नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको ३२ औं साधारण सभा सम्पन्न

२५गते माघ, ,
लिबाङ–रोल्पा ।


नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा रोल्पाको ३२ औंं साधारण सभा शनिबार लिबाङ रोल्पामा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले शाखाको नयाँ कार्यक्रम तथा योजनाहरु तय गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख कार्यबाहक जिल्ला समन्वय समिति रोल्पाको प्रमुख कर्मलाल परियारले भन्नुभयो,‘यस रोल्पा जिल्ला शाखा रोल्पाले समय परिस्थिति अनुसार मानव सेवामा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैले म जिल्ला समन्वय समिति रोल्पाको तर्फबाट शाखामा आवद्व सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दछु । यस शाखा आगामी दिनमा मानव सेवालाई विशेष प्राथमिकता सहित निरन्तरता दिँदै जान्ने छ, भन्ने अपेक्षा व्यक्त गर्दछु ।’ सशस्त्र द्वन्द्वको समय मानव अधिकार संरक्षणका मध्येष्ट कर्ता सक्रिय भूमिका सँगसँगै पछिल्लो समयमा जनताको दैनिक आधारभूत आवश्यकहरु खानेपानी तथा स्वास्थ्य र भौतिक संरचना निर्माण, विपद्मा परेका पीडितहरुको उद्वार तथा राहत वितरण, रक्त सञ्चालन सञ्चालन जस्ता महत्वपूर्ण क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै यस शाखाको योगदानको प्रमुख अतिथि परियारले प्रशंसा गर्नुभयो । आगामी दिनमा मानव सेवाको लागि यस शाखासँग जिल्ला समन्वय समिति रोल्पा सहकार्य, समन्वय, सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला शाखाको निवर्तमान सभापति नौलसिंङ पुन मगरले समाजको निम्ति राम्रो काम गर्दै जाँदा क्रिया प्रतिक्रिया आउनु स्वभाविक हो । तर, समाज सेवीहरुले जानी जानी कम्जोरी चाही गर्नु हुँदैन । यसमा समाज सेवीहरु सजक बन्नुपर्ने बताउनुभयो । ‘रोल्पा जिल्ला शाखा ३२ औं साधारण सभासम्म आई पुग्दा मानव सेवामा फरक पहिचान कायम गरेको छ, त्यो पहिचानालाई बचाउन वर्तमान कार्य समिति सक्रियता जिम्मेवारी भूमिका निर्वाह गरी रहेको छ, यो नै यस जिल्ला शाखाको निम्ति खुसीको कुराको हो,’उहाँले भन्नुभयो । ‘यस शाखाले ३२ औं साधारण सभासम्म आउँदा मानव सेवामा सफल्ता सँगसगै फरक पहिचान कायम गरेको छ, सोही अनुसार शालाले आगामी दिनमा प्रगति हासिल गर्ने कुरामा म विश्वष्ट छु । जसरीे यस संस्थामा पु¥याएको योग्दानलाई कदर गर्दै मलाई सम्मान गरकोमा वर्तमान कार्य समितिलाई आभार व्यक्त गर्दछु । यस संस्थाको विकासको निम्ति मबाट हुने कुनै सहयोग बाँकी राख्दैन ।’

कार्यक्रममा अर्का विशिष्ट अतिथि सहाय प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली कांग्रेस पार्टी रोल्पा जिल्ला कार्य समिति सदस्य कविता उपाध्याय, जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रतिनिधि सन्तोष कुमार के.सी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष दारासिंङ डागीले शुभ कामना मनतव्य राख्नुभएको थियो । साधारण सभाको अवसरमा जिल्ला शाखा रोल्पाले संस्थाको वर्षिक प्रकाशन २०७६ सार्वजनिक गरेको छ । उक्त प्रकाशनमा संस्थाको इतिहास, वर्तमान आर्थिक वर्षमा सम्पन्न भएको कार्यक्रम, सञ्चालनमा रहेका कार्यक्रम, आर्थिक वर्ष २०७७÷२०७८ सम्पन्न गर्ने विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समेत उल्लेख भएका छन् । साथै आर्थिक प्रतिवेदन समेत उक्त वार्षिक प्रकाशनमा सार्वजनिक संस्थाले गरेको छ ।

कार्यक्रममा कार्यक्रमको विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला शाखाको निवर्तमान जिल्ला सभापति नौलसिंङ पुन, शाखामा कार्यरत कार्यक्रम अधिकृत मोकर्ण पुन उत्कृष्ट कर्मचारी रुपमा समानित हुनुभयो । भने होलेरी उप शाखा उत्कृष्ट उप शाखाको रुपमा जिल्ला शाखाले सम्मानित गरेको छ । कार्यक्रममा जिल्ला कार्य समिति र उप शाखाका पदाधिकारी सहित अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । रोल्पा जिल्ला शाखा सभापति डी.वी.टुहुरोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मन्त्री अमर घर्तीमगरले गर्नुभएको थियो । भने स्वागत उप सभापति टिका कुमारी बुढामगरले गर्नुभएको थियो ।

You may also like