थबाङमा गर्ववती महिला र वच्चाको जीवन उच्च जोखिम

मानसिंह बिक
३०७४ साल साउन ३  गते
रोल्पाको थबाङमा एक गर्ववती महिलाको र शिशुको जीवन नै उच्च जोखिममा रहेको छ । प्रसुतीका लागि थबाङको सामुदायिक अस्पतालमा उपचार दुइ दिनसम्म वच्चा जन्मन नसकेपछि उच्च जोखिमा परेको हो ।
थबाङ गाउँपालिका थबाङ ३ ठूलोगाउँ दलित बस्तीका २६ वर्षिय वरमाया विकलाई २०७४ साल साउन २ गते विहान सुत्केरी व्यथा लागेपछि ११ बजे थबाङकै सामुदायिक अस्पतालमा भर्ना गरेका थिए । आज विहानसम्म पनि बच्चाको जन्न हुन नसकेपछि आमा र शिसु दुवैको जीवन जोखिमा परेको हो । थबाङमा यातायात सञ्चालन अवरुद्ध भएको करिव १५ दिन भइसको छ । यातायात हाल रोल्पाको दुइखोली गाउँपालिकाको दुइखोलीसम्ममा मात्रै पुग्छ । जो थबाङबाट दुइखोलीमा आउनको लागि १ दिनभरी नै लाग्छ । थबाङ स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार बुढामगरले थबाङ, दुइखोली देखि दाङ घोराहीसम्म पुग्नका लागि करिव २० घण्टा लाग्ने त्यतिबेलासम्म आमा र बच्चाको अवस्था दुवैको जोखिम हुन नसक्ने भन्दै एरएम्बुलेन्सबाट नेपाल गञ्ज लग्नु पर्ने बताउनुभयो । उहाँले एरयम्बुलेन्सबाटबाहेक अन्य कुनै विकल्प हुन नसक्ने भन्दै सरकारले तुरुन्त पहल गरिदिनका लागि अनुरोध गर्नुभयो ।
विरामीका जेठाजु दिपेन्द्र बिकले आफ्नो बुहारीको जीवन बचाउनका लागि हाल एरएम्वुुलेन्स पठाई दिएमा आफूहरुले नै भाडाको तिर्न बताएका छन् । जति सकिन्छ छिटो पहल गरी दिनका लागि प्रमुख जिल्ला अधिकारीलाई र अन्य सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो । हिलिकप्टर काठमाण्डौँबाट उडानगर्नका लागि अन्तिम तयारी भइसकेको अब करिव ३० मिनेटमा थबाङ पुगेर उद्धार गर्न सकिने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । यसको व्यवस्थानका लागि खड्गदल रोल्पाले गरेको उद्धारका लागि नेकपा (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य दीपेन्द्र पुनमगरले प्रतक्ष्य गृहमन्त्री जनार्दन शर्मासंग कुरा गरी व्यवस्था मिलाइएको समेत जानकारी गराउनुभएको छ । उडान खर्च स्वास्थ्य कार्यालयले र विरामीका आफन्तजनले वेहोरेर भएपनि बरमायाको उद्धार हुनेभएको छ ।

 

You may also like