गै.स.स. महासंघ रोल्पा अध्यक्ष घनश्याम आचार्यको संयोजकत्वमा जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन

गै.स.स. महासंघ रोल्पा अध्यक्ष घनश्याम आचार्यको संयोजकत्वमा जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन
१० वैशाख, लिबाङ–रोल्पा

नोबेल कोरोना भइसर (कोभिड–१९)मानव अधिकार अवस्थाको अनुगमनका लागि गैर सरकारी संस्था महासंघ रोल्पाको अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा एक जिल्ला स्तरीय अनुगमन समिति (हिजाे) मंगलबार गठन भएको छ ।
उक्त समितिको सदस्यहरु नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने र नेपाल वार एशोसियसन जिल्ला वार ईकाइ रोल्पाका अध्यक्ष टेकम प्रसाद घर्ती मगर रहनुभएको छ भने नोबेल कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा मानव अधिकार अवस्था अनुगमन नेटवर्कको कार्यविधि अनुसार २ जना सदस्य समेत मनोनित गरिएको छ । मनोनित हुने सदस्यहरुमा ईन्सेकको रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीमगर र महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य रहुनभएको छ । यस भाइरसबाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न उक्त समिति गठन गरिएको समितिका सदस्य महेश न्यौपानेले जानकारी दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपाल वार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ बीच मानव अधिकार अवस्था अनुगमन नेटवर्क बनाई मानव अधिकार अवस्था अनुगमन गर्न सहमती भए बमोजिम केन्द्र प्रदेश र जिल्लामा अनुगमन समिति गठन गरेको संयोजक घनश्याम आचार्यले जानकारी दिनुभयो ।

You may also like