होली मिलनमा र नागरिक समाजको भूमिका

रोल्पा समाचारदाता

चैत्र ६ गते लिबाङ

हरप्लेस रोल्पाको पारस्परिक जवाफ देहिता परियोनाको बारेमा जानकारी तथा होली मिलन कार्यक्रम रोल्पाको लिबाङमा सम्पन्न भएको छ । होली मिनल कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा हलप्लेस रोल्पाको आयोजना भएको कार्यक्रममा अधिकार खेमबहादुर बुढामगरले नागरिक समाजको भूमिका अझै खाचो रहेको बताउँदै सबै नागरिकहरुले देश समृद्धिका लागि आफ्नो भूमिका पूरा गर्नुपर्ने बताउनुभयो । साथै उहाँले गाउँपालिका र नगरपालिकाहरुलाई सबैले सुझावहरु पेश गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य शोभाराम डाँगी, गैर सरकारी सँस्था महासंघ रोल्पाका अध्यक्ष घनश्याम आचार्य, नेपाल पत्रकार महासंघका पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा लायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण पारस्परिक जवाफ देहिता परियोजनाका परियोजना अधिकृत ऋिषिकेस डाँगीले गर्नुभएको थियो । कार्यक्रमको पछि होली मिलन कार्यक्रममा पत्रकार, विभिन्न गैर सकारी सँस्थाका प्रमुख तथा प्रतिनीहरुको सहभातिता रहेको थियो । टोलीले टुडिखेल, लोकतान्त्रिक चोक, सात्ताले, शिवालय, टुडिखेलमा होली खेलको थियो ।

You may also like