पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सवारी गाडी दुर्घटना


रोल्पा समाचारदाता
जेठ १२ गते लिबाङ


नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सवार रहेको गाडी दुर्घटनामा परेको छ। दाङ्ग तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको स्कारपियोले प्रदेश ३–०१०२२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिंदा केन्द्रिय अध्यक्ष संगै सवार रहेका नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम घाइते भएका छन ।
गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । घटना पश्चात् रोल्पा समाचार अनलाईन संग कुरा गर्दै केन्द्रीय अध्यक्ष विपुल पाख्रेलले आफूहरु अन्य सबै जना सकुलशल रहेको बताउनुभयो । उहाँले ठूलो दुर्घटनाबाट बचेको प्रतिक्रिया दिनुभएको छ ।
कारमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगाएतको टोली सवार रहेको थियो । पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

You may also like