आर्थिक अभावमा उपचार नै नगरी पर्काए आगोमा जलेका बालकलाई

रोल्पा समाचारदाता
२०७४ माघ २४ पञ्किोट घोडागाउँ अनुहार र शरीरको आगोले पोलेको घाउँ निको नहुँदै आर्थिक अभाव भएपछि नरेन्द्र पुनमगर र पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुश पुनमगरलाई उपचार नै नगरी घरमा फर्काका छन् ।
माघ १३ गते भएको आग्लागीमा आयुश जलेका थिए । उनको उपचारको लागि आफूहरुले लुम्वीनी अञ्चल अस्पताल बुटवल पहिलो चरणमा लगेका थिए । त्यसमा उपचार हुन नसकेका भैरहवा मेडिकल कलेज भैरहवामा केही दिन उपचार गराएपछि फेरी डाक्टरको सल्लाहले मेसिन अस्पताल तानसेन पाल्पामा लगेको हजुर आमा पूर्णिमा पुनमगरले बताउनुभयो ।
आयुश पुनमगरका बुवा नरेन्द्र पुनमगरले धेरै स्थानमा लग्दा पनि उपचार हुन नसक्दा र खर्च अभाव भएपछि फिर्ता लिन आफू बाध्य भएको पुनका लिला पुननमगरले बताउनुभयो । आगोले पोलेको घाउँ निको नहुँदै फर्काएर लिएर घरमै उपचार गर्ने आयुशका आमा पूर्णिमा पुनमगरले बताउनुभयो । घरमा उपचार गर्दा निकै समस्या रहेको समेत पुनमगरले बताउनुभयो । संघ सँस्थाहरुले उपचारको लागि पैसा नदिने र अरु पैसा आफू गरिवभएकोले नभएकाले फर्काएर लिनु परेको पुनममगरको अभिभावकले बताएका छन् । आफूसँग आर्थिक अभाव भएकाले उपचार गर्न नसकिने समेत बताएका छन् ।

You may also like