पुष ८ गते
लिबाङ–रोल्पा ।
रोल्पा जिल्लाको शैक्षिक क्षेत्रको सुधारका लागि अझै दातृ निकायहरुको आवश्यक भएको जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले बताउनुभयो । उहाँले यस्तो धारणा आइतबार लिबाङ आयोजित ‘हामी सिक्न सक्छौं’ परियोजनाको उपलब्धि, सिकाई, र राम्रा अभ्यासहरु आदनप्रदान तथा बहिर्गमन कार्यक्रम बताउनुभयो ।
प्रमुख अतिथि बुढाले भन्नुभयो,‘ सेभ द् चिल्ड्रनको आर्थिक सहयोग र मावन अधिकार सचेतन् (केन्द्र) नेपाल रोल्पाको साझेदारीमा सञ्चालित हामी सिक्न सक्छौं परियोजनाले १९ ओटा वडाहरुको शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, बाँकी वडाहरुमा पनि यस्ता परियोजना सञ्चालन भए शैक्षिक गुणस्तरमा परिवर्तन आउन सक्छ ।’ यो परियोजना बहिर्गमन हुँदै छ । तर, सेभ द् चिल्ड्रन र मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाले आगामी दिनमा शिक्षासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन हुने प्रमुख अतिथि बुढाले अपेक्षा व्यक्त गर्नुभयो । भौगोलिक, शिक्षा, स्वास्थ्य, खानेपानी सहित अन्य आधाभूत आवश्यकहरु जिल्लाबासीहरुको असीमित मागहरु सरकारी निकायहलाई सम्बोधन नहुनेभएकाले जिल्लाबासीको असीमित आवश्यकता पूर्तिका लागि सेभ द् चिल्ड्रन जस्ता दातृ निकायहरुले विशेष प्राथमिकताको आधारमा कार्यक्रम तय गर्नेपर्ने उहाँले बताउनुभयो । ‘हामी सिक्न सक्छौं’ परियोजना बहिर्गमन भएपनि आगामी दिनमा ‘हामी गर्न सक्छौं’ परियोजनाको आवश्यकता समेत प्रमुख बुढाले औल्याउनुभयो ।
‘सशस्त्र द्वन्द्वको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावले विकास भएन जसको परिणाम स्वरुप दृष्टिकोणले यस जिल्ला विकासमा पछाडि प¥यो । जिल्लाको समग्र विकासका लागि विभिन्न दातृ निकायहरुको कार्यक्रम सञ्चालनका लागि सरोकारवाला निकायहरुले पहल गर्नुपर्छ’ उहाँले भन्नुभयो । यस जिल्ला अन्य जिल्लाको तुलनामा शैक्षिक क्षेत्रमा धेरै पछाडि छ । संघ सरकार, प्रदेश सरकार, र स्थानीयतहरुले विशेष प्राथकिता दिँदै दातृ निकायहरुसँग समन्वय सहकार्य गरिए शैक्षिक क्षेत्रको विकास हुने प्रमुख अतिथि बुढाले बताउनुभयो । उहाँले परियोजनाको समयवधिमा १९ ओटा वडाको शैक्षिक गुणस्तरमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सेभ द् चिल्ड्रन र मानव अधिकार सचेतन् केन्द्र (हुरेक) रोल्पालाई धन्यवाद समेत प्रदान गर्नुभयो । परियोजको उपलब्धि, सिकाइ, राम्रा कार्यहरुलाई सम्बन्धित वडाहरुले निरन्तरता दिनुपर्छ । भने अन्य वडाहरुले पनि परियोजनाको उपलब्धि, सिकाइ र राम्रा कार्यहरुलाई अनुसरण गरिए शैक्षिक गुणस्तरका लागि सहयोग हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि एवं एसोसियट डाइरेक्टर फिल्ड प्रोग्राम अपरेसन सेभ द् चिल्ड्रनको धना भुसालले परियोजना कार्यन्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने हुने जनप्रतिनिधि, राजनीतिकदल, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघ, बाल क्वल, शिक्षक अभिभावकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
जिल्लामा परियोजनको परिणाम सन्तोजनक भएको भन्दै पुनः निरन्तरका लागि सम्बन्धित निकायमा पहल गर्ने विशिष्ट अतिथि भुसालले बताउनुभयो । यो परियोजना बहिर्गमन भएपनि यस जिल्लामा एकीकृत परियोजना र मिलन परियोजना त्रिवेणी गाउँपालिकामा सञ्चालन छ, आगामी दिनमा अन्य गाउँपालिकाहरुमा पनि सेभ द् चिल्ड्रनको परियोजना सञ्चालनका लागि आवश्यक पहल गर्ने उहाँले प्रतिवद्वता गर्नुभयो । ‘हामी सिक्न सक्छौं’ परियोजनाको उपलब्धि, सिकाइ, राम्रा कार्यहरुलाई गाउँपालिका, गाउँपालिका शिक्षा समिति, वडा कार्यालय, वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति सहितका अन्य सरोकारवाला नियकाहरुले निरन्तरतासँगै नयँ कार्य तय गरी गुणस्तरीय शिक्षाका सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछु’, उहाँले भन्नुभयो ।
कार्यक्रमको विष्टि अतिथि एवं रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनगमर, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली, गैर सरकारी संस्था महासंघ केन्द्रीय सचिव शोभराम डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, परियोजना व्यवस्थापक टेकप्रसाद अधिकारीले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा मनतव्य राख्ने स्थानीयतहका प्रमुख÷अध्यक्षहरुले सेभ द् चिल्ड्रन र मानव अधिकारी सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पालाई धन्यवाद व्यक्त गर्दै परियोजनाबाट सिकाई, उपलब्धि, राम्रा कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । स्थानीयतहमा शैक्षिक गुणस्तरीयका लागि परियोजनाले महत्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी दिनमा पनि पुनः सञ्चालनका लागि सम्बन्धित निकायलाई उहाँहरुले अनुरोध गर्नुभएको थियो । परियोजनाको उपलब्धि, सिकाई, निरन्तरताका लागि चारै ओटा स्थानीयतहहरुको प्रतिवद्वता सहित स्थानीयतहको कार्य योजनाहरु समेत प्रस्तुत गरिएको थियो । परियोजनाको प्रगति प्रतिवेदन ‘हामी सक्न सक्छौं’ परियोजना अधिकृत कर्ण दरैले प्रस्तुत गर्नुभएको थियो । मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाले परियोजना कार्यन्वयनमा विशेष सहयोग पु¥याएको भन्दै स्रोत व्यक्तिहरु कुलराज आचार्य, दामोदर सुवेदी, कविराज रिजाल, लोक कुमार श्रेष्ठ, राजेश धिताललाई प्रशंसा–पत्रले सम्मान, पत्रकारहरु नेपाल टेलिभिजन सम्वाददाता माधव कुमारी वली, नागरिक दैनिक समाचारदाता दिनेश सुवेदी, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.लाई सम्मान, रोल्पा नगरपालिका, सुनिल स्मृति गाउँपालिका, माडी गाउँपालिका र त्रिवेणी गाउँपालिकालाई धन्यवाद पत्र प्रदान गरेको थियो ।
परियोजना सञ्चालित चार ओटा स्थानीयतह रोल्पा नगरपालिका, सुनिल स्मृति गाउँपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिकाले सेभ द् चिल्ड्रन, मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पा, सेभ द् चिल्ड्रन रोल्पा जिल्ला संयोजक दिलकमल क्षेत्री, परियोजनाको समाजिक परिचालकहरुलाई प्रशंसा–पत्र र दोसल्लाह ओढाई सम्मान गरिएका थिए । मानव अधिकार सचेतन् (हुरेक) नेपाल रोल्पाको अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परियोजना सामाजिक परिचालक कमानसिङ पुनमगरले गर्नुभएको थियो । भने स्वागत संस्थाको कार्यकारी निर्देशक राजु आचार्यले गर्नुभएको थियो ।