कम बोलौं काम धेरै गरौं कुराले हुँदैन समृद्ध ।

मानबहादुर बुढामगर

क्याप्टेन एवं प्रमुख गोरखा ग्रुप 
२०७५ साल चैत्र ३ गते प्रकाशित
व्रिटिस आर्मिमा भर्ति भई पेन्सनमा आएका तत्कालीन राप्ती अञ्चलका सय जना पूर्व आर्मिद्वारा दाङ जिल्लामा गोरखा बोर्डिङ स्कूल  र अस्पताल सञ्चालन गर्दै आएका छन् भने सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । ति संस्था सञ्चालकहरुमध्ये एक समाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका पूर्व व्रिटिस आर्मिको क्याप्टेन मानबहादुर बुढामगरसँग आर्मिद्वारा सञ्चातिल विद्यालय, अस्पताल, आफ्ना अनुभव, आगामी योजना लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिद स्वागत छ ?
धन्यवाद
हजुरको परिचय बताइदिन अनुरोध गर्दछु ?
मेरो नाम मानबहादुर बुढामगर हो । रुन्टगढी गाउँपालिका–१ बसुन्धरा रोल्पा जिल्ला निबासी हुँ । म हाल व्रिटिस आर्मिको जागिरबाट पेन्सनमा आएर सामूहिक व्यवसायी सञ्चालकको भूमिका निर्वाह गर्दै आएको छु । अहिले काम विशेषले म कहिले दाङ, कहिले काठमाण्डौंमा बढि समय बिताउँछु ।
व्रिटिस आर्मि बन्ने प्रेरणा कसरी पाउनुभयो ?
म व्रिटिस आर्मिमा भर्ति हुनुभन्दा पहिला व्रिटिस आर्मि र भारतीय आर्मिको विरोध गर्ने व्यक्ति हँु । व्रिटिस आर्मिमा भर्ति हुनुभन्दा पहिले मैले एस.एल.सी परीक्षा उत्तिर्ण गरी सकेपछि ओवरसियर पढ्नका प्रवेशिका परीक्षा दिन गएँ तर ओवरसिर्यरको प्रवेशिका परीक्षामा म उत्तिर्ण बन्न सकेन् । त्यसपछि आपूmले रोजेको विषयमा अध्ययन गर्न नपाएपछि म व्रिटिस आर्मिममा भर्ति हुने वातावरण सिर्जना भयो । अन्तिममा व्रिटिम आर्मि बन्न सफल भएँ ।
 हजुरको शिक्षा कुन शिक्षण संस्थाबाट प्राप्त गर्नुभयो ?
मेरो जन्म ठाउँकै नजिकमा रहेको रिठाबोट स्थित प्राथमिक विद्यालयमा प्राथमिक तहको अध्ययन गरेको थिएँ । त्यसपछि होलेरीमा कक्षा आठ कक्षासम्म अध्यायन गरी वैवाहिक जीवनमा बाँधिएको थिएँ । बिबाह पछि पुनः कक्षा नौ र दशको अध्ययनको निम्ति बाल कल्याण नमूना माध्यमिक विद्यालयसम्म अध्ययन गरी एस.एल.सी. यसै विद्यालयबाट उत्तिर्ण गरेको थिएँ । एस.एल.सी. उत्तिर्णपछि व्रिटिस आर्मिमा भर्ति भएको थिएँ । आर्मिमा भर्तिपछि छुट्टीको समयमा आएर आएसम्मको अध्ययन गरेको थिएँ ।
  कति सालमा भर्ति हुनुभयो ?
सन् १९७४ मा व्रिटिस आर्मिमा भर्ति भएको थिएँ भने जागिरबाट सन् १९९६ मा पेन्सनमा आएको थिएँ ।
सैन्य जीवनबाट समाजिक जीवनमा आउँदा कस्तो महशुस गर्नुभयो ?
म व्रिटिस आर्मिमा भर्ति हुनुभन्दा पहिले पनि विद्यार्थी जीवनमा सामाजिक कार्य गर्दै आएको थिएँ । आर्मिमा भर्ति भएपछि पनि छुट्टीमा आउँदा सामाजिक कार्यहरू गर्दै आएको थिएँ । साथै आर्मिमा पनि मलाई धेरै सामाजिक कार्यसँग सम्बन्धित कार्यमा सहभागिता हुने अवसर पाउथेँ । जसले जागिरबाट पेन्समा आएर पनि सामाजिक जीवन बिताउनु फरक महशुस गरेन तर वास्तवमा भन्ने हो भने आर्मिको अनुसानमा बसेको व्यक्तिलाई सामाजिक कार्य गर्न निकै गाह्रो हुन्छ । मलाई विद्यार्थी र आर्मि जीवनमा पनि सामाजिक कार्यसँग सम्बन्धि कार्यमा रही जिम्मेवारी निर्वाह गर्ने अवसरले जागिरबाट पेन्सनमा आई पुनः सामाजिक कार्यमा अपठ्यारो लागेन् । मलाई थप समाजिक कार्यमा उत्प्रेणा मिल्यो ।
 हाल कुन–कुन संस्थामा आवद्वता हुनुहुन्छ ?
आर्मि जीवनबाट पेन्सबाट आए लगतै मैले दुई काम गरेको थिएँ । नेपालका नागरिकहरुलाई दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसर सिर्जना गर्ने उद्वेश्यले व्रिटिस गोर्खा ओवरसियर सर्विस स्थापना ग¥यौं । अफिसबाट अमेरिका, इरोपियन, इसियन सम्बन्धि नेपालीलाई सेक्युरेटी, होटेल सम्बन्धि तालिम प्रदान गरी रोजगारको सिर्जनातिर अगाडि बढेऔं । साविकको राप्ती अञ्चलका व्रिटिस आर्मिलाई जम्मा गरी विद्यालय सञ्चालनको निम्ति सहमति जुटाई विद्यालय सञ्चालन अवस्थामा पुगेयौ । हामीले किन विद्यालय सञ्चालनलाई प्राथमिकता दियौं भने हामीले उच्च शिक्षा हासिल नगरी व्रिटिसमा आर्मि जीवन दुःख कष्टसँग समय बिताउनु प¥यो । अब शिक्षा क्षेत्रमा विकास गरेनौं भने त हाम्रा सन्तानहरू हामीभन्दा पनि बढि कम्जोर नागरिक बन्ने भएकाले सय जना व्रिटिस आर्मिहरुको लगानीमा दाङ जिल्लाको घोराहीमा गोरखा स्कूल स्थापना गरेका थियौं । सुरुमा स्कूल सञ्चालन गर्नु अलि कठिन कार्य थियो तर समय बित्दै जाँदा सहज बन्यो । साथै शिक्षा र स्वास्थ्य जोडिएको हुँदा पछिल्लो समयमा सोही समूहले गोरखा अस्पताल सञ्चालन ल्याएको थियौं । अहिले उक्त अस्पताल ५५ सयाको । अब केही समयपछि १०० सैयाको अस्पताल सञ्चालनको तयारीमा हामी जुटेका छौं । त्यसरी अस्पताल सञ्चालन ग¥यौं भने धेरै विरामीहरुलाई उपचारमा सहज आउँछ भने धेरै विरामीको उपचारको व्यवस्थाले हामी अस्पताल सञ्चालकलाई पनि स्वभाविकै राम्रो हुन्छ । त्यसैले हामीहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा बढि ध्यान दिँदै आएका छौं । साथै हामीले यस जिल्लामा उब्जाउ भूमिको पहिचान गरी कृषि क्षेत्रलाई पनि विशेष जोड दिने योजनामा हामी छौं
जिल्लाको विकास क्रममालाई कसरी हेर्नु भएको छ ?
रोल्पा जिल्ला सबै चिज भएरपनि कमी भएको जिल्ला हो तर यस जिल्लामा विकासको सम्भावना बोकेको जिल्ला हो । हामीले दाङ जिल्लाको घोराहीमा स्कूल र अस्पतालबाट धेरै रोल्पालीले लाभ लिन पाउनुभयो तर दाङ जिल्लाको घोराहीमा गएर सेवा लिदा खर्चिलो पनि हुनेभयो । साथै सबै जिल्लाबासीहरुले सेवा लिन पाउनुभएको छैन । अब हामीले स्कूल र अस्पताललाई रोल्पा जिल्लामा विकेन्द्रीतकरण प्रणालीबाट जिल्लाबासीलाई सेवा दिने कि भन्ने कुरा सोचिरहेका छौं । जिल्लाको प्रमुख ठाउँमा दुई÷चार ओटा विद्यालय सञ्चालनसँगै सोही अनुसार अस्पताल स्थापना गर्नुपर्छ कि भन्ने हामी सोच्दै आएका छौं । जिल्लामा विगतको तुलनात्मक रुपमा धेरै विकास भएको छ । अब व्यवस्थित गर्नुपर्ने आवश्यकता हो ।
जिल्लामा व्रिटिस आर्मि ग्रुपबाट शिक्षा र स्वास्थ्य संस्थाहरू सञ्चालन अवस्था कस्तो छ ?
स्वास्थ्यमा ठूलो लगानी गर्ने क्षेत्र हो । अस्पतालमा आउने डाक्टर नै हो । डाक्टरहरुले करोडौं लगानीमा डाक्टर अध्ययन गरेका हुन्छन् । डाक्टरहरुको प्रमुख चिन्ता भनेकै डाक्टर अध्ययनमा भएको करोडौं लागनी नै उठाउनु हुन्छ । सञ्चालकहरुले डाक्टरलाई लिएर भनेको जति सेवा सुविधा पनि दिन सक्ने अवस्था हुँदैन । त्यसैले जिल्लामा नीजि क्षेत्रहरुले लगानी गर्न नसकेको अवस्था वास्तविकता नै हो  भने डाक्टर अध्ययनको समयमा गरीव, दुर्गम क्षेत्रमा सेवा गर्नु पर्दछ भन्ने भावनामा अध्ययन गर्ने वातावरण समेत छैन । धनाद्य व्यक्तिहरुको वस्तीसँगै ठूला–ठूला शहरमा सेवा प्रदान गर्नु पर्दछ भन्ने धारणाको विकास गरिएको हुन्छ । कसरी धेरै आम्दानी गर्न सकिन्छ भन्ने भावनाको विकासकै कारण यस जिल्लामा त्यस्तो वातावरण छैन । त्यसैले डाक्टरको अभावकै करण हामीले जिल्लामा अस्पताल सञ्चालन गर्न सकेका छैनौं तर अब विशेष अध्ययनको आधारमा जिल्लामा हामी कसरी अगाडी बढ्ने भन्ने योजनामा छौं । जिल्लामा  विशेष गरी स्वास्थ्य क्षेत्रमा लगानी गर्ने लगानी कर्ताहरुले लगानी नगर्नु है भन्ने र आम विरामीहरुमा दाङ वा अन्य ठाउँमा उपचारमा गएपछि सन्चो हुन्छ भन्ने मनोविज्ञान पक्षले पनि प्रभाव परेको छ । होइन भने जिल्लाका धेरै विरामी नै दाङ लगायत अन्य ठाउँमा जाने गरेको पाइन्छ । त्यसैले अब जिल्लामा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने लगानी कर्ताहरुले पनि खुल्ला दिल्ले लगानी गर्नु पर्दछ भने विरामीको जुन अन्य ठाउँमा गएपछि मात्र सञ्चो हुन्छौं भन्ने मनोविज्ञानलाई पनि परिवर्तन गर्नुपर्दछ । जस्तै जिल्लामा राजनीतिक क्षेत्रमा राष्ट्रिय स्तरको जिम्मेवारी नेतृत्व गर्ने नेताहरू त हुनुहुन्छ । त्यसैले केही मेहनत सहित लगानी गरेको क्षेत्रमा जिल्लामा असम्भव भन्ने केही छैन जस्तो मलाई लाग्छ ।
 जिल्लामा वैदेशिक रोजगार लगायत अन्य क्षेत्रको विकेन्द्रीत आम्दानीलाई अब हजुरको अनुभवमा कसरी केन्द्रीत गरी अगाडी बढ्न सकिन्छ ?
अब जिल्लाको वैदेशिक रोजगार लगायत अन्य क्षेत्रको विकेन्द्रीत आम्दानीलाई केन्द्रकृत रुपमा आगाडि बढ्न सकिन्छ । वैदेशिक रोजागरी मात्र नभई हामीले कृषि, पशुपालन लगायतको पेशा व्यवसायीबाट पनि प्रर्याप्त आम्दानी आउने  ठाउँ छन् तर अहिले हाम्रो ठाउँमा कृषि, पशुपालन तथा अन्य पेशा व्यवसायीहरू करिव करिव लोप भएको अवस्था छ । पछिल्लो सयममा वैदेशिक रोजगार सबैको नजरमा परेको हुँदा नै कृषि, पशुपालन लगायतका अन्य व्यवसायीहरू लोप भएका छन् । वैदेशिक रोजगारबाट दुःख कष्टका साथ भएपनि केही नगद आम्दानी आउने भएकोले अप्रत्यक्ष रुपमा सजिलो उपायको रुपमा लिएका छौं । अब परम्परागत शैलिमा गर्दै आएको व्यवसायीलाई आधुनिकरण गर्दै समूहिक व्यवसायीमा जोड दिनु पर्दछ ।
जिल्लाका आम युवाहरुलाई हजुरले के भन्नु हुन्छ ?
म व्रिटिस आर्मिको जागिरको समयमा करिव २५ वर्षभन्दा बढि व्रिटिसमा समय बिताएँ । उक्त समयमा आम्दानीको हिसाबले पनि राम्रै भयो भने व्रिटिसको तुलनामा अन्य ठाउँमा त आम्दानी पनि भनेको जस्तो छैन । त्यसैले जिल्लाका युवाहरुले आफ्नै ठाउँमा केही व्यवसायी बनौं भन्ने सुझाव दिन्छु । जुन आफ्नै ठाउँमा नै सञ्चालित व्यवसायीले जीविकोपार्जनमा सहज आउँछ । विदेश नै जानु पर्ने हो भने पनि कम्तिमा कक्षा १२ सम्म अध्ययन गरी आवश्यक सीप सिकेर जान सुझाव दिन्छु  । जसले अन्य व्यक्तिहरुको तुलनामा राम्रो भूमिका निर्वाह गरेपछि पद बढुवासँगै राम्रो आम्दानी गर्न सकिन्छ तर पढाई पनि राम्रो छैन, विभिन्न समस्याको कारण हतारमा सीप नसिकि वैदेशिक रोजगारमा जाँदा धेरै समस्या कष्ठहरू भोग्नु पर्दछ । जसले आत्मा गलानी, हिन्ताबोध, वितिर्साको कारण बीचमा छोडेर आउने गरेको धेरै पाइन्छ भने केही व्यक्तिहरू त वर्षाै दिनसम्म पनि घरमा आएका हुँदैनन् । त्यसैले अब जिल्लाका युवा पढीहरुले न्यूनतम पनि कक्षा १२ सम्म अध्ययन गर्नु प¥यो । अध्ययनको समयमा नेपाल सरकारले विशेष गरी प्राविधिक शिक्षा प्रदानमा ध्यान दिनु प¥यो । शिक्षा प्रदानको समयमा प्राविधिक शिक्षा दिएको अवस्थामा कुनै व्यक्ति वेरोजगार बस्नु पर्दैन । नपढ्ने, सीप नसिक्ने जस्ता कारणले समाज बिग्रीएको हो । श्रीमान वैदेशिक रोजगारमा जानु बितिकै श्रीमतिले गाउँ घर छोडेर शहरमा आउने प्रचल व्यापक बढेको छ । श्रीमतिहरुले गाउँ घर छोडेर शहरमा आउँदा गाउँ घरमा उब्जनी नभई उजाद भएका छन् । श्रीमानकै कमाईको भरमा सबै परिवाले बसेर खादा श्रीमान घर आउँदा खाली आउनु परेको वास्तविता छ । त्यसैले रोल्पा जिल्लाका युवाहरुलाई वैदेशिक रोजगारमा नै जाने हो भने पनि शिक्षा र सीप सिकेर जानुहोस् । आफ्नो परिवालाई सम्झाएर वैदेशिक रोजगारको आम्दानीलाई सही ठाउँमा लगानी गरी करिव १५÷२० वर्षमा घर आउँदा दोब्बर हुन्छ । त्यो रकम नै आफ्नो पेन्सन रकम जस्तै हो । त्यसैले कमाएको आम्दानीलाई समयमा नै सदुपयोग भएको अवस्थामा थोरै रकमले पनि भविष्यमा धेरै जम्मा हुन्छ तर समयमा नै सही व्यवस्थापन नभएको अवस्थामा धेरै रकमको पनि भविष्यमा न्यून हुँदै जान्छ ।
 व्रिटिस आर्मिको ग्रुपले यस जिल्लामा सम्भावित पहिचान गरी अगाडि बढ्ने योजनामा हुनुहुन्छ कि ?
साविक राप्ती अञ्चलका व्रिटिस आर्मिका सय जनाको गु्रपले दाङ जिल्लाको घोराहीमा गोरखा स्कूल र गोरखा अस्पताल सञ्चालनमा ल्याएका छौं । साथै आगामी दिनमा कृषि उत्पादनको निम्ति हाम्रो गु्रपले उर्वर जमिन तराई भू–भागलाई छनौट गरेका छौं । हाम्रो पहाडी जिल्लामा सम्भावित कृषि व्यवसायीको अध्ययन गरी सञ्चालनमा ल्याउने योजना पनि छौं । व्यवसायी फाम सञ्चालनको निम्ति धेरै  रकम र मानिसको आवश्यक पर्दैन । मन मिल्ने साथीहरुबाट थोरै लगानीमा कृषि फाम सञ्चालन गर्ने पनि राम्रो हुन्छ । तर धेरै रकम लागनी गरी धेरै मानिसहरू राखेर राम्रो भएन भने समस्या हुन्छ । त्यसैले यस जिल्लामा थोरै लगानीमा व्यवसायी सञ्चालनको धेरै सम्भावना छ । हाम्रो ग्रुपले जिल्लाका स्थानीयतहका जनप्रतिनिधिहरुलाई व्यवसायीको सम्भावनाको पहिचान गरी लगानी कर्ताहरुको खोजी गर्नुहोस् भनेर अनुरोध गर्दै आएका छौं । व्यवसायी सञ्चालनको निम्ति लगानी कर्ताहरुको खोजीको क्रममा केही लगानी कर्ताहरू मेरो माठतमा पनि हुन सक्छन् । लगानी कर्ताको चाहना अनुसार व्यवसायी सञ्चालनको ठाउँ भएको अवस्थामा धेरै लगानी कर्ताहरुले लगानी गरेको पाइन्छ ।
धेरै रकम भएका व्यक्तिहरुले व्रिटिस आर्मि ग्रुपबाट कस्तो पाठ सिक्न आवश्यक छ ?
धेरै रमक भएका व्यक्ति वा हामीले सिक्नु पर्ने कुरा के हो भने पैसा भनेको मासिक रुपमा वा व्यवसायीबाट प्राप्त गर्ने चिज हो । त्यसबाट बचाएर केही रकम बचत गर्नुपर्दछ । व्यवसायीमा लगानीको निम्ति हामी सबै व्यवसायी बन्नु पर्दछ तर हामी व्यवसायी बन्न सकेका छैनौं । जुन व्यक्तिसँग रकम र योजना भएका व्यक्तिहरुले आफ्नो आम्दानीको ४० प्रतिशत मात्र व्यवसायी लगानी गर्नुपर्दछ । हामी सबै व्यवसायी बनेको अवस्थामा मात्र देश समृद्ध विकासको दिशामा अगाडि बढ्न सक्छ । व्रिटिस आर्मि, भारतीय आर्मि वा वैदेशिक रोजगारमा गएर आफ्नो श्रम पसिनासँग सातेर लिएको आम्दानीलाई ठीक ठाउँमा प्रयोग नहुने हो भने भविष्यमा खाली हुन पनि सक्छ । विशेष गरी मैले आर्मि लगायत अन्य वैदेशिक रोजगारीमा गएका साथीहरुलाई आपूmले कमाएको आम्दानीको सही ठाउँमा सदुपयोग गर्नुहोस् भन्ने मेरो सुझाव हो । नेपालमा धेरै सम्भावना छ । त्यही रकमले युकेमा एउटा कोठा पनि आउँदैन तर नेपालमा विगाहभन्दा बढि जग्गा आउँछ । त्यसैले नेपालमा नै शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन लगायत अन्य औद्योगिक क्षेत्रमा लगानीको सम्भावना छ । नेपालीहरू आफ्नो देशको नागरिक भएको हैसियतले पनि आफ्नो ठाउँमा लगानी गर्ने दायित्व कर्तव्य पनि हो । पुँजी भएका साथीहरुले कसरी कुन क्षेत्रमा लगानी गरी अगाडि बढ्ने भन्ने विषयमा आवश्यक सल्लाह सुझाव आवश्यक परेको खण्डमा मैले जानेका बुझेको कुरा सिकाउन म तयार छु ।
 व्रिटिस आर्मिको ग्रुपबाट सञ्चालन व्यवयासीबाट कति जना मानिसहरुले रोजगारी पाएका छन् ?
गोरखा ग्रुपको उद्वेश्य अनुसार दाङ जिल्लाको तुल्सीपुर, लमही, घोराहीमा कक्षा १२ सम्म पढाई सञ्चालनका लागि स्कूल सञ्चालन गर्दै आएको छ । दुई ओटा विविए, दुई ओटा विविएस स्कूल सञ्चालन हुँदै आएका छन् । साथै गोरखा अस्पताल प्रा.ली. समेत घोराहीमा सञ्चालित छ भने अब गोरखा इन्जिनियरिङ  कक्षा सञ्चालनको निम्ति आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यस ग्रुपबाट सञ्चालित विद्यालय र अस्पतालमा गरी एक हजारभन्दा बढि मासिनहरुले रोजगारीको अवसर पाएका छन् । ग्रुपबाट सञ्चालित विद्यालयहरुमा सात हजारभन्दा बढि विद्यार्थीहरुले अध्यायन गर्ने अवसर पाएका छन् । साथै सात हजार विद्यार्थीका अभिभावक, एक हजारभन्दा बढि रोजगारी पाएका मानिसहरुको परिवारलाई हेर्ने हो भने १६ हजारभन्दा बढि मानिसहरु हामीसँग आवद्वता हुनुहुन्छ ।
ति संस्थाहरुलाई कसरी प्रभावकारी व्यवस्थापन गर्दै आउनुभएको छ ?
हामी ति संस्थाहरू सञ्चालनको निम्ति लगानी कर्ताहरू र नीति निर्माण गर्ने निकायहरूको भूमिका निर्वाह गर्दै आएका छौं । लगानी कर्ताहरुबाट नै नीति नियम निर्माण गर्दा लगानी रकम र संस्थामा आवद्व कर्मचारीहरू पनि सुरक्षित वातावरण सिर्जना हुन्छ ।  हामीहरुलाई पनि संस्थामा आवद्वता कर्मचारीहरू प्रति माया बढेर आउँछ । संस्थामा आवद्वता हुन आउनुभएका कर्मचारीहरूले संस्था छोडेर जान चाहँदैनन् । उहाँहरुले लामो समयमा संस्थामा बस्नु भनेको हामीलाई नै फाइदा हो । हामीलाई छ÷छ महिनाको समयमा कर्मचारी खोज्नु प¥यो भने त हामीलाई पनि समस्या हुन्छ । त्यसैले हामी संस्था संञ्चालकहरुले लगानी कर्ता मालिक र संस्थामा आवद्व कर्मचारीहरुलाई नोकरको रुपमा कहिल्यै पनि लिएका छैनौं । हामी सबै लगानी कर्ताको रुपमा बुझेका छौं । संस्था प्रभावकारी सञ्चालनमा हामी लगानी कर्ता र आवद्व कर्मचारीहरुको भूमिका बराबर भूमिका रहन्छ । संस्थालाई दीर्घकालीन बनाउने भन्ने कुरामा लगानी कर्ता र कर्मचारी सक्रिय भूमिका रहन्छ । त्यसैले लगानी कर्ता र आवद्व कर्मचारीको बीचमा कहिल्यै पनि विभेद गर्नु  हुँदैन । हाम्रो संस्थामा आवद्व कर्मचारीहरुले पाँच÷छ वर्षमा रही जिम्मेवारी भूमिका निर्वाह गरेका अवस्थामा संस्थाको तर्फबाट शेर दिने व्यवस्था समेत गरेका छौं । संस्थाको शेर धनि भएपछि त कर्मचारी मात्र नभई लगानी कर्ताको रुपमा थप जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।
 अन्तिममा केही भन्नु हुन्छ कि ?
अन्तिमा व्रिटिस आर्मिको ग्रुपबाट सञ्चालित स्कूल, अस्पताल, मेरो अनुभव, जिल्लाको विकास लगायतका विषयमा मेरो विचार राख्ने अवसर दिएकोमा पत्रिका परिवारलाई मेरो तर्फबाट साथै संस्थाको तर्फबाट आभार प्रकट गर्दछु । साच्चै सुखी, समृद्ध नेपालीको सपना पूराको निम्ति धेरै बोलेर होइन अब हामी कम बोल्ने मेहनत, परीश्रम र काम बढि गर्नु प¥यो । व्यवसायी सञ्चालनको निम्ति पनि आपूmसँग भएको रकम लगानी गरी व्यवसायी बन्नु प¥यो । पहिले आपूmले मेहनत, परीश्रम, व्यवसायी बनेर मात्र अरुलाई आपूmले भोगका अनुभवहरुलाई जानकारी दियौं भने हामी नेपाली जहाँ गएपनि जे काम गरे पनि सफल बन्छौं । त्यसैले म सबैलाई आफ्नो काम गर्न अनुरोध गर्दछु । काम गर्दा श्रमको सम्मानको बानीको विकास गरेको खण्डमा हामी अवश्य सुखी, समृद्ध नेपालीको चाहना पूरा गर्ने सफल बन्छौं ।

सफल व्यावसायीलाई आफ्नो जीवन संगीनीले साथ दिई रहेका छन् ।

You may also like