एकीकृत समाजवादी क्रान्तिले नै जनताको समस्या साधान गर्दछः जयप्रकाश रोकामगर

एकीकृत समाजवादी क्रान्तिले नै जनताको समस्या साधान गर्दछः जयप्रकाश रोकामगर
रोल्पा समाचार
२०७४ फागुन १० रोल्पा


नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोकाले एकीकृत जनक्रान्तिले मात्रै जनताको समस्या हल गर्ने दावी गर्दै अब सबै एकीकृत क्रान्तिको माध्यमबाट जनताको विद्यमान समस्या हल हुने बताउनुभएको छ ।
यस्तो कुरा रोकाले नेकपा रोल्पाद्वारा लिबाङमा आयोजित एकीकृत जनक्रान्ति, कठित बाम सरकार, लोकतन्त्र, बैज्ञानिक समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो । उहाँले विगतको क्रान्तिको वाँकी कार्यभार पूरा गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार नै अगाडि बढिने बताउनुभयो ।
उहाँले हिजोको जस्तो क्रान्ति पनि नहुने, जंगल पनि नपस्ने स्पष्ट पार्दै राजनीतिक रुपमा जनतालाई स्पष्ट पार्दै एकीकृत जनक्रान्तिलाई अगाडि बढाउने बताउनुभयो ।
यस्तै जिल्ला सेक्रटरी सन्तोष सुवेदीले संसदीय दलको राजनीतिबाट जनताले सम्बृद्धी नुहुने तर्क राख्दै एकीकृत जनक्रान्तिको वाटो नै मुक्तिको बाटो भएको बताउनुभयो ।
उहाँले बैज्ञानिक समाजवादमा जान हाल नेपाली समाज विचार निर्माण निर्माण गर्नका लागि आफूहरु निरन्तर लागि रहेको बताउनुभयो । उहाँले राज्यको कर नतिर्नेहरुले नेपाल सरकारलाई तिरेपछि आफूहरको जनसरकारलाई पनि तिर्नुपर्ने दावी प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा पत्रकार, नागरिक समाज, मानव अधिकार कर्मीहरुको समेत सहभागिता रहेको थियो । दिमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन धनबहादुर थापाले गर्नुभएको थियो ।

You may also like