रोल्पा समाचार साप्ताहिक पत्रिका १५ औं वर्षको वार्षिक उत्सव तयारी अन्तिम चरणमा

रोल्पा समाचार साप्ताहिक पत्रिका १५ औं वर्षको वार्षिक उत्सव अन्तिम चरणमा
कार्तिक २५ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is r-1024x615.jpg

भोली आयोजित रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको १५ औं वार्षिक उत्सवको तयारी पूरा भएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि स्वास्थ्य मापदण्डको कार्यान्वय गर्दै वार्षिक उत्सवको तयारी भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा यस पत्रिकाको भवनमा वार्षिक उत्सव कार्यक्रम आयोजना गरेको प्रकाशक÷सम्पादक मानसिंह विश्वकर्माले बताउनुभयो । पत्रिकाको वार्षिक उत्वस सम्पन्नका लागि बेलुकी सम्पन्न बैठकले विभिन्न निर्णय समेत निर्णय गरेको उहाँले बताउनुभयो । यस पत्रिकामा नियमित विभिन्न विषयवस्तुमा लेखहरु लेख्दै आउनुभएका लेखक लेखमणी खड्का, भुप बहादुर के.सी, पूर्ण बहादुर भण्डारी, साहित्य विधिमा साहित्यकार लोकेन्द्र सेन ‘सिम्पल कान्छा’ र कर्मचारीहरुको तर्फबाट उत्कृष्टि कर्मचारी सर्मिला बि.क.लाई सम्मान गर्ने निर्णय बैठकले गरेको छ । वार्षिक उत्वसमा आमन्त्रित अतिथिहरुलाई पत्रचार भई सकेको छ । तर, सम्बन्धित निकायमा पत्रकार विभिन्न कारणले आई नपुगेको खण्डमा फोनलाई नै आधारिक निमन्त्रणालाई स्वीकार गरि दिनका लागि आमन्त्रित अतिथिहरुलाई उहाँले अनुरोध गर्नुभयो ।

You may also like