जिल्ला कारागार रोल्पामा कार्यरत सुरक्षाकर्मी, कर्मचारी र कैदीवन्दीबाट मुटु पीडित विष्टलाई आर्थिक सहयोग

जिल्ला कारागार रोल्पामा कार्यरत सुरक्षाकर्मी, कर्मचारी र कैदीवन्दीबाट मुटु पीडित विष्टलाई आर्थिक सहयोग
साउन १६ गते
लिबाङ–रोल्पा


लुङ्ग्री गाउँपालिका–६ गुम्चाल रोल्पा निबासी १६ वर्षीय लाल कुमारी विष्टलाई जिल्ला कारागार कार्यालय रोल्पामा कार्यरत सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीहरुबाट आर्थिक सहयोग भएको छ । यस सहयोगले मुटुको उपचारमा थप सहयोग पुग्ने भएको छ ।
मुटु पीडित विष्ट उपचारको लागि आवश्यक रकम संकलनको क्रममा जिल्ला कारागार कार्यालयमा पुगेपछि सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीहरुबाट विष्टको उपचारका लागि आर्थिक संकलन गरी रु ६ हजार १४५ रकम प्रदान गरिएको हो । मुटु पीडित विष्ट यतिबेला आफ्नो उपचारमा आवश्यक पर्ने रकम संकलनमा जुटेकी छिन् । धेरै सहयोगी मनकारी मनहरुले व्यक्तिगत वा संस्थागत रुपमा आर्थिक सहयोग गर्दै आएका छन् । विष्टकाे उपचारमा यस्तै सहयाेगी मनकारीहरू मनहरूकाे अार्थिक सहयाेगबाट नै सम्भव भएकाे हुँदा सक्दाे अार्थिक सहयाेग गर्नु नै मानवीय धर्म हाे । विष्टले गत आर्थिक वर्षमा रोल्पा नगरपालिकाबाट आयोजित मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा चेक जाँच गर्दा मुटुको भल्भमा समस्या रहेको रिपोर्ट आएको थियो ।

You may also like