तुल्सिपुरबाट रोल्पाको राँकको लागि छुटेको जीप सल्यानको दिवांगघारी नजिक दुर्घटना हुँदा तीनकाे मृत्यु

तुल्सिपुरबाट रोल्पाको राँकको लागि छुटेको जीप सल्यानको दिवांगघारी नजिक दुर्घटना हुँदा तीनकाे मृत्यु
कार्तिक २२ गते

लिबाङ राेल्पा


This image has an empty alt attribute; its file name is jeep-ज्ञ.jpg

दाङको तुल्सिपुरबाट रोल्पाको गंगादेव गाउँपालिका राँकको लागि छुटेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीको भिर नजिकै आज दुर्घटना भएको छ ।
उक्त दुर्घटना हुँदा रोल्पाका चालक सहित ३ जनाको ज्यान गएको गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले जानकारी दिनुभयो । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको रहेका छन् । गाडीमा सवार अन्य ५ जना भने सकुशल रहेका छन् । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

You may also like