नेपाल मगर विद्यार्थी संघ रोल्पाको ११ औं अधिवेशन कार्तिक २२ र २३ आयोजित

भाद्र ७ गते
लिबाङ– रोल्पा


नेपाल मगर विद्यार्थी संघ रोल्पाको नियमित बैठक शनिबार लिबाङमा सम्पन्न भएको छ । सम्पन्न बैठकले विभिन्न निर्णय समेत पारित गरेका छ ।
उक्त बैठकले नेपाल मगर विद्यार्थी संघ रोल्पा जिल्लाको ११ औं अधिवेशन २०७६ साल कार्तिक महिनाको २२ र २३ गते रोल्पाको नगरपालिका लिबाङमा आयोजना गर्ने निर्माण पारित गरेको छ । साथै गत वर्षको शैक्षिक सत्रको एस.इ.इ. परीक्षामा जिल्लाको १० ओटै स्थानीयतहमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रा गरी २० जना मगर समुदायका विद्यार्थीहरु र विद्यालयलाई सम्मान गर्ने, आर्थिक विपन्न र जेहन्दार मगर समुदायको विद्यार्थीहरुलाई छनौट गरी आर्थिक सहयोग गर्ने, अधिवेशनको उद्घाटन सत्रमा संघको मुख पत्र प्रकाशनको लागि विभिन्न उप समिति गठन गरेको छ ।

अधिवेशन सम्पन्न गर्न संघको प्रत्येक पदाधिकारीहरुलाई सहयोग रसिद वितरण गरी आर्थिक संकलन गर्ने र नेपाल मगर महिला संघ केन्द्रीय समितिको ६ औं राष्ट्रिय सम्मेलन २०७६ साल असोज महिनाको ३ र ४ गते रोल्पा नगरपालिका रेउघमा आयोजित कार्यक्रमको भव्य सफल बनाउन नेपाल मगर विद्यार्थी संघलाई मञ्च व्यवस्थाप र प्रचार प्रसारको जिम्मेवारी अनुसार संघले विभिन्न उप समिति गठन गरी सम्मेलन सफल बनाउने निर्णय गरेको छ । नेपाल मगर विद्यार्थी संघ रोल्पाको अध्यक्ष उमेश पुनमगरको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति सदस्इ नरेन्द्र घर्तीमगर लगायत जिल्लाका पदाधिकारीहरुको उपस्थिति थियो ।

You may also like