जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि दलित र गैर दलित समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


मिनाही–रोल्पा
जेष्ठ १ गते, माडी गाउँपालिका–६ नं. वडा मिनाही रोल्पामा आज जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि दलित र गैर दलित समुदायको बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोल–टोलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी वडालाई निकट भविष्यमा जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त घोषणा गर्ने तयारीमा सरोकारवाला निकायहरू सक्रिय बन्नेका छन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका–६ नं. वडा रोल्पाको वडा अध्यक्ष कमन बुढा, माडी गाउँपालिका–६ नं वडा सदस्य तिलबहादुर पुन, दलित जनअधिकार मञ्च माडी गाउँपालिका–६ नं. वडा रोल्पाको अध्यक्ष खडक बहादुर बि.क, वडासचिब तिर्थबहादुर घर्तीमगर, उत्पादनशिल कृषक सञ्जाल माडी गाउँपालिका–६ नं. रोल्पाको अध्यक्ष लालसिंह बुढा लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो । पत्रकार तथा मानव अधिकारकर्मी खेमबहादुर बुढामगरले सहजिकरण गर्नुभएको थियो । मानव जीवन परम्परागतशैलिबाट आधुनिकिकरण बन्न नसक्ने भएको हुँदा नेपाली समाज आधुनिकरणनिम्ति परम्परागत जीवनलाई त्याग्नुपर्ने सहजकर्ता बुढामगरले बताउनुभयो । आर्थिक दृष्टिकोणले सम्पन्न बन्नेका निम्ति परम्परागत पेशा व्यवसायीबाट सम्भाव नभएको हुँदा अर्थिक पक्षमा समृद्ध सम्पन्नको निम्ति पनि परम्परागत पेशा व्यवसायीलाई आधुनिकिकरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । बुढामगरको सहजिकरण पश्चात् कार्यक्रममा सहभागिहरुले आफ्नो टोमा जातिय छुवाछुत तथा भेदभाव नभएको बताएका थिए भने परम्पारगत पेशा व्यवसायीलाई आधुनिकिकरणतिर उन्मुख भएको भन्दै यस कार्यक्रमले थप सहयोग पुग्ने विश्वास समेत सहभागिहरुले बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले टोलमा जातिय छुवाछुतको बिभेद नभएकोले छिट्टै यस वडालाई छुवाछुटमुक्त वडा घोषणा गर्नुपर्ने कुरामा जोड दिएका थिए । माडी गाउँपालिका– ६ नं वडा कार्यालयको आर्थिक सहयोग दलित जनअधिकार मञ्च माडी गाउँपालिका–६ नं. वडाको आयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा टाेलका दलित र गैर दलित समुदायका अग्रज व्यक्तिहरु लगायत विभिन्न सराेकारवाला निकायहरुकाे उपस्थिति थियाे ।  वडा सदस्य कविराम घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दलित जनअधिकार मञ्च कोर्चाबाङका सचिव पूर्णमाया परियारले गर्नुभएको थियो ।

You may also like