रोल्पामा रेडपाण्डा संरक्षण कार्यक्रम लागु

रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

 


रोल्पा जिल्लाको थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिकाको उत्तर भू–भागामा हाब्रेकोे उपयुक्त हावापानी भएको हुँदा हाब्रे संरक्षणको लागि ‘पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण’कार्यक्रम सञ्चालन हुनेभएको छ । हाब्रे संरक्षण कार्यक्रम सञ्चालनले गाउँपालिकाका सरोकारवाला निकायहरूको अभियायनमा इट्टा थप भएको छ ।
थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिकामा ‘हाब्रेको संरक्षण’ कार्यक्रम मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको र रेड पाण्डा नेटवर्कको साझेदारीमा सञ्चालन हुँदै छ । यस जिल्ला लगायत अन्य जिल्लामा लोपन्मुख अवस्थामा रहेका हाब्रे सहित अन्य विभिन्न जातका वन्य जन्तुहरूको चोरी शिकार नियन्त्रणमा मिडीयाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार जिल्ला समन्वय समिति रोल्पाको सूचना हलमा सम्पन्न भएको छ । विशेष गरी लोपन्मुख अवस्थामा रहेका हाब्रे जिल्लाको उत्तरी भू–भागहरू थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, गंगादेव गाउँपालिका र रोल्पा नगरपालिकको भू–भागमा पाइने एक अध्ययनले बताएको छ । नेपाल लगायत विश्वमा नै हाब्रे लोपन्मुख अवस्थामा रहेको छ । लोन्मुख अवस्थामा रहेको हाब्रे संरक्षणको निम्ति नेपाल सरकारको नीति अनुसार नै रेड पाण्डा नेटवर्कबाट नेपालमा संरक्षण गर्दै आएको छ । कार्यक्रममा रेड पाण्डा नेटवर्कका सरोज श्रेष्ठ र प्रगति शाहीले रेडा पाण्डाको संरक्षण सम्बन्धि सञ्चालन गर्नुको उद्वेश्य, लक्ष्य विषयमा सहजिहरण गर्नुभएको थियो । विश्वमा हाब्रे करिव दश हजारको संख्यामा छन् भने नेपालमा करिव पाँच सयको संख्यामा रहेको एक अध्ययनले बताएको छ । नेपालको सन्दर्भमा २४ ओटा जिल्लामा हाब्रे पाइन्छ भने दश ओटा जिल्लामा हाब्रे संरक्षण कार्यक्रम रेड पाण्डाले सञ्चालन गर्दै आएको छ । वन्य जन्तु आरक्षण तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० प्रतिशत मात्र हाब्रे पाइन्छ भने ७० प्रतिशत बाहिरी भू–भागमा पाइन्छ । नेटवर्कले हाब्रे संरक्षणको निम्ति सामुदायिक वन, विद्यालय र समुदायहरुसँग सशक्तिकरण गर्दै आएको सरोज श्रेष्ठले कार्यक्रममा बताउनुभयो । हाब्रेले शोषिलो खाने कुरा नखाने हुँदा ८० प्रतिशत समय आराम गरेर नै बिताउनुभएको हुँदा कुकुर, शिकारीहरुको आक्रमबाट बच्न धेरै चुनौति छ । यो वन्य जन्तु नेपाल, भारत, चीन, भुटान, बर्मा देशमा पाइन्छ गर्दछ । नेपालको सन्दर्भमा रेड पाण्डालाई हाब्रे, पुणे कुँदो, नौटोटो, न्याक्राउ, पम्सायांग र वाह नामले परिचति भएपनि यसको वैज्ञनिक नाम ब्ष्गिचग ँगनिभलक हो । उप जात ब्ष्गिचग ँगनिभलक ँगनिभलक हाब्रे नेपाल पाइन्छ । वन डढेलो, विभिन्न कारणले बासस्थानको विनाश, पूर्वधार निर्माण, अत्याधिक मात्रामा निगालोको प्रयोग, निगालो फुल्नु, अन्य जंगली जनावर मार्नको लागि राखिएको पासोमा पर्नु, चोरी शिकार, संरक्षण सम्बन्धि जनचेतनाको अभाव जस्ता कारण नेपालमा रेड पाण्डाको संरक्षणमा चुनौति बनेको छ । रेडा पाण्डा दुर्लभ जनावर, क्ष्ग्ऋल्स् संकटासन्न–भ्लमबलनभचभम, सुरक्षित जीवस्ल्एध्ऋ( ज्ञढठघ, ठाउँको पहिचान, पर्यटन प्रर्वद्वन, परिस्थितिक प्रणाली सन्तुलन, पाचन प्रणालीके संरचना मांसाहारी जस्तो भएपनि शाकाहारी भएकोले अनसुन्धानको लागि महत्व जस्ता महत्वपूर्ण कुराहरुले रेड पाण्डाको संरक्षणको आवश्यक नेटवर्कका सरोज श्रेष्ठले प्रस्तुत गर्नुभयो । नेपालमा रेड पाण्डालाई कुनै व्यक्तिले नियन्त्रणमा राखेकामा वा मारेको पाइएमा एक वर्षदेखि दश वर्ष कैद वा रु एक लाखदेखि पाँच लाखको जरिवाना वा दुबै सजयको कानुनी व्यवस्था छ । जिल्लाको दुई गाउँपालिकामा सञ्चालन हुने पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम दुई वर्ष ६ महिनासम्मको सञ्चालन हुने भएको छ भने कार्यक्रमको समयवधि सकिएपनि पुनः समय थप गरी यि दुई गाउँपालिका सहित अन्य हाब्रे पाइने गाउँपालिकामा समेत कार्यक्रम सञ्चालन गर्ने रेड पाण्डा नेटवर्कका सरोज श्रेष्ठले बताउनुभयो । कार्यक्रमको समयवधिमा हाब्रेको बास स्थानको अनुसन्धान तथा अनुगमन, शिक्षा जनजेतना, वास्थानको व्यवस्थापन, दीगो जीविकोपार्जन विषयगत क्षेत्रहरू नेटवर्कले निर्धारण गरेको छ भने सन् २०१९ को लागि कार्यक्रम सञ्चालनको निम्ति १५ लाख १३ हजार ८४० वजेट समेत तय गरेको छ ।


कार्यक्रममा हाब्रेको संरक्षण तथा चोरी शिकार नियन्त्रणमा मिडियाको भूमिका महत्वपूर्ण भएको धारणा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले बताउनुभयो । आगामी दिनमा हाब्रेको संरक्षण तथा चोरी शिकार नियन्त्रणको निम्ति जिल्लाका पत्रकारहरुले समाचार सम्प्रषण गर्दै आएका छौं भने आगामी दिनमा पनि विशेष गरी हाब्रेको संरक्षणको निम्ति समाचार सम्प्रण गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, संसथापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगरले धारणा राख्नुभएको थियो । रोल्पा जिल्लाको सन्दर्भमा हाब्रे पाइने ठाउँमा धेरै आदिवबासी जनजातिहरुको बसोबास भएको ठाउँभएकाले शिकार गर्ने परम्परागतशैलि जस्तै बनेको छ । जसले हाब्रेको संरक्षणमा चुनौति भएको धारणा कार्यक्रममा बोल्ने बक्ताहरुले राखेका थिए । साथै हाब्रेको संरक्षणको निम्ति जिल्लाका पत्रकारहरुलाई स्थलगत अध्ययन तथा अवोलनको वातावरण सिर्जना गर्नका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका थिए । लोपन्मुखक अवस्थामा रहेको जुन कार्यक्रमले लोपउन्मुख अवस्थामा रहेको हाब्रेको संरक्षण कार्यक्रमले थप जिल्लाको पहिचानसँगै पर्यटन विकासमा सहयोग पुग्ने भएको छ । त्यसैले हाब्रे संरक्षणमा जिल्लाका सबै सरोकारवाला नियकाहरू लगायत सम्बन्धित गाँउँपालिकाहरुले प्रभावकारी भूमिका निर्वाह भने पक्कै निर्वाह गर्नुपर्दछ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाका अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले गर्नुभएको थियो ।

You may also like