पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग आउने प्रदानको निरन्तरता

रोल्पा समाचारदाता
२०७५ साउन २७ गते, लिबाङ रोल्पा
नेपाल पत्रकार महासंघ रोल्पा शाखाको भवन निर्माण तथा कल्याणकारी कोष अभियान २०७५  अन्तर्गत महासंघको तलाथपको कोठा तथा हल निर्माणका लागि साथै कल्याणकारी कोष स्थापनाका लागि बिभिन्न निकाय तथा व्याक्तिहरुबाट सहयोग प्रदान गर्ने क्रममा जारी रहेको छ ।


नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माको पहलमा सञ्चालित अभियानमा लेखापढी कानून व्यवसायी एसोसिएसन रोल्पाबाट १० हजार सहयोग हस्तातरण गरिने अध्यक्ष होमबहादुर पुनमगरले जानकारी गराउनुभएको छ । यसैगरी नेपाली कांग्रेसका रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री (टोराबोरा)बाट रु. ६ हजार, सुलिचौरका धनलक्ष्मीका किशन विष्टबाट रु ५ हजार १ सय, सुलिचौरका न्यू योगेन्द्र एण्ड सुरेन्द्र किराना पसलका निमबहादुर थापाबाट ५ हजार १ सय ५, ऐपेली किराना पसल रुइनीबाङका भेगम घर्तीमगरबाट ५ हजार १ सय, रेडियो रोल्पाका स्टेशन म्यानेजर घनश्याम आचार्यले स्व. बुवा किमान्द आचार्यको स्मृतिमा ५ हजार १ सय प्रदान गर्नुभएको छ । यसै गरी यसैगरी जलजला क्याम्पस लिबाङ रोल्पाका प्रध्यापकहरुबाट पनि सहयोग संकलन भइरहेको क्याम्पस परिवारलाई महासंघलाई हस्तातरण गरिने क्याम्पसका प्रमुख विष्णु आचार्यले बताउनुभयो ।
यस्तै रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा, निर्माण व्यावसायी जनक खड्का, राजविर घर्तीमगर, धु्रव बहादुर रोका, सुलिचौरका घुसबाङे लाहुरे ढोकानका विरबहादुर घर्तीमगर लगायतले सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सबै सहयोगी निकायको सहयोगमा नै अभियानमा सफल भइ रहेको महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले धन्यवाद व्यक्त गर्नुभएको छ । अब भवन निर्माणका लागि ग्रील व्यवसायीहरुले सहयोग गर्ने भएका छन् भने  खानेपानी जडानमा लिबाङ बजार खानेपानी तथा सरफाई उपभोक्ता समितिले गरि दिनका लागि अध्क्ष लिलाधरले जानकारी दिनुभएको छ ।

You may also like