रोल्पाको लिबाङमा युवाहरुद्वारा प्रहरी माथी नै आक्रमण

एक दर्जभन्दा बढी युवाहरु प्रहरीको नियन्त्रणमा
रोल्पा समाचारदाता
चैत्र ६ गते
होली खेल्दै आएका दुई युवाहरुको समूहमा बीचमा लोकतान्त्रिक चोकमा करिव ६ः१५ बजे झडव हुदाँ लोकतान्त्रिक चोक तनाव ग्रस्त भएको थियो । प्रहरीले नियन्त्रण गर्न गएको बेलामा युवाहरुले प्रहरीमाथी नै आक्रमण गरेपछि थप प्रहरी परिचालन गरी जिल्ला प्रहरी कार्यालयमा करिव एक दर्जन भन्दा बढी युवाहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभएको छ ।
लोकतान्त्रिक चोक नजिकै युवाहरुको बीचमा सामान्य भनाभनबाट शुरुपछि एक्सासी मधिरा सेवन गरेका युवाहरु आक्रोशीत भएर लडाइ गरेपछि झडव स्थानीयहरुले नियन्त्रण गर्न खोज्दा नियन्त्रण नभएपछि स्थानीयबासीले पूहरीलाइक्षर्् खवर गरेका थिए । सो प्रहरीलाई खवरपछि प्रहरीको सिभिल टोलीमात्रै घटना स्थल पुगेको थियो । सो युवाहरुले नै प्रहरीको सिभिल टोलीमाथी आक्रमण गरेपछि थप प्रहरी परिचालन गरि युवाहरुलाई नै प्रहरी कार्यालय भित्र लिइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।


एक प्रतक्ष्यदर्शीले भनेः–“युवाहरु लडाई गर्दै थिए, स्थानीय महिलाहरुले छुटाउन प्रयास गरे तर सकेनन्, पछि प्रहरीको सिभिल टोली आए, त्यही सिभिल टोलीले नियन्त्रण लिने प्रयास गरिरहेको थियो तर तिनै सिभिल टोलीलाई हाने, टि पछि प्रहरीको संख्या नआएको भए त ति सिभिल प्रहरीलाई मार्ने थिए ।”


अर्काे स्थानीयासीय भने ः–“प्रहरीको सुरक्षा गस्ति नै थिएन । युवाहरु झगडा गर्दछन् कस्तो हैरान भयो ।”
प्रहरीको सिभिलमा गएका प्रहरीमाथी नै झगडामा सामेल युवाहरु खनिएपछि भागेर खोज्दा पनि निरन्तर प्रहरी माथी आक्रमण भइरहेको सुरक्षा श्रोतले बताएको छ ।  अहिले भने प्रहरीको थप शक्ति परिचालन गरी नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

You may also like