विश्वकर्माद्वारा धन्यवाद प्रेस विज्ञप्ती जारी


लिबाङ–रोल्पा
नेपाल पत्रकार महासंघ रोल्पाका पहिलो कार्यकालका अध्यक्ष एवं संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मानसिंह विश्वकर्माले आफ्नो जीवन सुरक्षामा चाँसो व्यक्त गर्ने सबै निकाय तथा व्यक्तिहरुमा धन्यवाद व्यक्त गर्नुभएको छ । शनिबार एक धन्यवाद विज्ञप्ती जारी गर्दै धन्यवाद व्यक्त गर्नुभएको हो ।
उक्त विज्ञप्तीमा भनिएको छ ः–“गत २६ गते माडी गाउँपालिका वडा नं. ४ को कार्यालय र दलित समन्वय समिति तालाबाङको आयोजनामा सम्पन्न जातीय छुवाछुत तथा बालीघरे खलो प्रथा अन्त्यका लागि दलित र गैर दलितबीचमा भएको अन्तरक्रियामा सहजकर्ता एवं सामाचार संकलनका लागि गएर कार्यक्रममाबाट फर्किर्दै गर्दा मदिरा सेवन गरि बाटोमा सिट्ठी बजाउँदै ढुंगा प्रहार गरिएको घटनाप्रति संयुक्त दलित जनअधिकार मञ्च रोल्पा, नेपाल पत्रकार महासंघ रोल्पा, प्रेस सेन्टर, प्रेस युनियन रोल्पा, प्रगशील पत्रकार मञ्च, सम्पूर्ण सञ्चार माध्यम, सञ्चारकर्मी र मेरो जीवन सुरक्षाको लागि चासो व्यक्त गर्ने शुभचिन्तकहरुले जनाउनुभएको एक्येवद्धता जनाई दिई जीवन सुरक्षामा सहयोग गरि दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
निज परियारले आफूमाथि गरेको आक्रमणको घटनाप्रति सञ्चार क्षेत्रका विभिन्न संघ, संगठन, सामाजिक सञ्चालमा सहानुभूति प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै उक्त विज्ञप्तीमा भनिएको छ ः–“म माथि २०७६ साल वैशाख २६ गते माडी गाउँपालिका वडा नं. ४ का ३१ वर्षिय निमबहादुर परियारले ढुंगा प्रहार गरी आक्रमण गरेकामा निज परियारलाई जिल्ला प्रहरी कार्यालयको सक्रियतामा लिएर जाँच बुझ गरी न्याय प्रदान गर्ने कार्यमा सहयोग गरेकामा जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा लगायत सबैलाई धन्यवाद व्यक्त गर्दछु । निज परियारले प्रहरीले जाँच बुझ गर्दा आफूले कमजोरी गरेको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता काम नगर्ने प्रतिवद्धता व्यक्त गरेपछि दलित सञ्चाल माडी ४ तालाबाङका अध्यक्ष कुलबहादुर विश्वकर्मालाको जिम्मेवारीमा छोडिएको छ । आगामी दिनमा त्यस्ता प्रकारका घटना हुन नदिनका लागि सबैबाट निरन्तर पहलको होस् भन्दैै आगामी दिनमा जनतालाई नियमित सचेतना गराउने अभियानमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”
विश्वकर्माले समाजिक क्षेत्रमा काम गर्दा आई पर्ने बाधा अवरोधहरुलाई पनि पन्छाएर अगाडि बढिरहने प्रतिवद्धता जाहेर गर्दै उत्पीडित वर्ग, समुदायको पक्षमा निरन्तर लागि रहने समेत बताउनुभएकोछ ।

You may also like