महासंघ रोल्पाको सुद्धिकरण अभियानलाई सघाउन संगठनहरुको प्रतिवद्धता


रोल्पा समाचारदाता
पुष २७ गते रोल्पा
नेपाल पत्रकार महासंघ रोल्पाको शाखा सुद्धिरण गर्ने अभियान अन्तर्गत विहीबार जिल्लामा क्रियाशील रहेको विभिन्न राजनीतिक सुभेच्छुक संगठनहरुका प्रमुख तथा प्रतिनिधिहरुसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यतामा बसेको बैठकमा अध्यक्ष विकले पत्रकार महासंघ क्रियाशील पत्रकारहरुको सँस्था निर्माण गर्नका लागि महासंघले पुष २५ गते बसेको बैठकमा निर्णय गरिए अनुसार संगठनका प्रमुखहरुसँग छलफल गरिएको बताउनुभएको थियो । पत्रकारिता पेशा अन्य पेशा जस्तो नभएर लेखुञ्जेल र बोलुञ्जेलमात्रै निरन्तरता एवं क्रियाशीलता मानिने पेशा भएकोले पत्रकारिता पेशा मुख्य पेशा बनाएका पत्रकारहरुको महासंघ निर्माण गर्नका लागि निरन्तर लागि रहेको बताउनुभयो । उहाँले यो महासंघले चालेको कदम सबै श्रमजिवी एवं क्रियाशील पत्रकारहको हकमा हुने बताउँदैै सहयोग गरिदिन र महत्पवूर्ण भूमिका निर्वाह गरि दिनका लागि अनुरोध गर्नुभयो ।
बैठकमा उपस्थित प्रेस सेन्टरका अध्यक्ष नविन लोचन मगर क्रियाशील पत्रकारहरुको साझाँ सँस्था निर्माण गर्नका लागि प्रेस सेन्टरले विगतदेखि नै उठाउँदै आएको शाखा सुद्धिकरण गर्नुपर्ने बताउँदै त्यसको लागि आफ्ना संगठनमा आस्थावान भएका पत्रकारिता पेशालाई मुख्य पेशा नबनाइएका सदस्यलाई नविकरण नगर्नका लागि अनुरोध गर्ने बताउनुभयो ।प्रेस सेन्टर रोल्पाको ऐजेण्डा नै भएको समेत बताउनुभयो ।
यस्तै बैठकमा सहभागि प्रेस युनियन रोल्पाका अध्यक्ष कविता उपाध्ययले रोल्पा जिल्लाको महासंघ राम्रो बनाउनको लागि आफ्नो संगठनले पूरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी क्रान्तिकारी पत्रकार संसगठन रोल्पाका अध्यक्ष दिपेश पराई विष्टल अब कुनै महासंघले लिएको एजेण्डा सकरात्मक भएको बताउँदै संगठनले पनि सहयोग गर्ने बताउनुभयो । बैठकमा सहभागि प्रेस चौतारी रोल्पाका प्रतिनिधि भिम वलीले क्रियाशील नभएकाहरुले नविकरण नगरिदिनका लागि आफ्नो संगठनबाट पहल गरिने बताउनुभयो ।
महासंघका सचिव जीवन डाँगीले आफूहरुको अभियान क्रियाशील पत्रकारहरुको साँझा सँगठन निर्माण गरिने अभियान रहेको बताउनुभयो । बैठकले महासंघसले लिएको सुद्धिकरण अभियानसँगै पौष ३० गतेसम्म नविकरण गरिदिनका लागि पहल गर्ने, शाखामा आवद्ध रहेका सरकारी कर्मचारी, एवं मुख्य पेशा पत्रकारितालाई नअंगालेका साधारण सदस्यहरुहरुलाई नविरकण नगरिदिनका लागि सबैले पहल तथा अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिकले महासंघले लिएको अभियानलाई सकरात्मक रुपमा सहयोग गर्ने प्रतिवद्धताप्रति धन्यवाद लिदैँ भन्नुभयोः“जति बेला महासंघ गठन प्रक्रियादेखि हालसम्म भूमिकाको उच्च सम्मान गर्दछाँै, इतिहासको सम्मान गर्नुपर्दछ, स्थायी कर्मचारी, जनप्रतिनिधी राजनीतिको भूमिकामा रहेकालाई हामी सबैले नैतिक रुपमा आग्रह गरौँ, जिल्ला महासघंघ राम्रो बनाऔँ ।”
अब रोल्पा जिल्ला सम्पूर्ण सञ्चार माध्यमहरुबाट पनि रिफारिस दिदाँ, नियुक्ति दिदाँ महासंघको अभियानलाई सघाउँ पुग्ने गरी प्रदान गरदिनका लागि समेत महासंघले आग्रह गरेको छ । महासंघले अब जिल्लामा सञ्चालित सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरु र महासंघमै आवद्ध साधारण सदस्यहरुसँग पनि छलफल गर्ने बताएको छ ।

You may also like