२६ औँ मदन–आश्रित दिवसको सन्दर्भमा “दुर्घटना होइन हत्या हो”

रोल्पा समाचार
जेठ ३ रोल्पा, लिबाङ

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश संसद दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ले मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना नभई राजनीतिक हत्या भएको बताउँदै यसको हत्याको बारेमा छिटो छावविन हुनु पर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य पुनमगरले यस्तो विचार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाको आयोजनामा शुक्रबार रोल्पामा आयोजित ३६ औँ मदन–आश्रीत स्मृति दिवस कार्यक्रममा बोल्दै बताउनभएको हो ।
२०५० सालमा जेठ ३ गतेका दिन त्रिशुली दास ढुंगामा जीवन दुर्घटनामा मृत्यु भएको थियो । देशैभरी आज मदन–आश्रित स्मृति दिवस मनाएका छन् । केन्द्रीय सदस्य पुनमगरले सामान्तवादको अन्त्यका लागि निरन्तर लागेको कारणले मदन भण्डारी र जीवराज आश्रीतलाई रहस्यमय ढंगले हत्या गरिए बताउनुभयो । उहाँले भण्डारी र आश्रितको दुर्घटना नभई हत्या नै भएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयोः–“ कम्युनिष्ट पार्टीको झण्डा फराउँदै गौरवता पूर्वक हिडाईको कारणले नै हत्या भएको हो, उहाँहरुको हत्या नै हो, हामी विगतमा सरकारमा थिएनौँ र हाल बहुमतको सरकार छ यसको सत्य तथ्य छानविन गर्ने जिम्मेवारी हो ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य दीपेन्द्र कुमार पुनमगरले मदन भण्डारी र जीवराज आश्रितले लिएको सपना, आदर्शलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले देशमा बहुमतको सरकार हुँदा देशमा नेपाल नेपालीका लागि जनहितका काम गरि रहेको दावी गर्दै भन्नुभयोः–“देशमा बाम सरकारले जनताको अपेक्षा धेरै छ तर पनि हाम्रो सरकार र पार्टीले जनहितका काम गरिरहेको छ । ”
उहाँले बाम सरकार र कम्युनिष्ट पार्टीको विरुद्धमा चौतर्फी घेरा बन्दी भइरहेको बताउँदै यसका विरुद्धमा सबै लाग्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल लेखापढी कानुन व्यावसायी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष नेवबहादुर वली, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष एवं प्रेस संगठनका केन्द्रीय सदस्य मानसिंह विश्वकर्मा लगायतले मदन भण्डारीका बाटो अंगीकार गरी समृद्धि नेपालमा निर्माणको लागि लाग्नु पर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज आचार्य, गैर सरकारी सँस्था महासंघ नेपालका केन्द्रीय सचिव शोभाराम डाँगी, गैर सरकारी सँंस्था प्रदेश नं. ५ प्रदेश सदस्य अर्जन डिसी, नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, प्रेस संगठन रोल्पाका प्रतिनिधी नविन लोचन मगरको समेत आतिथ्यता रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका सचिव हरीप्रसाद घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममो सञ्चालन नेकपा रोल्पा जिल्ला सदस्य एवं नगर कमिटी संयोजक फविन्द आचार्यले सञ्चालन गर्नुभएको थियो ।

You may also like