दैनिक उपभोग्य सामाग्रीको आपूर्ति नभएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र

दैनिक उपभोग्य सामाग्रीको आपूर्ति नभएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र
१८ वैशाख, लिबाङ–रोल्पा


राष्ट्रिय युवा संघ नेपाल रोल्पाद्वारा लक डाउनको समयमा रोल्पा जिल्लामा दैनिक उपभोग्य सामाग्री आपूर्ति नहुँदा उपभोक्ताहरुको दैनिक जीवनयापन कष्ठकर बन्दै गएको भन्दै आज जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र बुझाएको छ । दैनिक उपभोग्य सामाग्रीहरु जिल्लामा आपूर्ति नहुँदा कृतिम अभावसँग कालो बजारी बढेको छ ।
संघीय सरकारबाट लागू भएको लक डाउनको नीति तथा कार्यक्रमले त्यति भयाबह हुन सकेको छैन । नेपाल सरकार तथा अन्य निकायले चालेको कदमले गर्दा नेपाल भयाबह अवस्था हुन नसकेकोमा सबै यसका लागि पहल गर्ने सबै निकायप्रति राष्ट्रिय युवा संघ नेपाल रोल्पाले ज्ञापन पत्र मार्फत हार्दिक धन्यवाद व्यक्त गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणका लागि पटक–पटक डाउनको समयवधि थप हुँदा यस जिल्लामा दैनिक उपभोग्य सामानहरु नेपाल सरकारले सहज रुपमा उलब्ध गराउने नीति अबलम्बन गरे पनि सदरमुकाम सहित अन्य बजारक्षेत्रमा आपुर्तिको अभाव सिर्जना भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । दैनिक उपभोग्य खाद्यान्न सामानहरुको सहज आपुर्ति हुन नसकेको, मूल्यवृद्धी भएको र मूल्यमा एक रुपमा नभएको जनगुनासोहरु जिल्लामा व्यापक बढिरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जिल्लामा पेट्रोल पम्ममा पेट्रोलियम पदार्थको अभाव सृजना भएको छ । दैनिक सामाग्रीको आपुर्तिको नहुँदा जिल्लाका केही व्यवसायहिरुले मौका छोपी पेट्रोलियम पदार्थ र जिल्ला बाहिरबाट आयत तरकारी, माछा मासू र खाद्यान्नमा चर्काे मूल्यमा विक्री गरी कालो बजारीलाई प्रसय दिइरहेको ज्ञापन पत्रबाट जिल्ला समन्वय प्रशासन कार्यालय रोल्पालाई ज्ञापन पत्र मार्फत सूचित गरेको छ । त्यसैगरी बजारमा कृतिम अभाव सिर्जनाको कारण श्रमजीवी जनताहरुको दैनिक जीवन थप कष्ठकर बन्दै गएको हुँदा ति समस्याहरुको समाधानका लागि सम्बन्धित निकायबाट नियमित चेक, जाँच र अनुगमन गरी सहज अवस्थाको सृजना गर्न तत्काल उचित कदम चाली त्यस्ता व्यवसायीहरुलाई कारवाहीको दायरामा लिन राष्ट्रिय युवा संघ नेपाल रोल्पा ज्ञापन पत्र मार्फत माग गरेको छ । नोबेल कोरोना भाइरसबाट उत्पन्न समस्याको सामाधान एवं रोकथामका लागि हामी सबैको साझा प्रयासबाट मात्रै सम्भव भएकोले नेपाल सरकारले लिएको लक डाउनको नीतिलाई पालना गर्दै सबैले सामाजिक दुरी कायम गर्दै रोल्पा र रोल्पालीलाई भाइरसमुक्त बनाउनको लागि राष्ट्रिय युवा संघ नेपाल रोल्पाको जिम्मेवारपूर्ण भूमिका रहने प्रतिवद्धता व्यक्त गर्दै सबैको हातेमालो गरी यो कोरोना विरुद्धको अभियानलाई सफल बनाउनका लागि हार्दिक अपिल गरेको छ ।

You may also like