सेलपानीमा टोल कमिटी गठन

चन्द्र रोका मगर
भाद्र १९ गते


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङग्री गाँउपालीका–१ पाङ सेलपानी रोल्पामा टोल कमिटी आज गठन भएको छ । लुङ्ग्री गाउँपालिकाका पार्टीको टोल कमिटि गठन अभियानले तीव्रता पाएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सदस्य दिलबहादुर पुन मगर, विशिष्ट अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङग्री–१ पाङ रोल्पाको वडा कमिटी अध्यक्ष डोरबहादुर पुन, अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङग्री गाँउपालिका कमिटि सदस्य होमबहादुर बिष्ट, वडा कमिटी सदस्यहरु नविन पुन मगर, जगे रोका, रिकमान रोका लगायतको आतिथ्यता थियो । मेघबहादुर घर्तीमगरको संयोजकत्वमा १५ सदस्य टोल कमिटी गठन भएको छ । कार्यक्रममा नेपाली काँग्रेस पार्टीबाट निमेश पुनमगर, परमलाल बुढाथोकी, राष्ट्रिय जनमोर्चाबाट बिनोद घर्ती, दिलमाया घर्तीमगर, गंगा घर्तीमगर, भिमबहादुर घर्तीमगर, जसे घर्तीमगर, कमला घर्तीमगर , धनसरी घर्तीमगर, बेलकलि घर्तीमगर, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट नरजन घर्तीमगर, मेघबहादुर घर्ती, मेघराज घर्ती र नौले पुनले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेशीहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य दिलबहादुर पुनमगर र विशिष्ट अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङग्री–१ पाङ रोल्पाको वडा कमिटि अध्यक्ष डोरबहादुर पुनले अबिर र पूmलमाला लगाएर प्रबेश गराउनु भएको थियो ।

साथै कार्यक्रमा सहभागिहरुलाई प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य दिलबहादुर पुन समसामयिक राजनीतिक विषयवस्तुमा प्रशिक्षण दिनुभयो । वडाको टोल टोलमा टोल कमिटि गठनलाई विशेष प्राथमिकता दिएको वडा अध्यक्ष डोरबहादुर पुनले जानकारी दिनुभयो । कार्यक्रम करसिङ घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादर टोल कमिटि सचिव महवीर रोकाले गर्नुभएको थियो ।

You may also like