रोल्पाले जित्यो, टेबुल टेनिस रोल्पा नगरपालिकाले च्याम्पियन शिप उपाधी विजेता के.सी.लाई सम्मान

रोल्पा समाचारदाता
लिबाङ, रोल्पा २०७५ साउन १२
पाँचौँ पारा टेबल टेनिस च्याम्पियन शीप प्रतियोतिा २०७५ मा नेश्नल च्याम्पियन शिप उपाधी विजेता लोक केसीलाई रोल्पा नगरपालिकाकाले सम्मान गरेको छ ।


असारको २२ र २३ गते काठमाण्डौमा पाँचौ पारा टेबेल टेनिश च्याम्पियन शिप प्रतियोगिता सञ्चालन भएको थियो । रोल्पा जिल्ला ह्वामा स्थायी घर भएका लोक केसी सो प्रतियोगितामा सहभागि हुनु भएको हो । ४० वर्षिय लोक केसी विगत करिव एक दशकदेखि टेवल टेनिस खेल खेल्दै आउनुभएको थियो । टेबुल टेनिस प्रतियोगितामा पहिलो पटक रोल्पा जिल्लाबाट सहभागिता भएका केसी च्याम्पियनसीप विजेता उपाधि विजेता बन्नु भएको छ ।
सम्मानित लोक केसीले आफुले रोल्पा जिल्लालाई चिनाउनको लागि टेबुल टेनिस खेललाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अब इन्डोनिसिया हुने अन्तर्राट्रिय टेबुल टेनिस खेलमा सहभागि हुनका लागि आफ्नो नाम पनि छनौट पनि परेको बताउनुभो । आफूलाई रोल्पा नगरपालिकाले सम्मान गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीले खेलकुद क्षेत्रमा पनि टेबुल टेनिसमा च्याम्पियन बनेर रोल्पा जिल्लालाई चिनाउनको लागि सफल हुनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि समेत केसीले शुभकामना व्यक्त गर्नुभयो । नगर प्रमख पूर्ण केसीले आफू खेलक्षेत्रको विकासका लागि रोल्पा नगरपालिका निरन्तर रुपमा लाग्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रलाई मायाँ गर्ने आफू भएकाले टुडिखेललाई बहुउद्धेश्यीय खेलकुद मैदान निर्माणका लागि परेको यसमा बाह्य रुपमा खेल खेल्न नमिल्ने गरी निर्माण गरिएको प्रचारमा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले रोल्पा नगरपालिकाले माडीचौरलाई खेल मैदान र टुडिखेललाई मिनि खेल मैदान बनाउने दिशामा लागेको बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महाराले खेलाडी राष्ट्रका गहना भएकोले यसको विकासका लागि सबै लाग्नु पर्ने धारणा समेत व्यक्त गर्दै च्याम्पियन शिपको उपाधी विजेता सफल लोक केसीलाई बधाई समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजीकरण रोल्पा नगरपालिकाका कार्यक्रम अधिकृत नबराज रोका क्षेत्रीले गर्नुभएको थियो ।
लोक केसी कलाकारीता पेशामा पनि निरन्तर रुपमा लागि रहुनभएको थियो भने पछिल्लो चरणमा खेलकुद क्षेत्रमा उपाधी विजेता बनेपछि कलाकारीता र खेलकुद क्षेत्रलाई सँगै अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
खेलाडीहरुलाई सम्मान गर्ने रोल्पा जिल्लामा रोल्पा नगरपालिकाले नयाँ सँस्कारको शुरुवात गरेको छ । यसले रोल्पा जिल्लाका खेलाडीहरुलाई थप विकास र मनोवल उच्च हुने कुरा सबैले आशा गरेका छन् ।

You may also like