि सवै निकायलाई आग्रह समेत गर्दछु अध्यक्ष घर्तीले भन्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like