के सम्भव होला, नेपालमा इमरानपथको उदय ?


लेखमणी खड्का

राजनेता त्यो हो, जो धेरै बोल्दैन तर कम्तीमा अबको आधा शताब्दी पछिको सामाजिक अवस्था, आर्थिक तथा सास्कृतिक अवस्था, राष्ट्रिय अवस्था, नागरिक आवस्था र जीवनशैली आदिको दुरदृष्य   स्पष्ट देख्न सक्छ र त्यही अनुरुप राष्ट्रिय नीति योजना तर्जुमा गरी राष्ट्रिय सङ्कल्प पुरा गर्न अगाडी बढ्छ । राष्ट्र निर्माणको लागी आफु सपना देख्छ तर अरुलाई सपना बाड्दैन । किनभने सपना बाड्ने समयलाई बरु निर्माण तथा उत्पादन कार्यमा लगायो भने त्यसले दिने प्रतिफलको घनत्व बढ्ता ओझपुर्ण हुन्छ ।  त्यस्ता राज शक्तिको उदय केवल पुरानो प्रवृत्ति र संस्कारबाट सम्भव हँुदैन । अस्थिरता र राजनैतिक टकरावले अस्तब्यस्त भएको जुनसुकै मुलुकमा, आजिद भएका जनताले भरपर्दो बिकल्प सधैं खोजिरहेका हुन्छन । पटक पटक परिक्षणको मौका दिदा पनि आफ्नै सत्ता स्वार्थरुपि टकराबबाट मुलुकलाई बन्धक बनाउने स्वघोषित नेताहरुलाई नागरिकले राम्रै सँग चिनेका हुन्छन । यस्तै अस्थिरताले वाक्क भएका नागरिकले करिब दुई तिहाइको मत सहित काग्रेसको बिकल्पमै बर्तमान बाम गठबन्धनलाई अगाडि ल्याएका हुन् । यदि नागरिकको आशा र भरोसामा कुठाराघात भयो भने यो शक्ती पनि दीगो र स्थायी रहने पक्कै छैन र यसको विकल्प न त पुनः काग्रेस बन्नेछ, न त बाबुराम नै । किनभने यी अनुहार र शक्तीहरु नागरिकको नजरमा असफल भै सकेका छन ।
स्मरण रहोस, ७०र८० को दशकमा यस्तै राजनैतिक अस्थिरताले आक्रान्त बनेका भुमध्यरेखीय मुलुकहरु  सिङ्गापुरमा लि क्वाङ र मलाया (मलेसिया) मा महाथिर मोहम्मदको उदय रातारात पक्कै भएको थिएन । भनिन्छ,  ३ सिङ्गापुरमा लि क्वाङको हातमा ढुङ्गा थमाइएको थियो, उनले त्यसलाई हिरा बनाए, मलेसियामा महाथिर मोहम्मदलाई बालुवा दिइएको थियो, उनले त्यसलाई मोती बनाएर छोडे । “पटकपटकको अबसरलाई पनि राजनैतिक स्वार्थको लागी खेर फाल्ने हाम्रा नेताहरुले कहिले सिक्ने ?, ढुङ्गालाई समेत हिरा बनाउन सक्ने राजनेता हामीले कहिले पाउने ? भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदुर भविष्यको राष्ट्रिय सपना देखेको एकजना युवाले सार्बजनिक कार्यक्रममा प्रश्न गर्दा उत्तरदाता स्वयं प्रधानमन्त्रीबाटै त्यी युवाले झण्डै कुटाई खानु परेन। यस्तो छ, हाम्रा नेताहरुको बौद्धिक अबस्था । यस्तो मानसिक सङ्किर्णता बोकेका समकालीन  हाम्रा नेताहरुले कसरी नयाँ युगको बैकल्पिक कार्यभार पुरा गर्लान ?

नागरिकले भरपर्दो विकल्प ठानेर अघि सारेका ब्यक्तिहरुले नागरिकको आशा र भावना अनुरुप निस्वार्थ काम गरेभने  लोकतान्त्रिक आबरणमा जस्तोसुकै उदारबाद र स्वतन्त्रताको निम्ति खरो भाषा बोल्नेहरु स्वत पलाएन हुन्छन । साम्राज्यवादका पुतलीहरुले लि क्वाङलाई अधिनायकवादी तथा महाथिरलाई नव तानाशाहको उपमा दिइरहदा त्यहाँका सम्पुर्ण नागरिकले राष्ट्रको हित, उन्नति र समुन्नतिको निम्ती ली क्वाङ र महाथिरको बिकल्प खोज्न कहिल्यै चाहेनन् । बरु अवस्था यस्तो बन्यो कि, मलेसियामा महाथिरले लगातार २२ बर्ससम्म आफलाई राष्ट्रको नोकर ठानेर काम गर्दा टयाङ भन्दा बाहिर गएको राष्ट्रिय सम्प्रभुता, अर्थतन्त्र र राजनैतिक अनुसासनलाई एउटा सहि लिकमा ल्याएर छोडे, जतिबेला मलेसियाको जि.डि.पि.र गार्हस्थ उत्पादन सन्सार कै अब्बल अबस्थामा पुग्यो । जब २२ बर्षको उल्लेख्य सुधारपछि देशलाई एउटा सहि ठाउँमा ल्याएर उनले उमेरको कारण बैधानिक प्रक्रियाले सत्ता त्याग  गरे, तब उनलाई अराष्ट्रिय र तानाशाह देख्ने उदारबादका पङ्खाहरुले केवल १० बर्ष मै मलेसियाको अर्थ ब्यबस्थालाई पुनः टाट पल्टिने अबस्थामा पु¥याउँदै मलेसियालाई आर्थिक मन्दी, सामाजिक असहिष्णुता र बर्बर अराजकताको भुमरीमा प¥ुयाउन । त्यसैको परिणामस्वरुप वैदेशिक रोजगारीमा मलेशिया पुगेका नेपाल लगायत कतिपय तेस्रो मुलुकका कामदारहरु त्यहाँका आप्रवासी तमिल (काले) हरुको निशानामा पर्दै निर्मम शिकार हुनुपरिरहेको छ । सामाजिक अराजकताले सिमा नाघ्दा मलेसियामा सामाजिक सुरक्षा, आर्थिक पारदर्शिता र बिप्रेसन लगायतका सवालहरुमा मुलुकको अबस्था भयावह परिस्थितिमा पुगेकोले राजकाज बाट विश्राम लिइसकेका ९२ बर्षिय वृद्ध महाथिर मोहम्मदको हातमा त्यहाँका आम नागरिकले राष्ट्रिय एकता, सुधार र बित्तीय अनुसासनको निम्ति पुनः शासन सत्ताको चाबी जबर्जस्त सुम्पिदिएका छन् ।
यसै क्रममा   फ्रान्समा म्यानुल म्याक्रोन र पाकिस्तानमा इमरान खानको उदय पनि त्यसै  भएको होइन। हालै नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुधारात्मक घोषणाका कार्यक्रमले हाम्रो जस्तो बिलासितामा मात्रै रमाउने अनि नश्लिय  ( दलिय वा परिवारबादले ग्रस्त भएका नेताहरुलाई राम्रै झट्का दिनुपर्ने हो । करिब साढे पाँच सय भन्दा जम्बो प्रधानमन्त्रीको सचिवालयलाई २ सदस्यीयमा झार्नु, दरबार जस्तो प्रधानमन्त्री निवासलाई बिश्व बिद्यालय बनाउने घोषणा सहित आफु प्रधानमन्त्री निवास बाट तिन बेडरुम भएको सामान्य घरमा सर्नु, करीब सय भन्दा बढी बख्तरबन्द र बुलेट प्रुफ गाडीहरुलाई लिलाम गरी त्यसको खर्च बिद्यालय भन्दा बाहिर रहेका करिब २ करोड भन्दा बढि बालबालिकालाई बिद्यालयको पहुँच भित्र ल्याउने अभियानमा खर्चने घोषणा गर्नु, प्रधानमन्त्रीको निवासमा रहेको अरबौको एम आई हेलिकप्टरलाई बिक्रि गर्दै त्यसबाट आएको रकमलाई  गर्भवती महिलाको सुरक्षा र शिशुमृत्यु दरलाई घटाउने कार्यक्रममा लगानी गर्ने घोषणा गर्नुले पक्कै पनि आम पाकिस्तानी नागरिक मात्रै होईन, सिङ्गो दक्षिण एसियाका सम्पूर्ण नागरिकको मनमा राजनीतिक विकल्पको सम्भावनाको दियोलाई प्रखर पार्दै यहाँका शासक हरुलाई नराम्रो झट्का दिएको हुनुपर्छ ।
पाकिस्तानमा इमरान खानको उदयले लि क्वाङ वा महाथिरको बाटो समात्न सक्यो भने त्यसको प्रत्यक्ष प्रभाव शिघ्ररुपमा दक्षिण एसियामा पर्ला तर जसरी दिल्लीमा  केजरीवारको उदय छोटो समयमा भयो, उसैगरी भ्रष्टाचारको दलदलमा फसेर उनको अन्त्यहुने समय पनि नजिकै आएजस्तै इमरान पनि केजरिवालपथमा सवार हुन थाले भने पाकिस्तानी नागरिकलाई चरम निराशा र अन्धकार बाहेक अरु केहि दिने छैन । तालिवान, लस्करे तोइवा र जयसे मुहम्मद जस्ता मुस्लिम कट्टरपन्थीहरुको प्रभाव झनै बढ्ने छ भने काश्मिरी पृथकताबादी आन्दोलनले झनै उग्ररूप लिदा भारत सगको सम्बन्ध थप सङ्कटमा पर्दै अर्को युद्धको सम्भावना नकार्न सकिदैन । यी सबै गतिविधिहरु अब के हुनेछन् भन्ने कुरा अबको केहि बर्षमा इमरान खानले अगाल्ने जिवनशैली, उनको परराष्ट्रनीति र राजकीय शैलीले निर्धारण गर्ने छन, यद्यपि उनको सपथ ग्रहण लागत्तै गरिएका आफुभित्रका सुधारका सङ्केतहरुले पाकिस्तानमा मात्रै नभएर सिङ्गो दक्षिण एसियाका जनतालाई आशाको संचार गराएको छ भने यो क्षेत्रका शासकहरुको मनोवृत्तिमा खतराको घण्टी बजाएको छ । इतिहास हेर्ने हो भने, पाकिस्तान तेस्तो मुलुक हो, जहाँ राष्ट्रिय मुद्दा बोकेर जुन दल वा ब्यक्ति सत्तामा पुग्छ, उसलाई भ्रष्टाचार र अनियमितताले ख्वाप्पै खाइदिन्छ । प्रबेज मुसर्रफको उदय यसको ज्वलन्त उदाहरण थियो भने जसरी मुसर्रफको उदय भयो, उनलाई पनि त्यही भ्रष्टाचारको जालोले उसैगरी सिद्याइदियो । मुसर्रफको सैनिक शासनबाट आक्रान्त भएका नागरिकले त्यसको विकल्पमा पुनः अर्कोचोटी आवामी लिगकी नेतृत्व बेनजिर भुट्टोलाई अगाडि ल्याउने छनक देखिएपछी चुनावीसभा मै उनको हत्या भयो, जसको आरोप मुसर्रफले नै खेप्न पर्यो । पाकिस्तानी स्वतन्त्रतामा जुल्फिकर अलि भुट्टो र उनिपछी भुट्टो परिवारको योगदान उच्चस्तरीय मानिन्छ नै जसले लामो समय पाकिस्तानि राजनीतिलाई आफ्नो बिरासत नै सम्झन्थ्यो । आवामी लिगपछी नवाज सरिफको दल पाकिस्तानी पिपुल्स पार्टी (एएए को जबर्जस्त उदय भयो तर तिनै सरिफलाई पनि उही भ्रष्टाचारको दलदलले खाइ दियो । यसरी इतिहास हेर्दा पाकिस्तानमा जुन जुन दल र ब्यक्तिहरु नागरिकको आशा पुरा गर्ने सङ्कल्प लिएर उदाउँछन्, ती सबै भ्रष्टाचार र अराजकताको माखेसाङ्लोमा बन्दी बनेर उतीछिटै अस्ताउँछन पनि । यसरी हेर्दा नवउदयी इमरान खान यो महारोगबाट कसरी बच्लान् र आफ्नो टिमलाई बचाउलान ? यहि प्रश्न वरिपरि  उनको राजनैतिक भबिस्य घुम्नेछ । इमरान खान र उनको दल, पुराना असफल दल र नेतृत्वको विकल्पमा नागरिकको बैकल्पिक शक्तिको अपेक्षामा उदाएको हो। यदि पाकिस्तानी नेता र नेतृत्वलाई ध्वस्त बनाउने महारोगबाट आफुलाई जोगाउन सकेको खण्डमा  इमरान खान दक्षिण एसियामा अर्को ली र महाथिर बन्ने छन् भने यदि आफु जोगिन सकेनन् भने राजनीतिमा उही रोगको  पुनरावृत्ति हुनेछ, जसले पाकिस्तानमा मुस्लिम अतिबादीहरुलाई थप मलजल गर्ने छ र राष्ट्रिय अस्मिता धरापमा पर्नेछ ।
उसो त पाकिस्तानी राजनीतिमा इमरान खानको उदय पनि यस्तै अस्थिरताको फाइदा छोपेरै, आफुलाई  बैकल्पिक धारको शक्तिकोरूपमा प्रस्तुत गरेरै भयो । पाकिस्तानमा  राजनैतिक अस्तब्यस्तताले वाक्क भएका आम नागरिक र बौद्धिक जगतको मनोवृत्तिलाई  बुझ्दै  करिब एक दशक अघि ए त् क्ष् नामक दल दर्ता गरेका इमरान खानलाई पाकिस्तानको राजनीतिमा आफ्नो विकल्प नदेख्ने र त्याहाको राजनीतिलाई आफ्नो बिरासत ठान्ने भुट्टो परिवार र सरिफ परिवारले, कृकेटमा ब्याटले छक्का हाने जस्तो राजनीतिमा छक्का प्रहार गर्न सहज छैन भनेर व्यंग्य प्रहार गरिरहे । तर इमरान खान केवल क्रीकेटका ब्याट्सम्यान मात्रै नभएर तिब्रगतिका कुसल स्पिनर पनि थिए, जसले पाकिस्तानी  राजनीतिका बडा महिमहरु भुट्टो र सरिफहरुलाई छोटो समयमै पेभेलियन फर्काइ दिए । यदि प्रधानमन्त्रीको सपथ लगत्तै उनले घोषणा गरेका यिनै ३ र ४ वटा कार्यक्रमलाई लागु गर्न सके भने उनको पाकिस्तानि राजनीतिमा भएको उदय लि क्वाङ र महाथिर जत्तिकै दीर्घकालीन हुनेछ ।
३ पटकपटकको अबसरलाई स्वार्थरुपि टकरावले ध्वस्त पार्दै नेपाललाई सम्मुन्नतिको पथबाट ओराल्ने, अराजकता र भ्रष्टाचारको दलदलमा फसाउने कांग्रेस र त्यसको विकल्पमा अहिले उदाएको बामघटक पनि असफल हुँदा नेपालमा नयाँ म्याक्रोन वा इमरान खानको उदय होला ? राष्ट्र निर्माणमा राणा देखी पञ्चायत हँुदै गणतन्त्रसम्म पटकपटकको अबसरमा असफल भएको कांग्रेस र अहिले सर्बा्धिक नागरिकको आशाको मत पाएको बामपंथी घटक अबको राजनीतिमा एक अर्काको विकल्प हुन सक्दैनन् । न त बाबुरामको नपुंसक शक्ती नै बैकल्पिक धार हुन सक्ला । बर्तमान बामघटकलाई  नागरिकले प्रदान गरेको अन्तिम भरोसा हो यो भने सरकारको लागी अन्तिम अबसर पनि। यदि यो सरकारपनि स्वार्थको दलदलमा फसेर राष्ट्र हित र जन चाहनालाई सम्बोधन गर्न चुक्यो भने अबको बामपंथको विकल्प ‘बिप्लब’  र उदारपन्थको विकल्प रबिन्द्र मिश्र नहोलान् भन्न नसकिने अबस्था पक्कै छैन । किनभने स्थापनाको छोटो अबधी मै काठमाडौं उपत्यकामा प्राप्त गरेको सानदार मत अनि एउटा पनि कार्यकर्ता र सङ्गठन नभएको दुर्गम हिमाली (पहाडी जिल्लाहरु कर्णाली देखी दोलखा (ताप्लेजुङ  वा बझाङ बाजुरा) मा तराजुलाई प्राप्त अभिमत हेर्ने हो भने त्यो बौद्धिक जगतले भरपर्दो विकल्प खोजिरहेको स्पष्ट देखिन्छ । त्यसैको प्रतिबिम्ब हो गत निर्वाचनमा तराजुले प्राप्त गरेको मत । तराजुमा भोट हाल्ने त्यी मतदाता  न त आखामा पट्टी बाधेका दलिय कार्यकर्ता हुन्, न त निरक्षर नागरिक । यो समूह, दलिय उपरीसंरचना भन्दा माथी उठेर विकल्पको खोजी गरिरहेको पङ्ती पक्कै हो । यदि बर्तमानमा राज्य संयन्त्रको बागडोर सम्हालेका शक्तिले नागरिक आवाज र आशालाई नजरअन्दाज गरिरहे भने, अहिले बिना सङ्गठन बाजुरामा २००० भोट पाउने तराजुले अबको ५ बर्षमा त्यसको १० गुणा बढी मत नपाउँला भन्न कदापि सकिदैन । किनभने आम ग्रामीण बस्तीहरुमा दलिय झण्डा बोकेको एउटा कार्यकर्ताको प्रभाव र शक्ती भन्दा एकजना अलिक बौद्धिक ठानिने नागरिकको प्रभाव बढी नै हुन्छ । यदि अहिलेका हाम्रा शासकको कार्यशैली र भुमिका परिबर्तन भएन भने म्याक्रोन बन्ने अभिलाषा बोकेर आएका रबिन्द्र मिश्र, नेपालका इमरान बनेर नउदाउँलान भन्न सकिन्न । किनकि त्यही सम्भावना देखेरै उनी लण्डनको सानयुक्त जीवनशैलि छोडेर काठमाडौंको धुलोमा खेल्न आएका हुन् ।
(म मिश्रको सदस्य होइन, तर यी मेरा निजि बिचार र सुदुरको सम्भावना हुन् ।)

You may also like