रोल्पाका दुइ स्थानमा बम फेला, शान्तिपूर्ण वाटोबाट समाधान खोज्न अपिल

समाचारदता
फागुन २३ रोल्पा


जनयुद्धको उद्गम स्थल रोल्पामा पछिल्लो चरणमा फेरी जनताहरु त्रसित हुन थालेका छन् । ठाउँमा भएको आग्जनी, बम फेला पर्नुले यस्तो त्रसित बनेका हुन् । नेकपाले आज आफ्ना कार्यकर्ता माग गर्दै गरेको बन्दको बेलामा रोल्पाका दुइ स्थानमा बम फेला परेको छ भने सवारी सधानमा आगजानी हुन थालेपछि यसरी त्रसित हुन थालेका छन् ।
आज दिउसो रोल्पाको सदरमुकाम लिबाङमा नेपाली कांग्रेसको पार्टी कार्यालय नजिकै र त्रिवेणी गाउँपालिका नजिकै दुइ स्थानमा ग्रिनेट बम फेला परेको छ । सो सकेट ग्रिनेट बम स्थानीयवासीले देखेर प्रहरीलाई खवर गरेपछि प्रहरीले दुई वटै स्थानका बमहरुलाई निस्क्रिय गराउन प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासबाट सफल भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो । यो बम रोल्पा नगरपालिकालाई लक्षित गरी नेपाली कांग्रेसको कार्यालय नजिक राखिएको र त्रिवेणी गाउँपालिकालाई लक्षित गरि गाउँपालिका नजिकै राखिएको अनुमान गरिएको भए पनि अनुसन्धान बाँकी रहेको प्रहरीले श्रोतले बताएको छ ।
यसैगरी रोल्पा जिल्लामा गंगादेव गाउँपालिकाले भाडामा लिएको जीप आग्जनी भएको छ भने त्रिवेणी गाउँपालिकाको जीपमा समेत आग्जनी गर्ने भनी डिजल छरेर तयारी गरिरहेको बेलामा थाहाँ पाएपछि त्यहाँबाट भागेको गाउँपालिकले बताएको छ । त्रिवेणाी गाउँपालिकाको स्काभेटर समेत आग्जनी भएको छ । यो सबै घटनामा नेकपाको संलग्नता रहेको अनुमान गरिएपछि अझै आधिकारीक रुपमा जिम्मा लिएको छैन । तर अझै आफ्नो नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त रिहाई नगरेमा अझै कडा भन्दा कडा संघर्ष हुने नेकपा रोल्पाले बताएको छ ।
रोल्पामै यस्तो हुन थालेपछि फेरी सर्वसाधारणहरुले विगतलाई सम्झिदै त्यस्तो हुन नदिनका लागि सरकार र नेकपालाई अनुरोध गरेका छन् । बार्ता र सम्वादको माध्यमबाट राजनीतिक समस्या सामाधानको मार्ग रोज्न सुझाव दिएका छन्  ।

You may also like