प्रदेशलाई अपराधविहिन बनाउँछाँै–आन्तरिक मामिला तथा कानुन मन्त्री केसी

रोल्पा समाचारदाता
फागुन ९ गते

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले ५ नं. प्रदेशलाई अपराध विहिन प्रदेश बनाउँदै भयमुक्त वातावरणमा बस्ने नागरिककोको अधिकार सुरक्षित गरिने बताउनुभयो । उहाँले ५ नं. प्रदेशलाई शान्ति, सुरक्षाको हिसावले मजबुट बनाउनको लागि आफू लागि परेको बताउनुभयो ।

मन्त्री बनेपछि पहिलो पटक रोल्पामा आउनुभएका केसीले देविस्थान युवा क्लव सुवर्णावती गाउँपालिका वडा नं. ३ मिझिङको प्रथम वार्षिकोत्सवको उद्घाटन गर्ने क्रममा यस्तो कुरा बताउनुभएको हो ।
उहाँले प्रदेशलाई आन्तरिक सुशासन, जवाफदेहिता बनाउन हेलौ सरकार कार्यक्रम समेत लिने बताउनुभयो । उहाँले प्रदेशमा कानुनको तयारी भइरहेको बताउँदै जनतालाई न्याय र सम्बृद्ध बनाउने कानुन निर्माणमा आफूले जोड दिने बताउनुभयो ।
उहाँले रोल्पा जिल्लाका मतदाताले विजयी बनाएर पठाएकोमा रोल्पालीको शिर झुकाउने काम कहिल्यै नगर्ने प्रतिवद्धता समेत बताउनुभयो । उहाँले सरकारले प्रदान गर्ने तलवले जनयुद्धकालमा गाममा जीवन गुमाउने शहीदको नाममा शहीद स्तम्भ निर्माण गर्ने घोषणा गर्नुभएका केसीले उक्त कुरा दो¥याउँदै अब सरकारले दिएको पहिलो चरणको आवास खर्च क्लवलाई दिने घोषणा गर्नुभयो ।
पहिलो पटक सरकारमा सहभागि हुनुभएका मन्त्री केसीले प्रमुख जिल्ला अधिकारीको अनुमति नलिएर सरकारी सवारीसाधानहरु प्रयोग गर्न समेत नदिईने बताउँदै सरकारी साधानहरुहरुो दुरुपयोगमा निग्रानी गरिने बताउनुनभयो ।
यस्तै ५ नं. प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लाको विकासका लागि एक भएर अगाडि बढ्नु पर्ने बताउँदै रोल्पाको अबको दिशा समृद्धको मुख्य एजेन्डा हुनु पर्ने बताउनुभयो । उहाँले रोल्पाको विकासकामा अब स्थानीयतहका जनप्रतिनिधिहरुको इच्छा शक्ति हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“सामान्यता सरकारको मन्त्री आउँदा जनप्रतिनिधिहरु स्वभाविक रुपमा उपस्थिति हुनु पर्नेमा स्थानीय वडाका जनप्रतिनिधीहरुको सहभागिता नहुँदा यसले मिझिङको विकासमा नोक्सान हुन्छ यो सबैले सुधार गर्नुपर्दछ ।” उहाँले संविधानले दिएको अधिकार उपभोग गर्दै संविधानले दिएको कतव्र्य पनि नभूल्नका लागि हार्दिक अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले क्लवले सामाजिक परिवर्तन, अग्रगमनको पक्षमा उभिनु पर्ने बताउँदै यो उदाहरण देविस्थान युवा क्लवले सामजिक र उत्पीडितनमा परेका समुदायको उद्धार गरिरहेको बताउनुभयो । उहाँले गाउँ समृद्ध सबैको एकताबाट मात्रै सम्भवन भएको बताउँदै यसका लागि सबैले खुट्टा तान्ने प्रवृतिको अन्त्य गर्दै गाउँको विकासमा लाग्नुपर्ने बताउनुभयो । अब सामाजिजक अभियानलाई अगाडि बढाउनका लागि क्लवलाई अुनुरोध गर्दै सवैले साथ दिन समेत आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सहसचिव एवं क्रान्तिकारी पत्रकार संगठनका जिल्ला सचिव हर्क घर्तीमगर, नेकपा (माओवादी केन्द्र) प्रेम बहादुर विष्ट, एमालेका बमबहादुर विष्ट, चन्द्रप्रभा मा.वि.का प्र.अ. अभिमानसिंह घर्ती, समाजसेवी तिलबहादुर वली, महिला एकता बचत तथा ऋण सहकार िसँस्थाका अध्यक्ष रिता देवि थापा, पत्रकार मिनराज रोका लगायतले क्लवको प्रगतिको कामना समेत गर्दै आगामी दिनमा क्लवले लिएका कामहरुको प्रशंसा समेत गर्नुभएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकीय सचिव पवन कुमार कवर,एकीकृत नेकपा (माओवादी केन्द्र) सुवर्णावती गाउँपालिका अध्यक्ष रत्न महरा, समाजेवी खगेन्द्र विष्ट, माओवादी केन्द्रीय आयोजक समिति सदस्य पूर्णबहादुर वली लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

क्लवले विपन्न तथा जेहेन्दार सिता सुनार र ममता नेपालीलाई कक्षा १२ सम्म निशुल्क अध्यायन गर्नका सहयोग गरेको छ । यस्तै सडक निर्माण, सामाजिक विकृति तथा विसंगतिको अभियानमा सबैसँग हातेमालो गरेर अगाडि बढेको छ । क्लवको पहलमा अध्ययन गरिहरहेका २ जना विद्यार्थीलाई नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले नगद जनही १५०० रुपैया र खेल सामाग्री क्लवका अध्यक्ष दिपेश पराई विष्टलाई हस्तातरण गर्नुभएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष दिपेश पराई विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन महासचिव प्रतिभा सुनारले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष कृष्णराज वलीले गर्नुभएको थियो । कार्यक्रममा क्लवका कलाकारहरुले प्रगतिशिल र सचेतना मूलक गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

You may also like