मनकारी एकीकृत प्रवासी मञ्च भाबाङले विभिन्न प्रकृति पिडितहरुलाई राहत प्रदान पीडित खुशी

रोल्पा समाचारदाता
भाबाङ रोल्पा
२०७६ जेठ ४ गते

माडी गाउँपालिका वडा नं. ५ भाबाङमा भएका विभिन्न प्रकृतिका पीडितहलाई मनकारी एकीकृत प्रवासी मञ्च भाबाङले अग्नी, चत्याङ र उज्यालो भाबाङ निर्माणका क्रममा भएका पीडितहरुका आफन्त जनहरुलाई राहत प्रदान गरेको छ ।
समाज सेवा निरन्तर जनताको सेवाको रुपमा ग्रहण गर्दै वडा अध्यक्ष भरतबहादुर बुढामगरकाले समयन्वय गरेपछि पीडितहरुले राहत पाएका थिए । वडा कार्यालयमै एक कार्यक्रम गरी राहत हस्तातरण गरिएको थियो । माडी भाबाङ ५ बाछेका अग्नी पीडित कर्मा घर्तीमगलाई माडी ५ भाबाङ कोटबाङ निवासी दिलबहादुर पुनमगर १०००८ रुपैया, एकीकृत प्रवासी मञ्च माडी ५ भाबाङको तर्फबाट ४ बोरा, १ पेटि तेल, २० पोका नुन, चत्याङबाट मृत्यु भएका माडी ५ भाबाङका ज्योति परियारको आमात विर्शमाली दमाईलाई एकीकृत प्रवासी भाबाङबाट १० हजार नगद र उज्यालो भाबाङ निर्माणको क्रममा जीवन गुमाउने हस्तबहादुर बुढामगर श्रीमति इन्द्रमाली बुढामगरलाई एकीकृत प्रवासी मञ्च भाबाङले १० हजार र माडी ३ तालाबाङका प्रकाश घीर्तमगरबाट २ हजार १५० रकम समेत वडा अध्यक्ष भरतबहादुर बुढामगर र एकीकृत प्रवासी मञ्च माडी ५ भाबाङका प्रतिनिधी कर्णबहादुर घर्तीमगरले हस्तातारण गर्नुभएको थियो ।


सो राहत पाएपछि अग्नी पीडित कर्मा घर्तीमगरले आफूलाई प्रवासी युवाहरुले आफूहरुको गास काटेर पनि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी हस्तबहादुर बुढामगरका श्रीमति इन्द्रमालीले पनि आफूलाई आफ्नो दुखदमा थोरै भए पनि मलम लगाएको प्रतिक्रिया दिनुभयो । यसरी भाबाङका विदेशीयका युवाहरुले आफ्नो गाउँका पीडितहरुकालागि गरेको राम्रो एवं उदाहरणीय कार्य हो । यसैगरी विभिन्न पीडितका लागि वडाका सम्पूर्ण जनप्रति र अन्य कर्मचारी गरी करिव ८० हजार सहयोग गरिने समेत वडा अध्यक्ष भरतबहादुर बुढामगरले भन्नुभो ।
समृद्धिमा अगाडि बढ्नु हाम्रो साथ रहनेछ

You may also like