जिल्ला शाखा रोल्पाको अगुवाईमा विधेयकको विरोधमा ३१० हस्ताक्षर संकलन

लिबाङ–रोल्पा
असार ३ गते   
नेपाल सरकारको प्रस्तावित विधेयक मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ केन्द्रको जिल्ला शाखाहरुको अगुवाईमा आजदेखि देशव्यपी रुपमा हस्ताक्षर अभियान शुरुवात भएको छ । विधेयको विरोधमा नेपाल पत्रकार महासंघ केद्र र केन्द्रको शाखाहरु चरणवद्ध आन्दोनमा छन् ।
सोही क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अगुवाईमा विधेयकको विरोधमा ३१० जानको हस्ताक्षर संकलन भएको जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्याकाल अध्यक्ष महेश न्यौपानले जानकारी दिनुभयो ।

उक्त हस्ताक्षरलाई ६ गते जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत नेपाल सकारको प्रधानमन्त्री कार्यालयलाई बुझाउने कार्यक्रम तय भएको समेत उहाँले बताउनुभयो । सोही दिनको कार्यक्रममा पत्रकार लगायत सरोकारवाला निकायहरुलाई सहभागिताका लागि अध्यक्ष न्यौपानेले अनुरोध गर्नुभयो । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्र र केन्द्रको जिल्ला शाखाहरुको शान्तिपूर्ण दबाबमूलक आन्दोलनलाई नेपाल सरकारले वेवास्ता गर्दै विधेयकलाई अगाडि बढाउन खोजेको अवस्थामा संघले पुनः विभिन्न आन्दोलानका कार्यक्रम तय गरी अगाडि तयारी गरेको छ ।

केन्द्रमा महासंघले विधेयको विरोधमा मन्त्री, सांसद लगायतका सरोकारवाला निकायहरुसँग नियमित बहस छलफल गर्दै आएको छ तर अहिलेसम्म बहस छलफलको परिणाम आउन सकेका छैन । प्रेस स्वातन्त्रता पनि लोकान्त्रिक व्यवस्थाको एक प्रमुख मेरुदण्ड हो । त्यसैले लोकन्त्रिक व्यवस्थालाई बलियो बनाउन नेपाल सरकारको प्रेस स्वतन्त्रताप्रति समयमा नै ध्यान पु¥याउन आवश्यकता छ ।

You may also like