१०० जना दलितको घर बन्ने रोल्पामा

मानसिंह बिक
२०७४ साल बैशाख २ गते
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएपछि नेपाल सरकारले आर्थिक विपन्न तथा गरिवीको रेखामुनी रहेका समुदायहरुको भवन निर्माण गर्ने कार्यक्रम लिएको छ । सोही जनता आवास कार्यक्रम अन्र्तगत रोल्पामा निर्माण हुने भवनको टुङ्गो लगाएको छ । शुक्रबार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा बैठक बसी टुङ्गो लगाएको हो । यसै आर्थिक वर्षमा १०० घर निर्माण हुने भएका छन् ।
नेपाल सरकारको कार्यक्रम लक्षित वर्गसम्म लग्नका लागि समितिले रोल्पा जिल्लाका दलितहरुको सघन बस्ती भएका साविकको स्यूरी, उवा, राङ्सी, कोर्चाबाङ, तालाबाङ, गैरीगाउँ र लिबाङ गाविसलाई छनौट गरेको थियो । शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाले सूचना प्रकाशित गरी आह्वान गरेकोमा साविकको तिनै गा.वि.स.बाट निवेदन परेका थिए । परेका निवेदनहरुमाथी भवन डिभिजन कार्यालय रोल्पाको प्राविधिक टोलीले सबै गाविसमा पुगेर अध्ययन गरेको थियो । सो टोलीले प्रतिवेदन पेश गरेपछि प्राविधिक टोलीको मूल्याङ्कन तालिकाको आधारमा शुक्रबार समितिले टुङ्गो लगाएको हो ।
जस अन्र्तगत राङ्सी–६ का सुर्य परियार, राङ्सी ५ का जीवन सुनार, राङ्सी–४ का सुरबीर नेपाली, राङ्सी ५ का मनलाल कामी, राङसी २ का रमिता दमाई, राङसी–२ का उपेन्द्र बहादुर परियार, राङसी–१ का चामारे दमाई, राङ्सी–६का प्रकाश परियार, राङ्सी–९ का अशामने कामी, राङ्सी–५का सन्तु कुमारी दमाई, राङ्सी–२ का जोतिसरा कामी, राङ्सी–५ का बल बहादुर सुनार रहेको छ ।
यसैगरी साविकको गा.वि.स. कोर्चाबाङ जगमाला कामी कोचाबाङ–४, बुदे कामी कोर्चाबा–३, आइतमाली दमाई कोर्चाबाङ–५, दले कामी कोर्चाबाङ–१, भिमबहादुर वि.क.कोर्चाबाङ–६, अमृता कामी कोर्चाबाङ–३, गौमाली दमाई कोर्चाबाङ–९, पर्सु कामी कोर्चाबाङ–२, सार्की वि.क. कोर्चाबाङ–६, पंचना कामी कोर्चाबाङ–८, मंगल सेन कामी कोर्चाबाङ–२ रहेका छन् । यस्तै साविक गा.वि.स. तालाबाङ बहादुर सार्की तालाबाङ–१, राजेन्द्र वि.क. तालबाङ–५, काले कामी तालाबाङ–३, सुमिता वि.क. तालाबाङ–५, खिम बहादुर कामी तालाबाङ–३, तिलु कामी तालाबाङ–९, बिरमान परियार तालाबाङ–५, आसे कामी तालाबाङ–४, ओबिलाल कामी तालाबाङ–२, आइते कामी तालाबाङ–७, बल प्रसाद वि.क. तालाबाङ–९ लगायतको छनौट भएका छन् ।
यसैगरी साविक गा.वि.स. गैरीगाउँ गाविसमा आइतराम कामी गैरीगाउँ–६, हुकुम सिं परियार गैरीगाउँ–४, दिपक नेपाली गैरीगाउँ–४, धनवीर विश्वकर्मा गैरीगाउँ–१, गण बहादुर कामी गैरीगाउँ–५, कालारम दमाई गैरीगाउँ–६, शुसिला वि.क. गैरीगाउँ–६, कमला कामी गैरीगाउँ–७, दिलकुमारी वि.क. गैरीगाउँ–९, राजमान कामी गैरीगाउँ–९, राम प्रसाद दमाई गैरीगाउँ–६ रहेका छन् । यस्तै पूर्वि रोल्पाको साविक गा.वि.स. को सिउरी देउमन सुनार स्यूरी–५, मनबहादुर सुनार स्युरी–५, आशाराम टोमाटा, स्युरी–२, मसान्ती कामी स्युरी–२, केशमान वि.क. स्युरी–५, शेरबहादुर वि.क. स्युरी–६, जगतबहादुर वि.क. स्युरी–५, सुनमती चुनारा स्युरी–६, नरसिङ कामी स्युरी–५, सिता वि.क. स्युरी–५, लाल बहादुर सुनार स्युरी–६, सावित्री विटालु स्युरी–५, बासना सुनार कामी स्युरी–३, रामु दमाई स्युरी–६, समन टोमाटा स्युरी–५ रहेका छन् । साविक गा.वि.स. को तेबाङ गजिन वि.क. तेबाङ–८, लाल बहादुर सुनार तेबाङ–५, पूर्ण बहादुर वि.क. तेबाङ–७, धनबहादुर कामी तेबाङ–६, तिलमता कामी तेबाङ–२, थमबहादुर वि.क. तेबाङ–७, धने कामी तेबाङ–७, चेन्टा कामी तेबाङ–६, विपना परियार तेबाङ–६, टोपेन्द्र वि.क. तेबाङ–७, नामे वि.क. तेबाङ–७, झरना वि.क. तेबाङ–७, जुमान कामी तेबाङ–८, गौमान वि.क. तेबाङ–८, जुद्ध कामी तेबाङ–२ रहेका छन् ।
यस्तैगरी साविक गा.वि.स. उवा दलबहादुर वि.क. उवा–७, हिक्मत वि.क. उवा–७, लुली कामी उवा–१, गंगा कामी उवा–७, रास्ती वि.क. उवा–७, आश बहादुर कामी उवा–७, धनजिता कामी उवा–७, ठुटा कामी उवा–७, धनलाल कामी उवा–४, गंगा सरी वि.क. उवा–३, बहादुर कामी उवा–७, धनजित कामी उवा–१, दिलबहादुर कामी उवा–१, तेजबहादुर कामी उवा–१, दिलबहादुर कामी उवा–४ परेका छन् ।
यस्तै गरी समितिले गरेको अध्ययन अनुसार साविक गा.वि.स. लिबाङ प्रसाद सुनार गोपाल सुनार लिबाङ–६, चन्द्रमा कामी लिबाङ–२, सवरे सुनार लिबाङ–७, आइतसिं परियार लिबाङ–६, रामलाल कामी लिबाङ–२, सिमा सुनार लिबाङ–२, पूर्वान दमाई लिबाङ–८, देवा वि.क. लिबाङ–८, टंकबहादुर सुनार लिबाङ–८, दलबाहदुर सुनार लिबाङ–८ रहेका छन् ।
यस विषयमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले यस आर्थिक वर्षमा १०० घर मात्रै निर्माण हुने भएपनि अर्काे वर्ष संख्यात्मक रुपमा बढ्ने बताउनुभयो । रोल्पाली दलितहरु सबै आर्थिक विपन्नता भएकोले राज्यले यसलाई सम्वोधन गर्ने बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले आर्थिक विपन्न र पहुँचका विपन्नतालाई प्रदान गरी वास्तविक घर परिवारलाई प्रदान गरिनुपर्ने बताउनुभयो ।
यस्तै भवन डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वराज जोशीले विपन्न तथा बास्तविक दलितहरुलाई विभिन्न मापदण्डको आधारमा नम्वर प्रदान गरी छनौट गरेको बताउनुभयो । विभिन्न सूचीको अधारमा मूल्याङ्कन गरिने भएको हुँदा बास्तविक घर परिवारको पहिचान भएको बताउनुभयो । रोल्पा जिल्लामा विभिन्न राजनीतिक पार्टीका दलित अगुवाहरुसंँगको छलफलबाट अगाडि बढेर टुङ्गाएकोले बास्तविक दलित घर परिवार नै परेको संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका संयोजक कर्मलाल परियारले बताउनुभयो ।
आफनो घर बन्ने भएपछि साविकको कोर्चाबाङ १ का दले कामीले सरकारले आफ्नो घर बनाई दिन केही सहयोग गरेमा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयोः–“हामी जस्तो गरिवको पनि सरकार रहेछ, यो त प्रचण्ड सरकारको राम्रो काम हो, हाम्रो सरकार बल्ल पो देख्न पाइने भो ।”
यस्तै सविकको उवाका ७ का हिक्मत बिकले गरिवहरुका लागि सरकारले लोकप्रियता काम गरेकामा सरकारलाई धन्यवाद दिदैँ आगामी दिनमा पनि यस्तै जनताप्रति बफादार सरकारको आवश्यक रहेको बताउनुभयो ।
रोल्पा जिल्लाका १०० घर विपन्न दलित समुदायहरुलाई समेत घर बन्ने भो । यसै आर्थिक वर्षको अन्तिमसम्ममा सम्पनन हुने गरी कार्यक्रमलाई अगाडि बढाइने बताउनुयो । यसै आर्थिक वर्षमा वादी तथा गन्दर्भ समुदायहरुको घरहरु पनि निर्माण हुनेसमेत बताएको छ । यस वर्षभन्दा अघि नै रोल्पाको इरिबाङमा बादी समुदाय, नुवागाउँ, बुढागाउँ, घोडागाउँ लगायत स्थानमा वादी तथा गन्दर्भ समुदायहरुको भवन निर्माण गरि सकेको छ । प्रत्येक व्यक्तिको भवन निर्माणका करिव २ लाख ५० हजार प्रदान गरिने छ । प्राविधि सहयोग शहरी विकास तथा भवन डिजिभन कार्यालय रोल्पाले गर्नेछ । तर माथिबाट संख्या निर्धारण भन्दा पनि प्याकेजमा जनता आवास भवन निर्माण गरिदिएपनि बस्तुवादी हुन्थ्यो की होइन भने दलित दलितहरुमा फेरी पनि माग बढाउँने तर आशा पुरा नहुने हो की ? रोल्पाली दलितहरुले न्याय कहिले पाउँलान् ? यसबारे विचार गर्नेुपर्दछ ।

You may also like