लिबाङ–रोल्प
रोल्पा नगरपालिका–४ सोलाबाङ भिरबारीमा तीन करोड ३४ लाख १७ हजार ३२० लगानीमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र लिबाङ रोल्पाको आधुनिक भवन निर्माण कार्य शुरुवात भएको छ । जुन भवन निर्माणले योग प्रशिक्षण सञ्चालनमा सहज बन्ने भएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र लिबाङ रोल्पामा २०६७ सालमा स्थापना भई मासिक दश हजार कोठा भाडा लिएर दैनिक ३३ जना महिला र १४ जनाभन्दा बढि पुरुषहरुको उपस्थितिमा योग तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ भने साप्ताहिक प्रशिक्षण समेत एक सय जनाभन्दा बढि सहभागितामा सञ्चालन गर्दै आएको छ । आफ्नै भवन निर्माणको निम्ति लामो समयदेखि आवश्यक घडेरीको पहल गर्दै आएको थियो । रोल्पा नगरपालिका–४ लिबाङ निबासी खर्कबहादर मल्लद्वारा २५० क्षेत्रफल र हरीबहादुर मल्लद्वारा ९० क्षेत्रफल जग्गा निःशुल्कमा राजयोग प्रशिक्षण केन्द्र लिबाङ रोल्पाको भवन निर्माणको निम्ति घडेरी उपलब्ध गराएपछि भवन निर्माणको प्रक्रिया अगाडि बढेको निर्माण समिति सचिव निमबहादुर सिहले बताउनुभयो । भवन निर्माणका लागि सम्मानीय उप राष्ट्र पति नन्दबहादुर पुन ‘पासाङ’, संघीय सभाको सभामुख कृष्णबहादुर महरा, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगर, पर्यटन तथा सांस्कृति मन्त्रालय, ५ नं प्रदेश नेपाल अन्तरित मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी, ५ नं. प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर, रोल्पा नगरपालिका कार्यालय रोल्पा लगायत विभिन्न सहयोगी निकायहरुसँग आर्थिक सहयोगको निम्ति भवन निर्माण समितिले विशेष पहल गर्दै आएको उहाँले बताउनुभयो । भवन निर्माणको निम्ति समिति मार्फत आर्थिक संकलन अभियानलाई समेत प्रथामिकता दिँदै आएको सचिव सिंहले बताउनुभयो । सोही क्रममा हालसम्म रू दुई लाख ९१ हजार २१० रकम संकलन भएको छ भने भवन निर्माणको निम्ति घडेरी निर्माण गर्दा रू छ लाख रकम खर्च भएको उहाँले जानकारी दिनुभयो ।
भवन निर्णाणको निम्ति थप आर्थिक सहयोगको निम्ति सक्दो संहयोगका लागि सरकार तथा गैर सकारी संघ संस्था, व्यक्तिगत रुपमा पनि आर्थिक सहयोगको लागि भवन निर्माण समिति सचिव सिंहले अनुरोध गर्नुभयो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले वितग आठ दशकदेखि विश्व शान्ति, मानव संशाधन विकास, सनातन संस्कृति र पर्यावरणको क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यो संस्था संयुक्त राष्ट्र संघमा गैर सरकारी संस्थाको आर्थिक तथा सामाजिक सल्लाहकार परिषद्को सदस्य, युनिसेफ लगायत विभिन्न अन्तरष्ट्रिय संघ संस्थाहरुमा आवद्व भई सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । नेपालको सन्दर्भमा २०२३ सालमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय स्थपना भएको थियो । समय बित्दै जाँदा देशैभरि एह हजार पाँच सय शाखा, उप–शाखा, पाठशाला एवं इकाई कक्षाहरू, मानव उत्थानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सोही मध्ये ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र लिबाङ रोल्पा पनि एक हो । सभ्य समाज निर्माण असल शिक्षा, स्वस्थ जीवनबाट मात्र परिकल्पना गर्न सकिन्छ । असल शिक्षा र स्वस्थ जीवनको निम्ति एउटा सुन्दर पाठशालको अनिवार्यता पर्दछ । सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाको भौतिक संरचना निर्माणमा सम्पूर्ण सहयोगि निकायहरुको सहयोग नै कोशेढुङ्गा सावित बन्न सक्छ । त्यसैले सहयोग मनहरुले ब्रह्माकुमारी ईश्वरीयय विश्व विद्यालयको राजयोग प्रशिक्षण केन्द्रको निम्ति सक्दो सहयोग गरौ र सभ्य समाज, स्वस्थ जीवनको निम्ति सक्दो आर्थिक सहयोग गरौं ।