बुढेशकालमा चटपटे व्यवसायी गदै

खुमेल रोल्पा
असार २९ गते


रोल्पा नगरपालिका–३ नं. खुमेल रोल्पा निबासी ५६ दुरुलाल थापा आफ्नो जीवनको उमेर ढल्किदै जाँदा जीवन निर्वाहको निम्ति चटपटे व्यवसायीलाई साहारा बनाएका छन् । वडा कार्यालयको छेउमा दिनभरी चटपटे बिक्रिबाट नै घरखर्च जुटाउँदै छन् ।
बुढेशकालमा दिनभरी चटपटे बिक्रि गरी घर खर्च जुटाउनुपर्ने थापालाई रहर होइन बाध्यता हो । उनले भारतमा ३० वर्षभन्दा बढि समय एक कम्पनीमा रोजगारी गरी जीवन निर्वाह गर्दै आएका थिए तर थापा सडक दुर्घटनामा परेपछि गाह्रो काम गर्ने नसक्ने अवस्था बन्यो । जसले पनि थापालाई दैनिक घरखर्च जुटाउनकै लागि पनि चटपटे व्यवसायी अङ्गाल्नु परेको पीडा व्यक्त गर्दछन् । दैनिक चटपटे बिक्रिबाट नै घरखर्चसँगै आफ्नो व्यक्तिगत खर्च जुटाउँदै आएका छन् । थापाले चटपटे व्यवसाय सञ्चालन गरेको धेरै समय बितेको छैन तर आफ्नो व्यवसायी प्रति उनी खुसी व्यक्त गर्दछन् । दैनिक न्यूनतम रु ५ सयभन्दा बढिको चटपटे बिक्रि भएको उनले बताउँछन् । विद्यालयका खुलेको समयमा त पाँच सयभन्दा बढिको करोबार भएको थापाको भनाई छ । पहिले–पहिले त आफन्तजनहरुसँग सय साफति गरेर नै पनि जीवन निर्वाह गर्न सकिन्थ्यो तर समय बित्दै जाँदा दैनिक रुपैया बिना दैनिक निर्वाह गर्ने अवस्था भएको हुँदा गाउँमा कसैले नगरेको पेशा चटपेट व्यवसायी अङ्गालेको उनले बताउँछन् । उनकै भाषामा मलाई गाउँमा कुनै दिसिले गर्ने काम गरेको भनेर जिसकाउँछन् तर म मेरो व्यवसायीप्रति सन्तुष्टि खुसी नै छु भन्छन् । चटपटे बिक्रि कार्य धेरै कठीन र धेरै लगानी गर्ने व्यवसाय होइन, त्यसैले थोरै लागनीमा यो पेशा अङ्गालेको छु । अब मेरो जीवन निर्वाहको साहारा भनेकै चटपटे व्यवसायी नै थापाले बताए ।

थापाको श्रीमति सशस्त्र द्वन्द्वको (जनयुद्ध) को समयमा गाउँको माथि लेकमा लाग्ने मेलामा तत्कालीन शाही सेनाले हेलिकप्टरबाट हानेको गोली लागेर घाइते हुँदा उपचारमा नै थापाले जीवनमा कमाएको रकम सकिएको समेत गुनाँसो व्यक्त गरे । श्रीमतिको उपचार बल्ला भएको छ तर मेरो खुट्टा सडक दुर्घटनामा चोट लागेको हुँदा धेरै कठीन कार्य गर्न समस्या भएको थापाले बताए । के गर्ने जीवन निर्वाहको निम्ति दैनिक रुपैया आवश्यक पर्दछ तर रकम जम्मा छैन, त्यसैले पनि सक्दो आम्दानीको स्रोत चटपटेलाई बनाएको उनले आफ्नो भनाई थपे । थापाले चटपटे बनाउनको निम्ति आवश्यक चिज गाउँमा नै गाडिमा बिक्रिमा ल्याएका सामानहरु राख्छन् भने केही सामान सुलिचौर बजार लिने गरेको बताउँछन् । थापाको माइलो छोरा नेपाली सेनामा जागिर गर्दै छन् भने कान्छो छोरा कक्षा तीनमा अध्ययन गर्दै आएको उनले बताए । जेठो छोरा अंश लिएर छुटिएका छन् भने छोरीको समेत बिबाह भइसकेको थापाले बताउँछन् । गाउँ घरमा पनि पछिल्लो समयमा शहीरकरणको बढ्दो प्रभाव परेको कुरा अस्वीकार गर्न सकिदैन । अहिले मानिसहरु कसरी हुन्छ, रुपैया आम्दानी गर्ने कुरालाई प्राथमिकता राखेको छन् । जुन कुराले पनि गाउँ घरमा शहिरकरणको प्रभाव देखिन्छ । गाउँघरमा स्थानीयत उत्पादनलाईभन्दा पनि बाह्यबाट आयत सामानको समेत प्रयोग बढेको छ । जसले पनि दैनिक रुपैयाको आवश्यकता थापा लगायत आम नागरिकलाई परेको छ । वर्तमान समयमा रुपैया प्रयाप्त छैन भने कुनै व्यक्ति खुसी बन्ने अबस्था नै छैन । समय विकास क्रमसँगै वर्तमान समयमा खेती, किसान, पशु पालन, खाद्यन्न उत्पादनमा जस्ता क्षेत्रमाभन्दा पनि तत्कालन आम्दानी स्रोतको खोजीमा हरेक व्यक्त भौतारिनु पर्ने अवस्था छ । अब स्थानीय उत्पादनको प्रयोगलाई विशेष प्राथकिता दिन सकिएन भने अझै आम्दानीको निम्ति भोतारिदै हिड्न पर्ने दिन बाँकी छ । त्यसैले हामी सबैले स्थानीय उत्पादनलाई प्रथामिकता दियौं भने पक्कै पनि आर्थिक अभावमा यसरी भोतारिन अन्त्य गर्न सबैको ध्यान पुग्न जरुरी छ । बुढेकालमा घर खर्च जुटाउनको चटपटे व्यापार गर्नु पर्ने वाध्यता छ त्यसैले थापाको जीवन एउटा प्रतिनिधी घटना मात्रै हो । त्यसैले त्यस्ता उमेरका हिसावले बृद्ध बृद्धलाई परिवार र राज्यबाट नै ध्यान दिन सकेमा राम्रो हुन्छ ।

You may also like