“शिक्षाको सुधार भएमा मात्रै देश समृद्ध हुन्छ ।” रोल्पाको जलजला बहुमुखी क्याम्पसलाई पहिलो प्राथमिकता दिन सभामुखको उपकुलपतिलाई

–सभामुख कृष्णबहादुर महरा
मानसिंह विश्वकर्मा
चैत्र ८ गते

 


सभामुख कृष्णबहादुर महराले शिक्षालाई नागरिकहरुको मौलिक हकको रुपमा संविधानमा उल्लेख गरिसकेको स्मरण गराउँदै संविधानमा मौलिक हकको रुपपमा रुपमा उल्लेख भएकोललाई कार्यन्वय गर्नुपर्ने पर्ने बताउँँदै भन्नुभयोः–“शिक्षाको सुधार भएमामात्रै नागरिक दक्ष हुन्छन् देश समृद्ध हुन्छ हामी सबै त्यसमा तर्फ सबै लाग्नुपर्दछ ।”
सभामुख कृष्णबहादुर महराले यस्तो विचार रोल्पामा सञ्चालित जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पालाई आंगिकका रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बिधिबत रुपमा हस्तारण कार्यक्रममा रोल्पाको लिबाङमा बताउनुभएको हो ।
उहाँले नयाँ शिक्षा ऐन निर्माण हुँदै गरेको बताउँदै आम नेपाली नागरिकलाई शिक्षा प्रदान गरी सबल नागरिक निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले शिक्षालाई नमूना बनाएपछि मात्रै देश समृद्धको बाटोमा अगाडि बढ्ने बताउँदै भन्नुभयोः–“शिक्षा क्षेत्रमा लामो समय योगदान गर्नुभएका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाइको नेतृत्वमा मध्यपश्चिमाञ्चलका क्याम्पसहरुमा शैक्षिक सुधार हुने आशा अपेक्षा गरेकोछु , मेरा अनुरोध उपकुलपति ज्यूलाई रोल्पाको जलजला बहुमुखी क्याम्पसलाई पहिलो प्राथमिकतामा राखि दिनुहोला ।”
रोल्पा जिल्लामा लामो समयसम्मका लागि शिक्षण पेशा अध्यापन गरी राजनीति क्षेत्रबाट राजनीतिमा गर्दै सभामुख बन्नुभएका महराले रोल्पा जिल्लाको शैक्षिक क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउँदै भन्नुभयोः–“ क्याम्पसमा लागि जागिर मात्रै होइन, केही दक्ष जनशक्ति उठाउनका लागि गर्नुपर्दछ त्यसो गरेमा मात्रै रोल्पा जिल्लाको शैक्षिक मार्ग दर्शण गर्नेछ ।”
सभामुख महाराले अब काठमाडौँ फर्केर मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सुधारका लागि अर्थमन्त्रीसंग कुरा गर्ने बताउँदै भन्नुभयोः–“ राज्यपक्षलाई झकझकाउने र गैर राज्यपक्षबाट अनुदान संकलन गर्नेछु, क्याम्पसलाई नमूना बनाउन लागि पर्नेछु ।”

तलबको लागि होइन गुणस्तरीका शिक्षाका लागि ध्यान दिनुहोस् मेरो निर्देशन हो ः–
प्रा.डा. उपकुलपति उपेन्द्र कुमार कोइराला


कार्यक्रमका विशिष्ट अतिथि एवं उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला कोइरालाले अब आफ्नो सहयात्रीमा जलजला क्यामपस थपिएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अब स्थानीयहरुले धेरै गरेको बताउँदै अब शिक्षाको सुधारको लागि क्याम्पस सञ्चालक समितिबाट होइन क्याम्पस प्रमुख र शिक्षकहरुले जिम्मेवारी भएको बताउनुभयो । उहाँले विश्वविद्यालयको कार्य विधि अनुसार काम गर्नका लागि रातो किताव र ३७ लाखको चेक हस्तातरण गर्दै भन्नुभयोः–“अब यो कितावमा लेखिएको अनुसार काम गर्न, अब हाम्रो पनि जिम्मेवारी थपिएको छ । अब सरकारले निगरानी गर्दछ, अनि समुदायले पनि ध्यान दिनुपर्दछ ।”
आंगिक क्याम्पस बनेपछि विगतको झै झारा तारेर नहुने बताउँदै अब सरकार र विश्वविद्यालयले निगरानी गर्नका लागि गर्ने बताउँदै भन्नुभयोः“ विगतको भैm आलटाल गरेर आफ्नो भूमिका पूरा हुँदैन शिक्षकहरु तलव र विद्यार्थीहरु प्रमाणपत्र लागि होइन गुणस्तरीय शिक्षाका लागि हो । ”
उहाँले शिक्षकहरुले आफ्नो भूमिका पूरा नगरेर राज्य र शिक्षालाई द्वोष दिनु नपर्ने बताउँदै शिक्षा सुधारका लागि नयाँ धरातलबाट शुरु गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफूले जागिर नपाएको झोकमा शिक्षक आवश्यकता खोल्ने र विद्यार्थी संख्या घटाउने कार्यलाई तुरुन्त अन्य गर्नका लागि अनुरोध गर्नुभयो ।
प्रा.डा. कोइरालाले नेपालको शैक्षिक वातावरण सुधार गर्नका आवश्यकता भएको बताउँदै भन्नुभयोः–“ फेल हुने विद्यार्थीलाई शिक्षक बनाउने परम्परालाई अन्य गर्नुपर्दछ होइन भने शिक्षाको गुणस्तरीय शिक्षा हुँदैन शिक्षा सुधार भएमा मात्रै देश सम्बृद्ध बन्नेछ । ”
उहाँले क्याम्पस प्रमुख र सबै शिक्षकहरुबीचमा आपसी सहमति सहकार्य गरेर अगाडि बढेमा विश्वविद्यालयले जस्तो सुकै विषयमा अध्यापन गराउनका लागि समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले समेष्टार प्रणालीमा विद्यार्थीहरु हाजिरी नहुने, पढ्नु पनि नपर्ने, शिक्षकले पनि नपढाउने पर्ने अनि परिक्षाको फारम भर्ने वानीको अन्य गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि अब क्याम्पस बनाउन आग्रह गर्नुभयो । उहाँले नेपालका सबै स्थानबाट पढ्न आउनुपर्ने शैक्षिक वातावरण निर्माण गर्नका लागि समेत निर्देशन गर्नुभयो । साथै प्राविधिक शिक्षाका लागि प्रदान गरेको सहयोग समेत नै कतै नखुलेकोमा आश्चार्य समेत व्यक्त गर्नुभयो ।
साथै उहाँले भन्नुभयोः–“आजका दिनदेखि काठमाडौं र नेपालगञ्ज लगायत देशको अन्य विद्यालय र रोल्पाको जलजला क्याम्पसका विद्यार्थी, प्राध्यापक समान हुन्, हामी समान्ताका साथ रेखदेख गर्ने छौँ । यसको विकासका लागि हामी प्रतिबद्ध छौँ ।

 

मानवीय विकासका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ ः
प्रदेश सभासदस्य दीपेन्द्र कुमार पुनमगर

प्रदेश नं. ५ का सांसद दीपेन्द्र कुमार पुनमगरले रोल्पाबासीको लागि एउटा सुनौलो अवसर भएको बताउँदै अब त्यसलाई दीगो बनाउनको लागि सबैको जिम्मेवारी बढेको बताउनभयो । उहाँले रोल्पा जिल्लाको शैक्षिक गुणस्तरलाई बढाउनको लागि सबै नयाँ ढंगले लाग्नुपर्ने बताउनुभयो । साथै रोल्पा जिल्लाको मानव सुचाङ्क कम भएको बताउँदै विकासका लागि शैक्षिक थलोले महत्पपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर र पूर्व सांसद लेखनाथ आचार्यले पनि शुभकामना मनतव्यको क्रममा रोल्पा जिल्लाको क्याम्यसलाई आंगिक बनाउन पहल गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । नमूना बनाउनको लागि सबैलाई अनुरोध गर्नुभयो ।

 

प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख विष्णु आचार्य 

०६१ सालमा भाद्र ५ गते स्थापना गरिएको जलजला क्याम्पस हाल ३ वटा संकायमा अध्यापन हुने गरिरहेको छ । शिक्षा संकायबाट शुरुवात गरिएको अध्यापन २०६५ सालमा मानविकी संकाय र २०७० सालमा व्यवस्थापन संकायमा शुरु भएको थियो । बाल कल्याण मा.वि.को भवन अध्यापन शुरु गरिएको २०७० सालमा रोल्पा जिल्लाका केन्द्रीयतहका नेतृत्वहरुको पहलमा भारतीय राजदुताबासबाट भवन निर्माण गरिएको थियो । तर त्यस भवन अझै हस्तातरण भएको छैन । हाल जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा ३५४ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । १६ जना जना प्राध्यापकहरुले अध्यापन गरिरहेका छन् ।
जलजला क्याम्पस लिबाङ रोल्पाका क्याम्पस प्रमुख विष्णु प्रसाद आचार्यले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदनका अनुसार हाल १ करोड २१ लाख ८६ लाख ७३ रुपैया ९७ पैसा बैंक मौज्दात रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै ४ लाख रुपैया तलवभत्तामा २० लाख रुपैया भवन निर्माणमा पेश्की वाँकी रहेको छ ।

हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालन  समितिका अध्यक्ष प्रेम प्रकाश हमाल र प्रा.डा. उपकुलपति कोइराला

 
हस्तारतरण कार्यक्रममा व्यवस्थापन संकायका डिन मस्तबहादुर गरंजाले मध्यपश्चिम विश्व विद्यालयले आंगिकका रुपमा विधिवत रुपमा हस्तारणको पत्र पदेर घोषणा गर्नुभएको थियो भने प्रेम प्रकाश हममालले क्याम्पसका सम्पूर्ण श्रेष्ताहरु मध्यपश्चिमाञ्चल विश्व विद्यालयलाई हस्तारतण गर्नुभएको थियो ।
कार्यक्रमा रोल्पा नगरपालिका नगरप्रमुख पर्ण केसी, उपप्रमुख मनकुमारी घर्तीमगर, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी., जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद पराजुीली, नेकपा रोल्पाका प्रतिनिधि मनसिंङ डाँगी, नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर आचार्य, उपराष्ट्रपति सचिवालयका प्रतिनिधि जितेन्द्र पुनमगर, प्रहरी कार्यालय रोल्पाका रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्का न.पा १ का वडा अध्यक्ष राजन कुवर, २ का वडा अध्यक्ष खिमबहादुर घर्तीमगर, ३ नं. वडाका अध्यक्ष इन्द्रबहादुर थापा, ४ व वडा अध्यक्ष नवराज आचार्य, ५ का वडा अध्यक्ष तोबहादुर नेपाली, प्रहरी नायवबाल कल्याण मा.वि.का प्र.अ. मधुसुदन पोख्रेल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने लगायत समाजसेवी सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थापना गर्नका लागि र आंगिक बनाउन सहयोग गर्ने सबैलाई धन्यवादसहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रम क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रेम प्रकाश हमालको अध्यक्षतामा भएको थियो भने सचिव फविन्द्र आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका सहभागिता एवं क्याम्पसको विकासका बारेमा उपाध्यक्ष चिन्तामणि आचार्यले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सामुदायिक रेडियो जलजला र मालाश्रीले प्रतक्ष्य प्रशारण गरेका थिए ।

कलाकारहरुले नृत्य प्रस्तुत गर्दै 


रोल्पा जिल्लामा २०६१ सालमा स्थापना क्याम्पस पहिलो पटक आंगिक क्याम्पसको रुपमा भएकोमा सिंगो रोल्पालीको लागि खुशीको विषय भए पनि अब गुणस्तरीय शिक्षा बनाउनको लागि र देशका विभिन्न स्थानका विद्यार्थीहरुको आकर्षण बनाउनको लागि अब नयाँ ढंगले अगाडि बढेमा मात्रै आंगिक भएको अर्थ पूर्ण हुनेछ । त्यसतर्फ लाग्नेकी क्याम्यसमा विशुद्ध रुपमा शैक्षिक वातारणमा अध्यापन गर्ने र गराउनका लागि सरोकारवाला निकायले ध्यान त दिने कुरा छदैछ तर सबैभन्दा बढी क्याम्पसमा शिक्षण गर्ने शिक्षकहरुले दिने कि ?

You may also like