खेलकुद क्षेत्रको विकासमा सबै एक जुुट बन्नु पर्छः जि.स.स. प्रमुख बुढामगर

 

 

लिबाङ रोल्पा, १५ जेठ

रोल्पा नगरपालिका रोल्पा आयोजनामा सञ्चालित दोस्रो मेयर कप २०७६ को समापन प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले आज लिबाङमा गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले रोल्पा नगरपालिका रोल्पाको दोस्रो मेयर कप २०७६ जिल्लाको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योग्दान प¥याउने धारणा व्यक्त गर्नुभयो । जिल्लाको समग्र खेलकुद क्षेत्रको विकाको निम्ति रोल्पा नगरपालिका लगायतका स्थानीयतहरुले अध्यक्ष कपहरु नियमित आयोजना गर्नुपर्ने जोड प्रमुख अतिथि बुढामगरले जोड दिनुभयो । जिल्लाका स्थानीयतहहरुले जिल्लाको खेलकुद क्षेत्रको विकासको निम्ति उपयुक्त वातावरण निर्माण गर्दै आएका समयमा अब सम्बन्धित खेल क्षेत्रका खेलाडीहरुले पनि लगनशिल्ता, इमान्दारिता बन्न सकेमात्र जिल्लाका समग्री खेलकुद क्षेत्रको विकास हुने उहाँदे बताउनुभयो । त्यसैगरी कार्यकाक्रमको विशिष्ट अतिथि एवं रोल्पा नगरपालिका रोल्पाको नगर प्रमुख पुर्ण के.सी.ले रोल्पा नगरपालिकाको आयोजनामा आयोजित दोस्रो मेय कप २०७६ मा सहभागित बन्ने सम्पूर्ण खेलाडी लगायतका सहयोगी निकायहरुलाई नगपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । दोस्रो मेयर कपको आयोजनामा आयोजित विभिन्न खेलकुद प्रतियोगिता सहज, निश्पक्षे सम्पन्न भएको नगर प्रमुख के.सी.ले खुसी समेम व्यक्त गर्नुभयो । मेय कपमा व्यवस्थापनको क्रममा केही कम्जोरीहरु भएको हुँदा आगामी दिनको मेयर कपलाई व्यवस्थित प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मेयर कपको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजय बन्ने टिमहरुलाई पुस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो ।

सोही क्रममा पुरुष भलिबल प्रतियोगितामा प्रथम सुनिल स्मृति गाउँपालिका रोल्पा, द्धितीय रोल्पा नगरपालिका, तृतिय माडी गाउँपालिका, सान्त्वना त्रिवेणी गाउँपालिका रोल्पा, महिला भलिबल प्रतियोगितामा प्रथम रोल्पा नगरपालिका रोल्पा, द्धितीय सुनछहरी गाउँपालिका रोल्पा, तृतिय त्रिवेणी गाउँपालिका रोल्पा, सान्त्वना सुनिल स्मृति गाउँपालिका रोल्पा, पुरुष फुटबल प्रतियोगितामा प्रथम रोल्पा नगरपालिका रोल्पा, द्धितीय माडी गाउँपालिका रोल्पा, तृतिय सुनिल स्मृति गाउँपालिका रोल्पा, सान्त्वना लुङ्ग्री गाउँपालिका रोल्पा, पुरुष क्रिकेट प्रतियोगितामा प्रथम परिवर्तन गाउँपालिका रोल्पा, द्धितीय रोल्पा नगरपालिका रोल्पा, तृतिय सुनिल स्मृति गाउँपालिका रोल्पा, सान्त्वना माडी गाउँपालिका रोल्पाको टिम विजय भएका छन् । त्यसैगरी महिला भलिबल र पुरुष फुटबल प्रतियोगितातर्फ दुई गोल्ड, क्रिकेट र पुरुष भलिबल प्रतियोगितातर्फ दुई सिल्भर प्राप्त गरी प्रथम स्थान ल्याउँदै नगद ८० हजार सहित शिल्ड, टरफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ, सुनिल स्मृति गाउँपालिका रोल्पाले पुरुष भलिबल प्रतियोगितातर्फ एक गोल्ड र क्रिकेट र पुरुष फुटबल प्रतियोगितातर्फ दुई ब्रोञ्ज प्राप्त गरी दोस्रो स्थान ल्याउँदै नगद ६० हजार, शिल्ड, टरफी, मेडल र प्रमाण पत्र प्राप्त गरको छ, परिवर्तन गाउँपालिका रोल्पाले क्रिकेट प्रतियोगितातर्फ एक गोल्ड प्राप्त गरी तृतिय स्थान ल्याउँदै नगद ५० हजार सहित शिल्ड, टरफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छ भने माडी गाउँपालिका रोल्पाले पुरुष पूmटबल प्रतियोगितातर्फ एक सिल्भर र पुरुष भलिबल प्रतियोगितातर्फ एक ब्रोञ्ज प्राप्त गर्दै सान्त्वना पुरुस्कार नगद ३० हजार सहित शिल्ड, टरफी, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यसैगरी सुनछहरी गाउँपालिकाले महिला भलिबल प्रतियोगितातर्फ एक सिल्भर र त्रिवेणी गाउँपालिका रोल्पाले महिला भलिबल प्रतियोगितातर्फ एक ब्रोञ्ज प्राप्त गरेका थिए । त्यसैगरी मेयर कपको अवसरमा आयोजित क्रिकेट प्रतियोगिताको उत्कृष्टि खेलाडी परिवर्तन गाउँपालिका रोल्पाको किरण वली, पुरुष फुटबल प्रतियोगिताको उत्कृष्टि खेलाडी रोल्पा नगरपालिका रोल्पाको उचित रोका, महिला भलिबल प्रतियोगिताको उत्कृष्टि खेलाडी रोल्पा नगरपालिका रोल्पाको रमिता पुन, पुरुष भलिबल प्रतियोगिताको उत्कृष्टि खेलाडी रोल्पा नगरपालिका रोल्पाको दीपेन्द्र घर्तीलाई उत्कृष्टि खेलाडीको प्रमाण प्रदान गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिकदलका प्रमेख तथा प्रतिनिधि, पत्रकार, खेलाडी, सहयोगी लगायतका सरोकारवाला निकायहरुको उपस्थिति थियो । कार्यक्रम दोस्रो मेयर कप २०७६ मूल आयोजक समारोह समिति संयोजक एवं रोल्पा नगरपालिका रोल्पाको उप प्रमुख मनकुमारी घर्तीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगर प्रेस संयोजक देवी कुमारी गुरुङले गर्नुभएको थियो ।

 

You may also like