पत्रकार महासंघ रोल्पाको भवन निर्माणका रितमान पुनमगर (अग्रीम) पुनद्वारा ५० हजार

रोल्पा समाचारदाता
२०७५ साउन २७ गते, लिबाङ रोल्पा
नेपाल पत्रकार महासंघ रोल्पा शाखाको भवन निर्माण तथा कल्याणकारी कोष अभियान २०७५  अन्तर्गत महासंघको तलाथपको कोठा तथा हल निर्माणका लागि योङ कम्युनिष्ट नेपाल रोल्पाका अध्यक्ष रीतमान पुनमगर ‘अग्रीम” ले ५० हजार दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


नेपाल पत्रकार महासंघ रोल्पाको भवन निर्माण तथा कल्याणकारी कोष अभियान अन्तर्गत आर्थिक सहयोग संकलन अभियान सञ्चालन भइएको छ । रीतमान पुनमगरले केही पहिलेदेखि पत्रकार महासंघलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउनुभएको थियो ।  आज नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्मासँग भएका फोनबार्तामा पुनमगरले सहयोग गर्ने प्रतिद्धता व्यक्त गर्नुभएको हो । उहाँले नेपाल पत्रकार महासंघ रोल्पाले गरेको विभिन्न कार्यमा सहयोग गर्दै आउनु भएको छ । योङ कम्युनिष्ट लीग नेपाल रोल्पाका अध्यक्ष रीतमान पुनमगर (अग्रीम) पछिल्लो समयमा उदमयान सफल व्यावसायी बन्दै आउनु भएको छ । उहाँले आपतमा परेका, पीडित, अग्नी पीडित, असायहरुलाई सहयोग गर्दै आउनु भएको छ । पुनमगरले पछिल्लो समयमा कमाएको केही रकमबाट समाज सेवा पनि गर्दै आउनुभएको छ । पूर्व जनमुक्ति सेनाबाट पार्टी र क्रान्तिको आवश्यकताले संगठन विभागमा व्यारेकबाट बाहिरीनुभएको हाल संगठन क्षेत्रबाट अगाडि बढीरहनुभएको छ । अग्रीम पुनमगरको सक्रियतामा वाइसिएल रोल्पाद्वारा साउदी ब्लडमनीको अभावमा जेल जीवन बिताई रहुनुभएका रोल्पा नगरपालिका १० धबाङ निबासी दिलबहादुर घर्ती बचाउनको लागि समेत सहयोग संकलन अभियान शुरुवात गरिएको थियो ।


यसैगरी नेपाल पत्रकार महासंघरोल्पाको भवन निर्माणका लागि अन्य सहयोगी निकाय तथा व्यक्तिहरुबाट सहयोग संकलन हुने क्रम अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभएको छ । साथै भवन निर्माण पछि अन्तिम कार्य सम्पन्न हुँदैछ ।

You may also like