दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो प्याट्रन राष्ट्रिय च्याम्पियनसिप २०२० आयोजना

दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो प्याट्रन राष्ट्रिय च्याम्पियनसिप २०२० आयोजना
जेठ, २८ गते
लिबाङ–रोल्पा


नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि जारी लक डाउनको कारण खेलकुद सहित अन्य सबै क्षेत्रहरु प्रभावित भएको समयमा रोल्पामा दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो (आई.टि.एफ) प्याट्रन राष्ट्रिय च्याम्पियनसिप २०२० आयोजना भएको छ । आई.टि.एफ तेक्वान्दोमा आवद्व सम्पूर्ण खेलाडिहरु लक डाउनमा प्रभावित भएको समयमा यस च्याम्पियनसिपले खेलाडिहरुलाई खेलकुदमा सक्रिय बन्ने वातावरण सिर्जना भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा यो च्याम्पियनसिप रोल्पा आई. टि. एफ. तेक्वान्दो संघले आयोजनामा यो च्याम्पियनसिप आयोजना गरिएको हो । पछिल्लो समयमा भाईरसको बढ्दो प्रकोपसँगै विभिन्न खेलकुद गतिविधिहरु रोकिएका छन् । तर, लक डाउनको विकल्पको रुपमा खेलाडिहरुको समस्यालाई मध्यनर गर्दै विकल्पको रुपमा आयोजकले रुपमा अनलाईन विधिलाई प्राथमिकता सहित विभिन्न आयोजनाहरु आयोजकले आयोजना गर्दै आएको छ ।

त्यसैगरी रोल्पा आई.टि.एफ. संघको अध्यक्ष विक्रम बाठामगरको संयोजकत्वमा प्रथम रोल्पा खुला अनलाईन राष्ट्रव्यापी पुरुष बल्याक बेल्ट तेक्वान्दो आई.टि.एफ प्याट्रन च्याम्पियनसिप (२०२०) सम्पन्न सम्पन्न भइसकेको छ । पुनः बाठामगरको संयोजकत्वमा यस दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप (२०२० आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । यस आयोजनाले सम्पूर्ण खेलाडिहरुले लकडाउनको समयमापनी घरमै स्वःअभ्यास गरि आफुहरुलाई मानसिक तथा शारीरिक रुपमा फित, तन्दुरुस्तका साथै क्रीयाशिल बनाईराख्न थप सहयोग पुग्ने आयोजकले विश्वास गरेको छ । यस च्याम्पियनसिप प्रतियोगितामा तेक्वान्दो (आई.ट.एफ) का हरियो पेटिदेखि रातो पेटिसम्मका खेलाडिहरुले सहभागी बन्न पाउने संयोजक बाठामगरले बताउनुभयो । प्रतियोगि खेलाडिहरुले वन–हो (ध्इल्(ज्थ्इ) तुल प्याट्रन र आफुले इच्छ्याएको एउटा प्याट्रन गरि जम्मा दुई ओटा प्याट्रनको भिडियो रोल्पा आई.टि.एफ तेक्वान्दो संघलाई असार १ गत्तेदेखि असार २० गत्तेसम्म पठाउनुपर्नेछ । यस प्रतियोगिताको नतिजा असार २५ गत्ते हुने आयोजकले संयोजक बाठामगरले जानकारी दिनुभयो । प्रतियोगि खेलाडिहरुले पठाएको भिडियोको नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तरास्ट्रिय रेफ्रीहरुले भिडियो कन्फेरेन्स मिटिङ मार्फत प्राप्तांकहरुलाई छलफलबाट प्रतियोगितको नतिजा प्रकाशनको तयारी आयोजकले गरेको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु ५ हजार, दोस्रो रु ३ हजार ५ सय, तेस्रो पुरस्कार रु २ हजार ५ सय, नगद सहित प्रमाण–पत्रको व्यवस्था गरेको प्रतियोगिता संयोजक बाठामगरले जानकारी दिनुभयो । परिवर्तन गाउँपालिपका– २ राङ्सी रोल्पा निबासीहरु सुरेश बाठामगरले प्रथम पुरस्कार, मिलन सुनुवारले दोस्रो र ओपेन्द्र रोकामगरले तेस्रो पुरस्कार प्रायोजन गर्नुभएको छ । साथै यस संघले रोल्पा जिल्लामा प्रथम सिनियर तथा जुनियर प्रदेश स्तरीय आई. टि.एफ तेक्वान्दो च्याम्पियनसिप (२०७५) र प्रदेश स्तरीय रेफ्री तथा टेक्निकल सेमिनार (२०७६) सम्पन्न गरि सकेको छ । यस रोल्पा आई टि.एफ. तेक्वान्दो संघ नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ मार्फत वर्ष उत्कृष्ट संघ (२०१८) बाट समेत सम्मानित पनि भैसकेको छ ।

You may also like