पाँच दिने एकीकृत व्यवसाय व्यस्थापन तालिम आज समापन

 

लिबाङ–रोल्पा

जेष्ठ २ गते,


५ नं प्रदेश सभा सदस्य तथा प्रदेश नामाकरण र स्थायी राजधानी निर्धारण समिति संयोजक दीपेन्द्र पुनमगरको प्रमुख आतिथ्यतामा  भएको छ । व्यवसायीहरुले आफ्नो व्यवसायी व्यवस्थापन थप सहयोग पुग्ने भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका रोल्पाको नगर प्रमुख पुर्ण के.सी.ले व्यवसायी सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई एकीकृत व्यवसाय व्यवस्थापन तालिमले थप सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । व्यवसाय नयाँ व्यवस्थापन सहित व्यवसायीले सञ्चालन गरेको अवस्थामा मात्र आर्थिक रुपमा समृद्ध सम्पन्न बन्न सकिन्न भएको हुँदा यस्ता नयाँ तालिम समय–समयमा आयोजना गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । छोटो समयमा सञ्चालित व्यवसाय व्यवस्थापन तालिमबाट सिकेका कुराहरुलाई व्यवहारिक रुपमा लागू गर्न सकिएमा सफल उदाहरणीय व्यवसायी बन्ने नगर प्रमुख के.सी.ले बताउनुभयो ।


कार्यक्रमको विशिष्ट अतिथि घरेलु तथा साना उद्योग विकास समिति कार्यालय रोल्पाको उद्योग अधिकृत बालकृष्ण आचार्यले उद्यमशिल्ता तालिमबाट सीप विकास तालिम प्रदान गरिएमा व्यवसायी सञ्चालनमा व्यवसायीकलाई सहज बन्ने धारणा राख्नुभयो । व्यवसाय व्यवस्थापन तालिम जिल्लाका सबै स्थानीतहका व्यवसायीहरुलाई प्रदान गरिएमा जिल्लाका व्यवसायी सफल व्यवसायी बन्ने उद्घोष आचार्यले गर्नुभयो । जिल्लामा व्यवसाय व्यस्थापन सम्बन्धि तालिम सञ्चालनको निम्ति घरेलु तथा उद्योग विकास समिति कार्यालयको तर्फबाट आवश्कय समन्वय, सहकार्य, जस्ता कार्यालयबाट गर्न सक्ने सहयोगको प्रतिवद्वता समेत विशिष्ट अतिथि आचार्यले व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिमको प्रमुख प्रशिक्षक औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ५ नं प्रदेश कार्यालय वुटवल कार्यालय प्रमुख मकुन्द ज्ञवाली, तालिममा सहभागिहरुमध्ये जगत बुढामगर, सूचना घिमिरे लगायतले मनतव्य राख्नुभएको थियो भने औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ५ नं प्रदेश कार्यालय वुटवलका वरिष्ठ व्यवसाय प्रर्वद्वन अधिकृत योगेन्द्र श्रीस, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको उपा उपाध्यक्ष केशव कुमार आचार्य लगायत सरोकारवा निकायहरुको आतिथ्यता थियो । रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्व कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मि डाँगीले गर्नुभएको थियो ।

You may also like