नेपाल प्रेस युनियन रोल्पाद्वारा प्रेस विज्ञप्ती जारी

नेपाल प्रेस युनियन रोल्पाद्वारा प्रेस विज्ञप्ती जारी
असार, १ गते
लिबाङ–रोल्पा


नेपाल प्रेस युनियन रोल्पाद्वारा न्युज २४ टेलिभिजनका रोल्पा सम्वाददाता नन्दराम खड्कालाई समाचारको विषयलाई लिएर धम्की दिएको घटनाको विरोध गर्दै आज प्रेस विज्ञप्ती जारी गरेको हो ।
यस विज्ञप्तिमा रुन्टीगढी गाउँपालिका–९ का वडा अध्यक्ष नेपबहादुर थापाले समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सील लगायतका निकायमा उजुरी दिने व्यवस्था हुँदा हँुदै पत्रकारलाई धम्काएको घटना प्रति खेद प्रकट गरिएको छ । युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दद्वारा जारी विज्ञप्तीमा समाचारको विषयलाई जोडेर पत्रकार खड्काको व्यक्तिगत जीवनमा आक्षेप लाउने गरी केही व्यक्तिले सामाजिक सञ्जालमा जथाभावी स्टाटस लेख्ने काम गरेकाले उक्त काम तत्काल बन्द गर्न पनि माग गरिएको छ । सामाजिक सञ्जालमा जथाभावी लेख्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी–प्रशासन समक्ष जोड्दार माग समेत गरिएको छ । साथै संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकोले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गराउन प्रेस युनियन रोल्पाले स्थानीय प्रशासन तथा सरकारसँग अपिल गरेको छ । यस वडाध्यक्ष नेपबहादुर थापाले राहतको विषयलाई लिएर स्थानीय गुरुप्रसाद थापा लगायतलाई कुटपिट गरेको समाचार गत जेठ २९ गते विभिन्न सञ्चार माध्यममा प्रशासरण भएको थियो ।

You may also like