माडी ५ भाबाङ पूर्ण सरफाई वडा घोषणाका लागि अभिमुखीकरण कार्यक्रम

रोल्पा समाचारदाता
भाबाङ रोल्पा
२०७६ जेठ ४ गते

 


‘भाबाङबासीको अदभूत एकता, पूर्ण सरफाईयुक्त वडा हाम्रो सफलता’ भन्ने मूल नाराकासाथ पुर्ण सरसफाइ वडा घोषणाको लागि १ दिने अभिमुखिकरण कार्यक्रम माडी ५ भाबाङको पाछबाङमा सम्पन्न भएको छ ।
माडी गाउँपालिका वडा नम्बर ५ भाबाङका वडा अध्यक्ष भरत बहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा माडी गाउँ कार्यपालिका सदस्य एवं माडी गाउँपालिका ५ नं. वडा सदस्य सविना घर्तीमगर, गाउँ कार्यपालिका सदस्य धनबहादुर विश्वकर्मा, वडा सदस्यहरु रत्न बहादुर डाँगी, गौरी परियार, सरफाई सहजकर्ता दामोदर सुवेदी, पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली, नेकपा माडी ५ का अध्यक्ष तेजेन्द्र बुढा, बागेश्वरी मा.वि.का प्र.अ पुर्णबहादुर थापा, नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य इन्द्रबहादुर सेटीमहर लगायतको आतिथ्यता रहेको थियो ।

पूर्ण सरफाई वडा घोषणका लागि एक दिने अभिमुखिकरण कार्यक्रममा सहजीकरण सरसफाइ बिज्ञ दामु मर्सिफुलले पूर्ण सरफाईको महत्व र आवश्यकताका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । यसैगरी पत्रकार महासघ रोल्पाका रोल्पाका अध्यक्ष मानसिह विश्वकर्माले पूर्ण सरफाई अभियानलाई संञ्चारमाध्यमबाट कसरी सहयोग पु¥याउन सकिन्छ र सरफाई अभियानको सरकोरवाला निकायको भूमिकाकाबा बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा साविकको सम्पुर्ण वडा समेटेर करिव ६० जनाको उपस्थिति रहेको थियो । माडी गाउँपालिका वडा नम्बर ५ भावाङको साविक ९ नम्वर वडालाई गतवर्ष नै पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको थियो । अब सम्पुर्ण वडालाई घोषणा गर्ने तयारी रहेको समेत बताउँदै वडा अध्यक्ष भरतबहादुर बुढामगरले यस अभियानमा सबै भाबाङबासीको साझा अभयिान बन्ने र सफल बनाउने कुरामा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । माडी ५ भाबाङ खुला दिशामुक्त, साक्षरतायुक्त घोषणा भइरहेको छ भने जातीय छुवाछुत मुक्त वडा र पूर्ण सरफाई वडा घोषणा, उज्यालो भाबाङको विभिन्न कार्यक्रम भइरहेका छन् । वडा सदस्य रत्नबहादुर डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन समरोह कार्यक्रमको सञ्ंचालन वडा सचिव अशोक बिकले गर्नुभएको थियो । अभियानलाई सबै घर घरमा सञ्चालन गरिने वडा सचिव अशोक विश्वकर्माले जानकरी दिनुभयो । यो अभियानम जनप्रतिनिधी, वडा कार्यालय, आमा समूह, स्वास्थ्य क्षेत्र, विद्यालय क्षेत्र, युवा क्लव लगायत सबैले अगाडि बढाएमा यो अभियान सफल हुनेछ ।

You may also like