कोर्चाबाङ समृद्धको दिशातिर अगाडि बढ्दै

कोर्चाबाङ रोल्पा
जेठ, २३ गते

 

 

माडी गाउँपालिका ६ नं. वडा कोर्चाबाङ रोल्पा २०७६ साल जेठ महिनाको २८ गतेका दिन श्रम र सीपको सम्मान, समाज व्यवहार, छुवाछुत कोर्चाबाङ समृद्धको आधार भन्ने मूल नारा सहित जातिय छुवाछुत र बालिघरे प्रथामुक्त वडा घोषण हुँदै छ । संयुक्त दलित जनअधिकार मञ्च र वडा कार्यालयको सक्रियतामा जातिय छुवाछुत र बालिघरे प्रथामुक्त घोषणा हुँदै छ ।
माडी गाउँपालिकाको आर्थिक सहयोग, माडी गाउँपालिका ६ नं. वडा कोर्चाबाङ रोल्पाको आयोजना र दलित जनअधिकार मञ्च माडी गाउँपालिका ६ नं. वडा कोर्चाबाङ रोल्पा यतिबेला जातिय छुवाछुत र बालिघरे प्रथामुक्त घोषणाको निम्ति तीव्र तयारी गर्दै छन् । राजनीतिकदल, जनप्रतिनिधि, कर्मचारी, पेशाकर्मी, सरकारी तथा गैर सरकारी संघ संस्था, नागरिक समाज, दलित अधिकारकर्मी, आमा समूह, सञ्चारकर्मी लगायतका सरोकारवाला निकायहरुलाई आयोजकले माडी गाउँपालिका ६ नंं. वडा कार्यालय कोर्चाबाङ मिनाही रोल्पामा आतिथ्यताका लागि सादर अनुरोध गरेको छ ।

कार्यक्रमको अवसरमा अन्तरजातिय विवाहित जोडिहरुलाई सम्मान, श्रम र सीपले भरिपूर्ण दलितहरुलाई सम्मान, दलित र गैर दलित समुदाय बीच सहभोज, परम्परागत सारङ्गे नाच, पैसेरु नाच र मयुर नाच, आमा समूहहरुको गीत र नृत्य प्रस्तुति, विद्यालयहरुको विद्यार्थीहरुको पिटी प्रदर्शनी लगायतको कार्यक्रम तय भएका छन् । उक्त वडामा दलित समुदाय र जनजातिहरुको बाहुल्य बसोबास भएको वडा हो भने पछिल्लो समयमा बसाइसराई गरी आएका न्यून घरधुरी अन्य समुदायहरुको समेत बसोबास हुदै आएको छ । वाडमा जातिय छुवाछुत विगतदेखि नै न्यून हुँदै आएको छ भने यस कार्यक्रमले थप जातिय छुवाछुत र बालिघरे प्रथामुक्तमा टेवा पुग्ने भएको छ । परम्परागत आरन पेशाप्रति दलित समुदायहरुको आकर्षण न्यून भएको बेला बालिघरे प्रथामुक्तले परम्परागत आरन पेशा समेत आधुनिकिकरणमा थप सहयोग पुग्ने भएको छ । बालिघरे प्रथाकै कारण आरन पेशाप्रतिको अकर्षण न्यूनभएको अवस्थामा बालिघरे प्रथामुक्त वडा घोषणासँगै दलित समुदायहरुको समेत कृषि औजार निर्माणमा आकर्षण बढ्ने भएको छ । यस वडामा आधुनिकिकरण व्यवस्थापन सहित गैर दलित समुदायहरुको समेत कृषि औजार निर्माण उद्योग प्रति आकर्षणको पेशा बनेको छ ।

You may also like